Khabar Dabali ५ माघ २०८२ आईतवार | 18th January, 2026 Sun
Investment bank

विश्वकर्माको देउवालार्इ बचाउ-देउवामाथि लगाइएको आरोप उचित छैन

\"\"काठमाडाैं । नेपाली कांग्रेसको केन्द्रिय समिति बैठकमा अधिकांश नेताहरुले सभापति शेरबहादुर देउवाको आलोचना गरेका छन् । चुनावमा बेहोरेको पराजयको समिक्षा गर्न बसेको बैठककमा अधिकांश नेताहरुले सभापति देउवाको रणनीतिक कमजोरी कारण कांग्रेसले चुनाव हार्नुपरेको आरोप लगाएका हुन् । तर कांग्रेसभित्र देउवा गुटका नेताहरुले भने आरोपको खण्डन गर्दै देउवाको बचाउ गरेका छन् । केन्द्रिय सदस्य मिन विश्वकर्माले बैठकमा भएका आरोप प्रत्यारोपलाई अनौठो मान्न नहुने बताए । तर केही नेताहरुले पार्टीको अनुशासनविपरित अभिव्यक्ति दिएको विश्वकर्माले आरोप लगाए । “राजनीतिक दलको सिद्धान्त, सांगठनिक संरचना, अनुशासन र नियम हुन्छ । सबैले यि कुरा पालना गर्यो भने मात्रै पार्टी सशक्त बन्छ । पार्टी नेतृत्वको आलोचनाको नाममा छरपष्ट पार्न खोज्नु उचित हुँदैन” विश्वकर्माले भने । बैठकमा कडा रुपमा प्रस्तुत भएका प्रकाशमान सिंहले बैठकमा जे भन्नुभयो त्यसलाई बाहिर सार्वजनिक गरेर आचारसंहिता र अनुशासन उल्लङ्घन गरेको उनले आरोप लगाए । “यस्तो प्रकारको अभिव्यक्तिले पार्टी सभापतिलाई मात्र कमजोर बनाउने होइन, पार्टीको मूल्य मान्यतालाई पनि कमजोर बनाउँछ । भोली उहाँहरु सभापति बन्दा पनि यस्तै हुन सक्छ । त्यसैले दुराशययुक्त प्रस्तुति गर्नु राम्रो हुँदैन ।” उनले भने । पार्टीभित्र भएको बैठकका कुरा सार्वजनिक गरेर सिंहले अर्को गल्ती गरेको उनले बताए । “बैठकमा छलफल हुँदा कुन सदस्यले भनेका कुरा छताछुल्ल गर्नु राम्रो होइन ।” उनले भने । १२ औँ महाधिवेशनपछि पार्टी सामुहिक नेतृत्वमा गएकाले देउवालाई मात्र दोष दिन नहुेन उनको तर्क छ । “रामचन्द्र पौडेललाई निर्वाचन परिचालन समितिको सुप्रिम कमाण्डर बनाउनुभयो । प्रचार प्रसार समितिको संयोजक पौडेल नै बन्नुभयो । शेरबहादुर देउवाले के जिम्मा लिनुभयो ?” विश्वकर्माले भने । पार्टीका सबै काम र निर्णय सबै नेताहरुसँग छलफल गरेर नै देउवाले कार्यसम्पादन गरे पनि अहिले आएर दोष थुपरिएको उनले बताए । चुनावी नतिजा आएपछि तत्काल केन्द्रिय समिति बैठक बस्नुपर्ने भए पनि सभापति देउवाको व्यस्तताका कारण बस्न नसकेको उनले बताए । बैठक ढिलो गरी बसेकाले थुप्रिएर बसेका असन्तुष्टी एकैपटक देखिएको उनले बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending