Khabar Dabali १ बैशाख २०८३ मंगलवार | 14th April, 2026 Tue

चक्रपथमा मोनोरेल सञ्चालन गर्न मलेसियाली टोली काठमाडौंमा

\"\"काठमाडौं । काठमाडौंको चक्रपथमा मोनोरेल सञ्चालन गर्न मलेसियाली रेल कम्पनीले चासो देखाएको छ। मोनोरेल सञ्चालनबारे छलफल गर्न मलेसियाली कम्पनी पावरट्रेकका अधिकारी नेपाल आएका छन्। उनीहरुले नेपाली लगानीकर्तासँग मिलेर काठमाडौं मोनोरेल प्रालि नामक कम्पनी गत माघमै स्थापना गरिसकेका छन्। आजको नागरिक दैनिकमा खबर छ–मोनोरेल सञ्चालनबारे छलफल गर्न यति बेला कम्पनीको अध्यक्षमा डा। अमिनुद्दिन अदनान, कर्पोरेट डाइरेक्टर हेन्री जुड, निर्देशक सिएस सेल्भाराजाका साथै बेलायती लगानी कम्पनी एन्जल इन्भेस्टमेन्टका मलेसियाली कन्सलट्यान्ट अल्बर्ट पेरियानागाम काठमाडौंमा छन्। सो टोलीले बुधबार राति प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेर परियोजनाबारे जानकारी गरायो। ‘बुधबार राति अबेरसम्म मलेसियाली टोलीले प्रधानमन्त्रीसँग बालुवाटारमा छलफल गरेको छ,’ भेटमा संलग्न एक अधिकारीले बताए, ‘प्रधानमन्त्रीले उहाँहरुको प्रस्तावलाई सकारात्मक रुपमा लिनुभएको छ ।’ उनले छलफल सकारात्मक रुपमा अघि बढेको भन्दै बीचमा कुनै व्यवधान आएन भने शुक्रबार नै विस्तृत परियोजना प्रतिवेदनमा निर्माण गर्न सम्झौता हुन सक्ने सम्भावना रहेको बताए। चक्रपथमा साढे २८ किमि लामो डबल ट्र्याकको मोनोरेल निर्माण गर्ने योजना छ, जसको लागत ८० अर्ब रुपैयाँ लाग्ने अनुमान छ । टोलीले शुक्रबार लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीसँग छलफल गर्ने कार्यक्रम छ। प्रधानमन्त्री ओलीसँगको भेटमा पावरट्रेकमा अध्यक्ष अध्यक्ष अदनानले चार वर्षमै सञ्चालनमा ल्याउने गरी काम गर्ने प्रतिवद्धता व्यक्त गरेको अधिकारीहरुले बताए। ‘प्रधानमन्त्री ओलीले समय सबै तोकेर काम गर्ने र निर्धारित समयमा काम नभए ठेक्का टर्मिनेट हुन गरी काम गर्नुपर्ने बताउनुभएको छ,’ एक अधिकारीले भने। प्रधानमन्त्रीसँग भएको छलफलमा प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल, एमालेका उपमहासचिव विष्णु पौडेल, पुनर्निर्माण प्रधिकरणका पूर्वकार्यकारी अधिकृत सुशील ज्ञवालीसहित सहभागी थिए। मलेसियाली टोलीले ललितपुर उपमहानगरपालिकाका मेयर चिरिबाबु महर्जन, लगानी बोर्डका अधिकारीसहित विभिन्न अधिकारी तथा नेताहरुसँग भेट गरी यस विषयमा छलफल गरेको छ। ‘पहिलेदेखि नै यस विषयमा छलफल हुँदै आएको हो। बिहीबार मलेसियाली अधिकारीहरु आउनुभएको थियो। रेलको प्राविधिक क्षमता र वित्त व्यवस्थापनबारे जानकारी गराउनुभयो’, महर्जनले भने। चक्रपथमा साढे २८ किमि लामो डबल ट्र्याकको मोनोरेल निर्माण गर्ने योजना छ, जसको लागत ८० अर्ब रुपैयाँ लाग्ने अनुमान छ। सो कम्पनीले प्रधानमन्त्रीलाई गराएको जानकारीअनुसार मोनोरेलका गति बढीमा असी किलोमिटर प्रतिघण्टा हुनेछ। आठ सय मिटरदेखि साढे एक किमिको अन्तरमा रहनेगरी १७ वटा स्टेसन राखिनेछ। प्रारम्भिक अध्ययनअनुसार प्रतिकिलोमिटर निर्माण लागत २ अर्बदेखि ३ अर्ब रुपैयाँसम्म लाग्ने देखिएको छ। जमिनबाट १४ फिट उचाइमा गुड्ने मोनोरेलले दैनिक १ लाख ५० हजार यात्री बोक्नेछ। १२ देखि १५ वर्ष लगानी उठाउने लक्ष्य लिएको कम्पनीले ३० वर्ष पनि परियोजना सरकारलाई हस्तान्तरण गर्नेछ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending