पाख्रीबास। नयाँ वर्षको सुरुवातसँगै धनकुटाका पर्यटकीय स्थलहरूमा वैशाखको पहिलो दिन बिहानैदेखि आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लागेको छ। जिल्लाका करिब दुई दर्जनभन्दा बढी पर्यटकीय स्थलहरूमा नयाँ वर्षको अवसरमा घुम्न आउने पर्यटकहरूको भीड देखिएको हो।
पर्यटकको रोजाइमा पर्ने भेडेटार र नमस्ते झरना आन्तरिक तथा बाह्य पर्यटकका प्रमुख गन्तव्य बनेका छन्। तराई तथा भारत नजिकै भएकाले यहाँ पर्यटकहरूको आगमन बढी हुने गरेको छ। चिसो हावापानी, छिनछिनमा बदलिने मौसम तथा तराईका समथर फाँटदेखि पहाड र हिमशृङ्खलासम्मको दृश्यावलोकन गर्न सकिने भएकाले पर्यटकहरूको आकर्षण बढेको हो।
भेडेटार स्काईवाक, भ्यू टावर, धार्मिक तथा पर्यटकीय स्थल सानो पाथीभरा मन्दिर र ऐतिहासिक साँगुरीगढी क्षेत्रमा पनि पर्यटकको भीड लागेको थियो।
भेडेटार मात्र नभई नजिकैको नमस्ते झरना, नाम्जेमा रहेको होमस्टे तथा आसपासका होटलहरू पनि पर्यटकले भरिभराउ भएका छन्। वर्षभरि नै चिसो हुने भेडेटारमा गर्मी मौसममा पर्यटकको संख्या बढी हुने गर्छ।
नाम्जे क्षेत्र पनि पर्यटकको प्रमुख आकर्षण बनेको छ। अमेरिकन टेलिभिजन च्यानल सीएनएनले सन् २०१२ मा नाम्जेलाई विश्वका १२ अनौठा गन्तव्यमध्ये एकका रूपमा सूचीकृत गरेको थियो। यहाँबाट सूर्योदय र तराईका अधिकांश जिल्लाको मनमोहक दृश्य अवलोकन गर्न सकिन्छ।
तराईका झापा, मोरङ, सुनसरी, उदयपुर लगायत देशका विभिन्न जिल्लाबाट पर्यटकहरू घुम्न तथा बस्न आउने गरेका छन्। नाम्जे होमस्टेमा आउने पर्यटकहरूले सूर्यदय, बौद्धविहार, जनजाति पार्क, नाम्जे थुम्की डाँडा तथा वरिपरिका दृश्यहरू अवलोकन गर्ने गरेका छन्।
त्यसैगरी नमस्ते झरना, नाम्जे, हिले, धनकुटा, पाख्रीवास तथा तेह्रथुमको वसन्तपुर लगायतका पर्यटकीय स्थलहरू नयाँ वर्षको दिन भरिभराउ रहेका थिए।
धनकुटाको चौबिसे गाउँपालिकास्थित राजारानी बजारमा रहेका राजा र रानी तालमा पनि पर्यटकको भीड लागेको थियो। यहाँ पावरक र महावरक नामका दुई पोखरी रहेका छन्। ‘पावरक’ को अर्थ ‘बुवा’ र ‘महावरक’ को अर्थ ‘आमा’ भन्ने हुन्छ।
पाख्रीवास बजार नजिकै रहेको संसारी सिमसार क्षेत्र पनि पर्यटकले भरिभराउ भएको थियो। यहाँ ४–५ वटा ताल, चिया बगान, बुद्धको मूर्ति र चिडियाखाना रहेका छन्। तालमा बोटिङको समेत व्यवस्था भएकाले पर्यटकहरू आकर्षित हुने गरेका छन्।
समुद्री सतहबाट २०४७ मिटर उचाइमा रहेको धनकुटाको डाँडाबजारस्थित ध्वजेडाँडालाई सूर्योदय अवलोकनका लागि इलामको श्रीअन्तुसँग तुलना गर्ने गरिएको छ। यहाँ पनि पछिल्ला वर्षहरूमा पूर्वाधार विकास र प्रचारप्रसारसँगै पर्यटकको संख्या बढ्दै गएको छ।
मध्यपहाडी लोकमार्गअन्तर्गत धनकुटा नगरपालिका–२ स्थित गुँरासे चिया बगान तथा छथर जोरपाटी गाउँपालिका–२ स्थित ध्वजे डाँडा र पटेक डाँडामा पनि नयाँ वर्षको अवसरमा आन्तरिक तथा बाह्य पर्यटकको बाक्लो उपस्थिति रहेको थियो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १३ गते, २०८३ - १३:२५
कालीकोट । तिलागुफा नगरपालिकाले नगरभित्र बसोबास गर्ने नागरिकको मृत्यु भएमा काजकिरियाबापत रु १० हजार खर्च उपलब्ध गराउने भएको छ । आगामी आर्थिक वर्ष २०८३/...
आषाढ़ १३ गते, २०८३ - १३:१२
काराकास। भेनेजुएलामा बुधबार गएको दुई शक्तिशाली भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुगेको छ । मृतकमध्ये विभिन्न देशका नागरिक पनि रहेको सम्बन्धित देशहरू...
आषाढ़ १३ गते, २०८३ - १२:५५
ललितपुर। काठमाडौँ उपत्यकामा पछिल्लो तीन महिनायता देखिएको बर्डफ्लु (एच-फाइभ एन-वान) सङ्क्रमण हाल तीव्र रूपमा फैलिन थालेको छ। पशुसेवा विभागका अनुसार हाल...
आषाढ़ १३ गते, २०८३ - १२:२७
काठमाडौँ। न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । क्यानडाको बिसी प्लेस भ्यानकुभर स्टेडियममा शनिबार भएक...
आषाढ़ १३ गते, २०८३ - ११:४७
विराटनगर। विराटनगरका नेपाली कांग्रेस नेता अभिषेक गिरी पक्राउ परेका छन्। शनिबार बिहान प्रहरीले उनको घरमा छापा मारेर खानतलासी गरेपछि उनलाई नियन्त्रणमा ल...
आषाढ़ १३ गते, २०८३ - ११:३१
म्याग्दी। म्याग्दीको धवलागिरी गाउँपालिका–४ राताखोला स्थित ६५ मेगावाट क्षमताको म्याग्दी खोला जलविद्युत् आयोजनामा टिप्परको ठक्करबाट एक मजदुरको मृत्यु भए...
आषाढ़ १३ गते, २०८३ - ११:२०
काठमाडौं। नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले रवि लामिछानेलाई राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनबाट क...
आषाढ़ १३ गते, २०८३ - ११:०७
काठमाडौं । भक्तपुरमा आफ्नै छोराको कुटपिटबाट एक महिलाको मृत्यु भएको छ। उदयपुरको कटारी नगरपालिका–५ स्थायी घर भई हाल भक्तपुरको सूर्यविनायक नगरपालिका–९...
आषाढ़ १३ गते, २०८३ - १०:३५
काठमाडौं। फिफा विश्वकप २०२६ अन्तर्गत शनिबार जारी समूह ‘जी’ को खेलमा बेल्जियमले न्युजिल्यान्डविरुद्ध ३–० को सहज अग्रता बनाएको छ। बेल्जियमका लागि पहि...
आषाढ़ १३ गते, २०८३ - १०:१७
पर्वत । आर्थिक वर्षको अन्त्यमा बजेट तथा कार्यक्रमहरूको भुक्तानी प्रक्रिया प्रभावकारी बनाउन पर्वतको मोदी गाउँपालिकाले सार्वजनिक बिदाको दिन पनि गाउँपालि...



प्रतिकृया लेख्नुहोस्: