Khabar Dabali १ बैशाख २०८३ मंगलवार | 14th April, 2026 Tue

प्रधानमन्त्री अोलीको भारत भ्रमणमा किन लाग्यो ब्रेक ?

[caption id=\"attachment_176553\" align=\"alignleft\" width=\"750\"]\"\" फाइल फोटो[/caption] काठमाडाैं ।ने कपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली तत्काल भारत भ्रमणमा नजाने भएका छन् । भारतले ओलीलाई भ्रमणको औपचारिक निम्तो नदिएका कारण ओलीको भ्रमण अनिश्चित बनेको हो । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले ओलीको भारत भ्रमणबारे नेपालले भारत समक्ष औपचारिक प्रस्ताव नपठाएको र उताबाट पनि प्रस्ताव नआएको बताए । बिहिबार दिल्लीमा नेपाली सञ्चारकर्मीसँग भारतीय विदेश मन्त्रालयका अधिकारीले प्रधानमन्त्री ओलीले चैत २३ देखि भारतको तीन दिने भ्रमण गर्न लागेको बताएका थिए । परराष्ट्र मन्त्री ज्ञवालीले प्रधानमन्त्री ओलीको भारत भ्रमणबारे आफुले पनि सञ्चारमाध्यमबाट थाहा पाएको भन्दै शनिबार बीबीसीसँगको कुराकानीमा कुटनीतिक रुपमा असन्तुष्टी पोखेका छन् । उनले भने, ‘हामीले भ्रमणबारे औपचारिक प्रस्ताव पाएका छैनौं, नेपाली पक्षले पनि त्यसबारे छलफल तथा निर्णय गरेको अवस्था होइन ।’ परराष्ट्र मन्त्री ज्ञवालीले दिल्लीले चाहेको मिति, २३ चैतबाट प्रधानमन्त्री ओलीले भारत भ्रमण नगर्ने संकेत गर्दै बरु पहिला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणमा आमन्त्रण गरिएको बताए । ‘हामीले भ्रमणको सुरुवात किन उताबाट नहुने भनेर प्रस्ताव पनि गरेका छौं । तर यसलाई प्रतिष्ठा वा दुई देशबीच तानातानको विषयको रुपमा हेरिनुहुन्न’, ज्ञवालीले भने । भारतले एकपक्षीय रुपमा भ्रमणको मिति तय गरेर नेपाललाई भ्रमणका लागि दबाब दिन खोजेको देखिन्छ । ‘अहिलेसम्म भ्रमणको मिति तय भएको छैन, हामी तयारी त गरिरहेका छौँ,’ परराष्ट्र मन्त्रालयका एक अधिकारीले भने, ‘तर यसरी एकपक्षीय ढंगबाट भारतले मिति सार्वजनिक गरेर नेपाललाई दबाब दिन खोजे जस्तो देखिन्छ ।’ ‘भारतले सार्वजनिक गरेको मितिमा प्रधानमन्त्री त्यता नगए दुई देशबीचको सम्बन्ध बिग्रिएको हो की भन्ने देखिन्छ, त्यही दबाब दिनकै लागि भारतले यस्तो गरेको हुन सक्छ,’ ती अधिकारीले भने । काठमाण्डुसँग समझदारी नै नगरी दिल्लीले ओलीको भारत भ्रमणको मिति सार्वजनिक गर्न हतारिनुको कारण ओली पहिला चीन भ्रमणमा नजाउन भन्ने रहेको कुटनीतिक क्षेत्रमा विश्लेषण गरिएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending