Khabar Dabali १ बैशाख २०८३ मंगलवार | 14th April, 2026 Tue

देउवामाथि सिंहको हमलाः प्रधानमन्त्री बनेर लोक हँसायौ, नाकाबन्दीमा बोलेनौँ

\"\"काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी सभापति शेरबहादुर देउवाको रवैयाले नराम्ररी चुनाव हार्नुपरेको आरोप लगाएका छन् । शुक्रबार सुरु पार्टी केन्द्रीय समितिको बैठकमा बोल्दै नेता सिंहले देउवाको चरित्र अप्रजातान्त्रिक र अराजक शैलीको भएको भन्दै तिखो टिप्पणी पनि गरेका छन् । केन्द्रीय समितिको बैठकमा लिखित सुझाव दिँदै नेता सिंहले कांग्रेसको इतिहासमै पहिलो पटक पार्टीको विधानलाई यसरी सभापति लत्याउँदै स्वेच्छाचारी रुपमा अघि बढेको आरोप पनि लगाएका छन् । आजको अन्नपूर्णपोष्ट दैनिकमा खबर छ– ‘वर्तमान सभापतिजीले नेपाली कांग्रेसको विधानलाई बेवास्ता गरेर अप्रजातान्त्रिक र अराजक शैलीमा पार्टी सञ्चालन गरिरहनुभएको छ’ उनले भनेका छन्, ‘भागबण्डाको संस्कृतिलाई संरक्षण गरेर गुटलाई मलजल गरेर सभातपि अघि बढ्नुर्भएको छ ’ु सभापति देउवाले कांग्रेसमा रहेको ६०–४० को अवस्थालाई अन्त्य गर्ने बाचासहित १३ औँ महाधिवेशनबाट सभापति भएको बताउँदै सिंहले दुई वर्षको अवधिमा पार्टी गुटहरुको झुन्डमा परिणत भएको आरोप लगाए । ‘नेपाली कांग्रेसमा रहेको कथित ६०–४० को भागवण्डा हटाएर सबैलाई समेटी पार्टीलाई एकढिक्का बनाउँछु भन्ने अठोटसहित १३ औं महाधिवेशनबाट देउवा सभापति बन्नुभएको हो’, उनले भनेका छन्, ‘वर्तमान सभापतिजीले पार्टी सञ्चालनको यो २ वर्षको अवधिमा पार्टीलाई एक बनाउनुको साटो गुटलाई नै संरक्षण गरेका कारण हामी इतिहासमै सबैभन्दा कमजोर भएका छौँ ।’ पार्टी इतिहासमै सबैभन्दा कमजोर भइसकेको अवस्थालाई समिक्षाको विषय बनाउनै पर्ने उनको अडान थियो । ‘पार्टी कार्यकर्तालाई विभिन्न राजनीतिक नियुक्ति र विभिन्न तहमा टिकट वितरण गर्दा वरिष्ठता, योगदान, योज्ञता र क्षमता आदिको कुनै प्रवाह गरिएन’, सिंहले अगाडि भनेका छन्, ‘गुटगत आधारमा आफ्ना निकट व्यक्तिलाई बढी अवसर दिएर इमान्दार र योग्लाई पाखा लगाउँदा निर्वाचनमा परेको असरबारे गम्भीर विचार विमर्श र अध्ययन हुनु आवश्यक छ ।’ नेता सिंहले देउवाले प्रधानमन्त्री हुँदा लोक नै हँसाएको पनि आरोप लगाए । ‘नेपालको इतिहासमा नै लोक हसाँउने गरी प्रधानमन्त्रीका हैसियतमा हाम्रो सभापतिले ६४ जनाको मन्त्रिमण्डलको कीर्तिमान कायम गरेर इतिहासमा नाम लेख्नु भएको’, सिंहले भनेका छन्, ‘सभापतिजीले प्रधानमन्त्रीका हैसियतमा यस्तो गौरवशाली कीर्तिमानी त राख्नु भयो । तर यस्तो अत्यन्त अलोकप्रिय कदमले पार्टीले कति क्षति व्यहोर्नुपर्‍यो ? यस विषयमा गम्भीर भएर कहिल्यै सोच्नु भएको छ’?
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending