Khabar Dabali ५ माघ २०८२ आईतवार | 18th January, 2026 Sun
Investment bank

१५ वर्षीया किशोरीमाथि १३ दिनसम्म सामूहिक बलात्कार, यसरी भएको थियो घटना

\"\"काठमाडौं । मानसिक अपांगता भएकी १५ वर्षीया किशोरीमाथि आठ दिनसम्म सामूहिक बलात्कार भएको छ । कीर्तिपुरकी ती किशोरीलाई बसका चालक र सहचालकले १३ दिनसम्म बन्धक बनाएर सामूहिक बलात्कार गरेको खुलेको हो । प्रहरीले घटनामा संलग्न भएको अभियोगमा चारजनालाई पक्राउ गरेको छ । अन्य अभियुक्तको खोजी भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार किशोरीलाई दुई समूहले सामूहिक बलात्कार गरेका हुन् । घटनामा सातजनाभन्दा बढी संलग्न थिए । ‘किशोरीमाथि सामूहिक बलात्कार भएको छ । घटनामा संलग्न चारजनालाई पक्राउ गरिएको छ । बाँकीको खोजी भइरहेको छ । आजको नयाँपत्रिका दैनिकमा खबर छ–घटनाको विवरण अहिले गोप्य राखिएको छ,’ महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विश्वराज पोखरेलले भने । परिसरका डिएसपी मोहन थापाले किशोरीलाई बसका चालक–सहचालकसहितका छुट्टाछुट्टै दुई समूहले सामूहिक बलात्कार गरेको बताए । उनले भने, ‘किशोरीमाथि दुई समूहले बलात्कार गरेको खुलेको छ । उनीहरूले बन्धक बनाएर बलात्कार गरेको देखिन्छ ।’ यसरी भयो घटना अनुसन्धानमा खटिएका प्रहरीका अनुसार किशोरी १५ फागुनमा कीर्तिपुरबाट बल्खुका लागि सार्वजनिक बस चढेकी थिइन् । तर, उनी बल्खु झरिनन् । बसमै चढेर ललितपुरको हरिसिद्धि गइन् । त्यसवेलासम्म बसबाट सबै यात्रु ओर्लिसकेका थिए । बसको पछाडिको सिटमा उनी एक्लै रहेको देखेपछि सहचालकले समाते । फकाउँदै गोदावरीस्थित कोठामा लगे । बेलुकाको खाना बसका चालक र सहचालकले नै खुवाए । उनीहरूले मादक पदार्थ सेवन गरे । अनि पालैपालो बलात्कार गरे । एक हप्ताभन्दा बढी समय उनीहरूले किशोरीलाई त्यही कोठामा बन्धक बनाए । एक दिन किशोरी भागिन्, तर बसका सहचालकले उनलाई बाटैमा फेला पारे । पुनः समातेर अर्को समूहको जिम्मा लगाइदिए । अर्को समूहमा रहेकाहरूले पनि किशोरीलाई आफ्नो कोठामा पु¥याएर पालैपालो बलात्कार गरे । प्रहरीका अनुसार २९ फागुनमा उनीहरूले किशोरीलाई स्वयम्भूमा लगेर छाडिदिए । त्यसपछि उनी घर पुगिन् । घटना विवरण बुझेपछि किशोरीका परिवारले प्रहरी परिसर काठमाडौंमा जबर्जस्ती करणीको मुद्दा हाले । त्यसपछि चार अभियुक्त पक्राउ परे । बाँकीको खोजी भइरहेको प्रहरीले जनाएको छ । परिसरका डिएसपी थापाले भने, ‘पक्राउ परेका अभियुक्तबारे अहिले केही खुलाइएको छैन । घटना अनुसन्धानकै क्रममा रहेकाले विवरण नखुलाइएको हो । घटनामा संलग्न सबै अभियुक्त पक्राउपछि उनीहरूलाई सार्वजनिक गरिनेछ ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending