Khabar Dabali १ बैशाख २०८३ मंगलवार | 14th April, 2026 Tue

प्रधानमन्त्री ओलीको निर्देशनमा गृहमन्त्री बादलको ‘एक्सन’, मन्त्रालयमा कारबाहीको सूची तयार

\"\"काठमाडौं । गृह मन्त्रालयले बहालवाला तथा सेवानिवृत्त पदाधिकारीले कानुनविपरीत लिँदै आएको सरकारी सुविधा फिर्ता गर्न छानबिन थालेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले बहालवाला तथा सेवानिवृत्त पदाधिकारीले कानुनविपरीत प्रयोग गर्दै आएको सुविधा सात दिनभित्र फिर्ता गर्न निर्देशन दिएलगत्तै गृहले छानबिन अघि बढाएको हो। कानुनविपरीत बहालवाला तथा सेवा निवृत्त पदाधिकारीले सेवासुविधा प्रयोग गर्दा राज्यलाई बर्सेनि करोडौं रुपैयाँ आर्थिक भार पर्दै आएको छ। प्रधानमन्त्री ओलीले बुधबार संघीय सरकारका मन्त्रीसहित प्रदेश सरकारका मुख्यमन्त्रीको बैठकमा उक्त निर्देशन दिएका थिए। आजको नागरिक दैनिकमा खब छ–सातवटै प्रदेशका मुख्यमन्त्री तथा संघीय सरकारका रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, अर्थमन्त्री डा. युवराज खतिवडा, कानुन र न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङ उपस्थित सो बैठकमा प्रधानमन्त्रीले बहालावाल तथा सेवानिवृत्त पदाधिकारीहरुले कानुनविपरीत सरकारी सेवासुविधा प्रयोग गर्दै आएको भन्दै चिन्ता व्यक्त गरेका थिए। बैठकमा ओलीले बहालवाला तथा सेवानिवृत्त पदाधिकारीले खासगरी सुरक्षाकर्मी र गाडीको दुरुपयोग गरिरहेको बताउँदै अनधिकृत सुविधा तत्काल फिता गर्न भनेका थिए। ‘कुनै पनि बहालवाला वा सेवानिवृत्त पदाधिकारीले कानुनविपरीत सरकारी सेवासुविधा प्रयोग गरिरहेको भए छानबिन गरी सात दिनभित्र फिर्ता गर्नुहोस्,’ ओलीले बैठकमा गृहमन्त्रीलाई निर्देशन दिएका थिए। प्रधानमन्त्री केपी शर्मा ओलीले बहालवाला तथा सेवानिवृत्त पदाधिकारीले कानुनविपरीत प्रयोग गर्दै आएको सुविधा सात दिनभित्र फिर्ता गर्न निर्देशन दिएलगत्तै गृहले छानबिन अघि बढायोे। सरकारले भ्रष्टाचारमा शून्य सहनशिलताको नीति लिएको जनाउ दिँदै ओलीले नियमविपरीत कसैले सरकारी सुविधा दुरुपयोग गरेको पाइए कारबाही हुने बताए। भ्रष्टाचार नियन्त्रणको सुरुवात आफैंबाट गर्न उनले मन्त्रीहरूलाई सुझाएका थिए। ‘भ्रष्टाचारी सम्मानित भएको इतिहास कुनै दुनियाँमा छैन। भ्रष्टाचारी शासकले मृत्युपछि आफ्नो भूमिमा शव राख्नसमेत पाएका छैनन्। आफ्नै सन्तानले पनि भ्रष्टाचारी अभिभावकको नाम लिन हीनताबोध गर्छन्। सुशासन कायम गर्न आफ्नो व्यवहार, कार्यशैली स्वच्छ र पारदर्शी हुनुपर्छ,’ ओलीले भनेका थिए। प्रधानमन्त्री ओलीले निर्देशन दिएलगत्तै गृह मन्त्रालयले बिहीबारदेखि कानुनविपरीत सरकारी सुविधा लिँदै आएका बहालवाला तथा सेवानिवृत्त पदाधिकारीका सम्बन्धमा छानबिन थालेको छ। गृहले सरोकारवाल मन्त्रालय र निकायलाई बिहीबार पत्र पठाएर सरकारी सेवासुविधा दुरुपयोग गर्ने पदाधिकारीको नाम पठाउन निर्देश गरेको छ। ‘प्रधानमन्त्रीज्यूको निर्देशनअनुसार हामीले छानबिन अघि बढाइसकेका छौं। पहिला क–कसले नियम विपरित सेवासुविधा लिएका छन् तथ्यांक संकलन गर्छौं, त्यसपछि त्यस्तो सेवासुविधा फिर्ता गर्छौं,’ गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले भने। केही बहालवाला तथा सेवानिवृत्त पदाधिकारीले खासगरी सवारीसाधन, सवारीचालक, सुरक्षाकर्मी, इन्धनलगायतका सुविधा कानुनले दिएभन्दा बढी प्रयोग गरेको गुनासो आएको प्रवक्ता सुवेदीले बताए। उनले भने, ‘हामी एक्सनमा गइसकेका छौं। सरोकारवाला निकायलाई पत्राचार गरिसकेका छौं।’ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार केही पूर्वप्रधानमन्त्री, उपप्रधानमन्त्री तथा मन्त्रीहरुले कानुनविपरीत सरकारी गाडी र सुरक्षाकर्मी राखेका छन्। धेरैले बहाल हुँदा प्रयोग गरेका गाडी पदबाट हटिसकेपछि पनि फिर्ता गरेका छैनन्। पहुँचवाला बहालवाला र सेवानिवृत्त कर्मचारीले कानुनले दिएभन्दा बढी सेवासुविधा प्रयोग गरिरहेको स्रोतले बतायो। विगतमा बहालवाला मन्त्रीहरुले ५ वटासम्म गाडी प्रयोग गरेको स्रोत बताउँछ। ‘गाडी र सुरक्षा नाममा सुरक्षाकर्मी दुरुप्रयोग हदैसम्म गरिएको छ,’ स्रोतले भन्यो। स्रोतका अनुसार निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्तले मात्र ४ वटा गाडी प्रयोग गरेका छन्। अन्य आयुक्तले २र२ वटा गाडी, मोटरसाइकल र स्कुटर प्रयोग गर्दै आएका छन्। यस्तै नियमविपरीत अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारीले पनि गाडी प्रयोग गरेको स्रोत बताउँछ। सुरक्षा निकायका उच्च पदका अधिकृतहरुले पनि सरकारी सेवासुविधाको व्यापक दुरुपयोग गरेको स्रोत बताउँछ। नेपाली सेनाका बहालवाला तथा सेवानिवृत्त उच्च अधिकारीले मापदण्डले दिएभन्दा निकै बढी अर्दली राखेको दाबी स्रोतको छ। नियमविपरीत गाडी प्रयोग गरेको पत्ता लगाउन अन्तरमन्त्रालयस्तरीय एक समिति गठन भएको गृह प्रवक्ता सुवेदीले जानकारी दिए। यो समितिले कस–कसलाई सुविधामा गाडी दिइएको छ र कसले कति गाडी प्रयोग गरेका छन् भन्नेबारे खोजी गर्ने छ। ‘राज्यबाट सेवासुविधा लिइरहेका सबैमाथि छानबिन हुन्छ। कानुनले दिएभन्दा बढी सेवासुविधा प्रयोग गर्नेको फिर्ता गरिन्छ,’ उनले भने।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending