Khabar Dabali १ बैशाख २०८३ मंगलवार | 14th April, 2026 Tue

नारायणगढ–मुग्लिन सडक विस्तारको लागत  ४३ करोड बढ्ने

\"\"चितवन । नारायणगढ–मुग्लिन सडक विस्तारको लागत मूल्यमा कम्तीमा रु ४३ करोड बढ्ने भएको छ । एक वर्षभन्दा बढी समय थपिनु, निर्माण शुरु हुनुभन्दा दुई वर्षअघिको लागत अनुमानअनुसार बोलपत्र गरिनु, कामका क्रममा कतिपय अत्यावश्यक काम थपिएपछि लागत मूल्य बढेको हो । विसं २०७२ वैशाखमा दुई वर्षमा सम्पन्न गर्ने गरी करीव रु दुई अर्ब ८९ करोडमा तीन ठेकेदार कम्पनीलाई ठेक्का दिइएको थियो । विभिन्न काममा हालसम्म करीव रु २७ करोड ७५ लाख खर्च भइसकेको छ । नारायणगढ–मुग्लिन सडक आयोजनाका परामर्शदाता कम्पनीका आवासीय इञ्जिनीयर पुष्कर रेग्मीका अनुसार पहिलो खण्डको ठेक्का करीव रु ६० करोड ६१ लाख रहेकामा बढेर करीव रु ६८ करोड ९७ लाख पुगेको छ । त्यस्तै दोस्रो खण्डमा ठेक्का लगाउँदाको रकम करीव रु ९७ करोड ६७ लाख रहेकामा बढेर करीव रु एक अर्ब १० करोड पुगेको छ । तेस्रो खण्डको करीव रु एक अर्ब ३० करोडमा ठेक्का लगाइएकामा बढेर करीवरु एक अर्ब ४१ करोड पुगेको छ । पहिलो खण्डमा १३.८१, दोस्रो खण्डमा १२.७२ र तेस्रो खण्डमा ८.२२ प्रतिशत बढिसकेको छ । रेग्मीका अनुसार थपिएको भित्तो कटाइ, पहिरो पन्छाइ, पहिराका कारण पर्खाल लगाउँदा, बोलपत्रभन्दा स्तरीय नाली बनाउँदा, कालोपत्र थप फराकिलो बनाउनेजस्ता काममा खर्च थपिएको हो ।सडक आयोजनाका निमित्त प्रमुख गोविन्द खनालका अनुसार मूल्य वृद्धिको रकम समावेश गर्न बाँकी छ । मुद्रास्फीति दरका आधारमा लागत बढ्छ । यसका अतिरिक्त वायो इञ्जिनीयरिङका कतिपय काम बोलपत्रमा समावेश नभएकाले ती कामसहित आरसिसी रिटेनिङ वाल, सडकमाथिका डाँडाबाट झरेको पानी भित्तोमा कुलो बनाएर व्यवस्थापन गर्नेजस्ता कामका लागि करीव रु २६ करोड १३ लाख लागत अनुमान भएको छ । काम गरिरहेका ठेकेदारले सो रकममा छुटेका काम गर्न नसकिने जनाएपछि छुट्टै ठेक्का लगाएर काम गरिँदैन । वर्षाद्मा बाढीअघि नै गर्नुपर्ने कतिपय महत्वपूर्ण काम भएकाले ती काम आउँदो सातादेखि कामदार लगाएर गर्ने तयारीसमेत गरिँदैछ, जसमा पहिरो रोक्ने महत्वपूर्ण काम छन् । सडकको निर्माण लागत १५ प्रतिशतसम्म बढ्दा सडक विभागका महानिर्देशकको स्वीकृतिबाट हुने गर्छ । सोही अधीनमा रहने गरी लागत मूल्य बढाउने तयारी भइरहेको छ । परामर्शदाता कम्पनी इञ्जिनीयर रेग्मीले सकेसम्म १५ प्रतिशत मात्र लागत मूल्यवृद्धि हुने गरी काम सक्ने र केही छुटपुट काम भएपछि गर्ने तयारी भइरहेको बताए । यसबाट लागत मूल्य करीव रु ४३ करोड ३१ लाख बढ्छ । निर्माण सम्पन्न गरिसक्ने मिति पहिलो खण्डलाई चैत ९, दोस्रो खण्डलाई चैत १९ र तेस्रो खण्डलाई चैत २९ सम्म तोकिएको छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending