Khabar Dabali ४ माघ २०८२ शनिबार | 17th January, 2026 Sat
Investment bank

बैशाख ९ अघि नै वाम एकताः केन्द्रिय समिति ३५०, पोलिटव्यूरो १००, स्थायी समिति ४० जना

\"\"काठमाडाैं ।  बैशाख ९ गते गर्ने भनिएको नेकपा एमाले र नेकपा माअोवादी केन्द्रको एकता त्यसअगावै हुनसक्ने नेताहरूलेबताउन थालेका छन् । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा अोली र नेकपा माअोवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि २३ गते अोली भारत भ्रमण जानु अगावै पार्टी एकता गर्नुपर्ने पक्षमा रहेका छन् । युवा नेता नेकपा एमालेका सचिव योगेश भट्टराइले नेकपा एमाले र नेकपा माओवादी केन्द्रबिच वैशाख ९ गतेअघि नै पार्टी एकता हुने सम्भावना रहेको बताएका छन् । भट्टराईले एकताका लागि सबै तयारी पूरा भएको भन्दै उनले छिटै एकता हुने बताए । प्रधानमन्त्री केपी ओली भारत भ्रमणमा जानुअघि नै एकता गर्ने प्रयास भइरहेको उनले बताए । एउटै पार्टीको अध्यक्ष र प्रधानमन्त्रीको हैसियतले भ्रमणमा जाने हो भने \'भारत भ्रमणमा एउटै पार्टीको अध्यक्ष र प्रधानमन्त्रीको रुपमा जाँदाखेरी महत्व ज्यादा हुने भएकाले भ्रमणअघि नै एकता गर्ने प्रयास भइरहेको छ\' उनले भने । विवादका विषय मिलाउनका लागि बनेका दुईवटा कार्यदलले काम सकिसकेको भन्दै उनले अब एकता संयोजन समिति र दुवै पार्टीभित्र छलफल भएपछि कुरा टुङ्गिने दाबी गरे । जुन विषयमा अहिले सहमति हुन सक्दैन, त्यो विषयलाई महाधिवेशनले टुङ्गो लगाउने भट्टराईले बताए । पार्टी एकता गर्दा विचार र व्यक्ति दुवै कुराको व्यवस्थापन गरेर सार्थक रुपमा एकता गर्नुपर्ने उनको तर्क छ । नेता व्यवस्थापनका लागि विभिन्न कमिटि र विभागको आकार ठूलो हुन सक्ने उनले बताए । दुई दल एक हुँदा तीन सय पचास जनासम्मको केन्द्रिय समिति हुन सक्ने भट्टराईले बताए । \'दुई दल एक हुँदा तीन सयभन्दा बढि सदस्यीय केन्द्रिय समिति हुनु जम्बो होइन । किनभने एमालेको दुई सय ६ र माओवादीको चारहजार सदस्यलाई मिलाउँदा तीन सयभन्दा बढि हुनु सामान्य हो\' उनले भने । पोलिटव्यूरो सदस्य एक सयको हाराहारीमा हुने उनले बताएका छन् । स्थायी समिति सदस्य ४० जनाको हाराहारीमा बनाउन लागिएको जानकारी उनले दिए । केन्द्रिय समिति ३५०, पोलिटव्यूरो १००, स्थायी समिति ४० जना रहने उनले बताए । स्थानीयदेखि केन्द्रसम्म सबै नेता कार्यकर्तालाई सम्मानपूर्वक व्यवस्थापन गरिने भट्टराईको दाबी छ । पार्टी एक भएपछि सशक्त कम्युनिष्ट दल बन्ने दाबी गर्दै उनले कम्तिमा २५ र बढिमा ५० वर्षसम्म देशको शासन संचालन गर्ने भट्टराईले बताए । ५० वर्षपछिको अहिले नै किन घोषणा गर्ने भनेर नभनिए पनि लामो समयसम्म कम्युनिष्ट शासन रहने उनको भनाई छ । नेपालको माटो कम्युनिष्टका लागि मलिलो भएको भट्टराईको तर्क छ । विगतमा एमाले र मओवादी दुवै दल एकता, फुट र विवाद भोगको पार्टी भएकाले अनुभवका आधारमा सकारात्मक भएर कम्युनिष्ट पार्टीलाई बलियो बनाउने उनको दाबी छ । नेमकिपा र राष्ट्रिय जनमोर्चालाई पनि पार्टी एकता प्रक्रियामा ल्याउन पहल गरिने उनले बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending