Khabar Dabali ५ माघ २०८२ आईतवार | 18th January, 2026 Sun
Investment bank

सैनिक मुख्यालयमा चार मन्त्रीलाई वरीपरी राखेर ओलीले दिए यस्तो निर्देशन

\"\"काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले चार मन्त्रीहरुसहित सैनिक मुख्यालय जंगी अड्डा भ्रमण गरेका छन । प्रधानमन्त्री ओलीले शुक्रबार कार्यालय समयपछि गृह, अर्थ, परराष्ट्र मन्त्री सहित जंगी अड्डाको निरीक्षण भ्रमणमा गएका हुन् । नेपाली सेना विकास निर्माण, उत्पादन, प्रत्यक्ष सुरक्षा तथा रक्षा र कुटनीतिक सम्बन्ध बिस्तारमा सक्रिय रहेका बेला प्रधानमन्त्री ओलीले गृहमन्त्री रामबहादुर थापा, अर्थमन्त्री युवराज खतिवडा, परराष्ट्र मन्त्री प्रदिप ज्ञवाली र विभागीय रक्षा मन्त्री र्इश्वर पोखरेलसहित सेनालाई निर्देशन दिए । सैनिक प्रवक्ता सहायक रथी गोकुल भण्डरीले सैनिक मुख्यालयमा प्रधानमन्त्रीको निरीक्षण भ्रमण औपचारिक रहेको बताए । उनले यसअघिका प्रधानमन्त्रीसँगै विभागीय मन्त्री रहेपनि सैनिक कामकारवाहीमा जोडिएका मन्य मन्त्रालयबाट प्रतिनिधित्व नरहने गरेको बताए । प्रधानमन्त्री ओलीलाई प्रधानसेनापति राजेन्द्र क्षेत्रीले सेनाका गतिविधी र योजनाको जानकारी सहितको प्रस्तुती गरेका थिए। यस्तै सैनिक विभागका रथीहरुले वर्तमान बस्तुस्थितिको जानकारी गराउनुको साथै नेपाली सेनाको जिम्मेवारी, अपरेसनल गतिविधि, आन्तरिक सुरक्षा, कल्याणकारी कार्यहरु र नेपाली सेनाको संगठन तथा नीति नियम सम्बन्धी जानकारी गराएका थिए । प्रधानमन्त्री ओलीले आफ्नो निर्देशनमा नेपाली सेनालाई साधन श्रोत सम्पन्न बनाई सुदृढ एवम् थप क्षमतावान बनाउन नेपाल सरकारले पूर्ण सहयोग गर्ने प्रतिवद्धता जनाए । ओलीले नेपाली सेनालाई राज्यमा आइपर्न सक्ने जस्तोसुकै चुनौतीहरु पनि सामना गर्न सक्ने गरी तयार रहन निर्देशन दिएका छन् । ‘राष्ट्रिय सुरक्षा नीतिलाई कार्यन्वयन तहमा लैजाने र आईपर्नसक्ने चुनौतीको समाना गर्न तयार रहन निर्देशन भयो, यस्तै सरकारको प्राथमिकतामा रहेको विकास कार्यक्रममा सेनाको सहयोग र योगदानका बिषयमा चर्चा भएको हो’, स्राेतले भन्याे । उनका अनुसार प्रधानमन्त्री ओलीसँगै रहेका सरोकारवाला मन्त्रीहरुसँग ठोस निर्णयमा पुग्नेगरी छलफल भएको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending