Khabar Dabali १ बैशाख २०८३ मंगलवार | 14th April, 2026 Tue

बैशाख ९ अघि नै वाम एकताः केन्द्रिय समिति ३५०, पोलिटव्यूरो १००, स्थायी समिति ४० जना

\"\"काठमाडाैं ।  बैशाख ९ गते गर्ने भनिएको नेकपा एमाले र नेकपा माअोवादी केन्द्रको एकता त्यसअगावै हुनसक्ने नेताहरूलेबताउन थालेका छन् । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा अोली र नेकपा माअोवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि २३ गते अोली भारत भ्रमण जानु अगावै पार्टी एकता गर्नुपर्ने पक्षमा रहेका छन् । युवा नेता नेकपा एमालेका सचिव योगेश भट्टराइले नेकपा एमाले र नेकपा माओवादी केन्द्रबिच वैशाख ९ गतेअघि नै पार्टी एकता हुने सम्भावना रहेको बताएका छन् । भट्टराईले एकताका लागि सबै तयारी पूरा भएको भन्दै उनले छिटै एकता हुने बताए । प्रधानमन्त्री केपी ओली भारत भ्रमणमा जानुअघि नै एकता गर्ने प्रयास भइरहेको उनले बताए । एउटै पार्टीको अध्यक्ष र प्रधानमन्त्रीको हैसियतले भ्रमणमा जाने हो भने \'भारत भ्रमणमा एउटै पार्टीको अध्यक्ष र प्रधानमन्त्रीको रुपमा जाँदाखेरी महत्व ज्यादा हुने भएकाले भ्रमणअघि नै एकता गर्ने प्रयास भइरहेको छ\' उनले भने । विवादका विषय मिलाउनका लागि बनेका दुईवटा कार्यदलले काम सकिसकेको भन्दै उनले अब एकता संयोजन समिति र दुवै पार्टीभित्र छलफल भएपछि कुरा टुङ्गिने दाबी गरे । जुन विषयमा अहिले सहमति हुन सक्दैन, त्यो विषयलाई महाधिवेशनले टुङ्गो लगाउने भट्टराईले बताए । पार्टी एकता गर्दा विचार र व्यक्ति दुवै कुराको व्यवस्थापन गरेर सार्थक रुपमा एकता गर्नुपर्ने उनको तर्क छ । नेता व्यवस्थापनका लागि विभिन्न कमिटि र विभागको आकार ठूलो हुन सक्ने उनले बताए । दुई दल एक हुँदा तीन सय पचास जनासम्मको केन्द्रिय समिति हुन सक्ने भट्टराईले बताए । \'दुई दल एक हुँदा तीन सयभन्दा बढि सदस्यीय केन्द्रिय समिति हुनु जम्बो होइन । किनभने एमालेको दुई सय ६ र माओवादीको चारहजार सदस्यलाई मिलाउँदा तीन सयभन्दा बढि हुनु सामान्य हो\' उनले भने । पोलिटव्यूरो सदस्य एक सयको हाराहारीमा हुने उनले बताएका छन् । स्थायी समिति सदस्य ४० जनाको हाराहारीमा बनाउन लागिएको जानकारी उनले दिए । केन्द्रिय समिति ३५०, पोलिटव्यूरो १००, स्थायी समिति ४० जना रहने उनले बताए । स्थानीयदेखि केन्द्रसम्म सबै नेता कार्यकर्तालाई सम्मानपूर्वक व्यवस्थापन गरिने भट्टराईको दाबी छ । पार्टी एक भएपछि सशक्त कम्युनिष्ट दल बन्ने दाबी गर्दै उनले कम्तिमा २५ र बढिमा ५० वर्षसम्म देशको शासन संचालन गर्ने भट्टराईले बताए । ५० वर्षपछिको अहिले नै किन घोषणा गर्ने भनेर नभनिए पनि लामो समयसम्म कम्युनिष्ट शासन रहने उनको भनाई छ । नेपालको माटो कम्युनिष्टका लागि मलिलो भएको भट्टराईको तर्क छ । विगतमा एमाले र मओवादी दुवै दल एकता, फुट र विवाद भोगको पार्टी भएकाले अनुभवका आधारमा सकारात्मक भएर कम्युनिष्ट पार्टीलाई बलियो बनाउने उनको दाबी छ । नेमकिपा र राष्ट्रिय जनमोर्चालाई पनि पार्टी एकता प्रक्रियामा ल्याउन पहल गरिने उनले बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending