Khabar Dabali ५ माघ २०८२ आईतवार | 18th January, 2026 Sun
Investment bank

कांग्रेसमा विवादै विवाद, दुवै पक्षका आ–आफ्नै रणनीति

\"\"काठमाडौँ । निर्वाचनमा पराजयको कारण केलाउन शुक्रबारदेखि कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै छ । निर्वाचनको तीन महिनापछि हुन लागेको बैठक केन्द्रदेखि प्रदेशसम्मै पार्टी एक चौथाइभन्दा कमको प्रतिपक्षमा खुम्चिनुको एजेन्डामा केन्द्रित हुनेछ । समीक्षा बैठक बोलाउन नेता रामचन्द्र पौडेल पक्ष र केही युवा नेताले तारन्तर माग गरिरहेका थिए । राष्ट्रिय सभा निर्वाचन, केन्द्रदेखि प्रदेशसम्मका सरकार निर्माण, राष्ट्रपति, उपराष्ट्रपति, सभामुखरउपसभामुख, राष्ट्रिय सभाका अध्यक्षरउपाध्यक्ष निर्वाचनको कारण देखाउँदै नेतृत्वले बैठक बोलाउन ढिलाइ गर्दै आएको थियो । निर्वाचन परिणामलाई लिएर संस्थापन र अर्को पक्षबीच ध्रुवीकरण सुरु भएको छ । आजको कान्तिपुरमा खबर छ–अब कसरी अघि बढ्ने भन्नेमा दुवैका आ–आफ्नै रणनीति र योजना छन् । सभापति शेरबहादुर देउवा पक्ष पराजयको दोष आफ्नो थाप्लोमा लिन तयार देखिँदैन । उक्त समूहले ७० सालको तुलनामा पार्टीले प्राप्त गरेको समग्र मत बढदा पनि चुनाव हार्नुमा एमाले र माओवादी केन्द्रबीचको गठबन्धन नै मुख्य कारण रहेको तर्क गर्दै आएको छ । पार्टीभित्रको अन्तर्घातका कारण पनि केही सिट गुमाउनुपरेको संस्थापन पक्षका नेताहरूको मूल्यांकन छ । देउवाले सार्वजनिक रूपमै अन्तर्घातका कारण एक दर्जनभन्दा बढी सिट गुमाउनुपरेको भन्दै त्यस्तालाई कारबाही गर्ने चेतावनी दिँदै आएका छन् । अर्को पक्षले पार्टीमा नीति, कार्यक्रम र नेतृत्व नै परिवर्तन गर्नुपर्ने भन्दै विशेष या अग्रिम महाधिवेशन माग्दै आएको छ । वरिष्ठ नेता पौडेलले पार्टी इतिहासमै पहिलोचोटि केन्द्रदेखि प्रदेशसम्म अविश्वासको प्रस्ताव राख्नसमेत नसक्ने हैसियतमा पुगेकाले यसको ‘क्रूर’ समीक्षासहित पार्टीभित्र आमूल परिवर्तन गर्नुपर्ने बताए । उनको समूहले वाम गठबन्धनले मात्रै नभई पार्टी सभापति देउवाको कार्यशैलीकै कारणले कांग्रेसले हार बेहोर्नुपरेको ठहर गरेको छ । सभापति देउवा नेतृत्वको सरकारले गरेका अलोकप्रिय निर्णय र पार्टी सञ्चालनमा विधान र परम्पराविपरीतका अभ्यासले मतदाता भडकिएको उनीहरूको निष्कर्ष छ । संस्थापन पक्षीय नेता प्रकाशशरण महतले पार्टीको आन्तरिक प्रतिस्पर्धामा मोर्चाबन्दी हुनुलाई स्वाभाविक रूपमा लिनुपर्ने बताए । ‘हामीले ७० सालमा प्राप्त गरेको २९ प्रतिशत मत बढाएर ३५ प्रतिशत पुर्‍याएका छौं तर दुई कम्युनिस्टको गठबन्धनका कारण जित्न सकिएन,’ उनले भने, ‘अब पार्टीलाई ४५ प्रतिशत मत ल्याउने अवस्थामा पुर्‍याउनुपर्छ । त्यसका लागि परम्परागत शैली त्यागेर वैज्ञानिक ढंगबाट पार्टी सञ्चालन गर्नुपर्छ ।’ १३ औं महाधिवेशनपछि पानी बाराबारको स्थितिमा पुगेका पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला यति बेला एउटै कित्तामा उभिएका छन् । यी दुई समूहलाई जोड्न नेता अर्जुननरसिंह केसीले मध्यस्थकर्ताको भूमिका निर्वाह गरेका थिए । सिटौला र केसीले १३ औं महाधिवेशनदेखि नै देउवालाई सहयोग गर्दै आएका थिए । निर्वाचनमा उम्मेदवार (प्रत्यक्ष र समानुपातिक) छनोटदेखि नै रुष्ट बन्दै आएका सिटौलाले पार्टी हारसँगै देउवाको कित्ता छाडेका हुन् । देउवा क्याम्पबाटै केन्द्रीय सदस्य लडेका चन्द्र भण्डारी पनि अर्को मोर्चामा सामेल भएका छन् । भण्डारी, सिटौला समूहबाटै महामन्त्री उठेका केन्द्रीय सदस्य गगन थापा, प्रदीप पौडेल, धनराज गुरुङसहितका नेताले पौडेल र सिटौलालाई मिलाउन प्रयत्न गर्दै आएका थिए । त्यसको संयोजनकारी भूमिकामा थिए केसी । उनले चारपटकसम्म बैठकको संयोजन गरी पौडेल र सिटौलालाई एक ठाउँ ल्याउने प्रयत्न गरेका थिए । बैठकमा यी दुई नेताका अतिरिक्त पूर्वमहामन्त्री प्रकाशमान सिंह, रामशरण महत र शेखर कोइरालाको सहभागिता थियो । महामन्त्री शशांक कोइरालालाई भने आमन्त्रण गरिएको थिएन । बैठकमा कोइरालाको मौन भूमिकाबारे समेत चर्चा भएको थियो । निर्वाचन पराजयपछि पौडेलसहितका नेताले पार्टी नेतृत्वको आलोचना गर्दै आए पनि महामन्त्री कोइराला अहिलेको ध्रुवीकरणबाट अलग देखिएका छन् । संसदीय दलको नेताको निर्वाचनमा समेत उनी स्वतन्त्र भूमिकामा थिए । ६ नेताको बैठकमा पार्टी महाधिवेशनसम्म नेतृत्वका लागि प्रतिस्पर्धा नगरी आफ्नो पक्षमा जनमत ल्याउने गरी अघि बढ्ने समझदारी भएको छ । त्यसअनुसार अघि बढदा शिक्षक संघ र कर्मचारी युनियन आफ्नो पक्षमा आएपछि संस्थापनइतर पक्ष झनै उत्साही देखिएको छ । यी दुवै संस्थामा संस्थापन पक्षको प्यानललाई हराउन सिटौला र केसी मुख्य भूमिकामा थिए । सभापति देउवाले पार्टी सञ्चालनमा विधानविपरीत अभ्यास गर्न थालेको र संकीर्ण विचारबाट अघि बढेकाले आफूले देउवा समूह छाडेको केसीले बताए । अहिलेकै कार्यशैलीको नेतृत्वबाट पार्टी अघि नबढ्ने उनको ठम्याइ छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending