Ntc summer Offer
Khabar Dabali २३ बैशाख २०८१ आईतवार | 5th May, 2024 Sun
NIMB

शत्रु गतेको 'मोफसल टुर' सकियोः कसले के भने ?

\"\"काठमाडौं । पछिल्लो समय गीतसंगीत तथा ट्रेलरका कारण चर्चामा रहेको फिल्म ‘शत्रु गते’ ले मोफसल टुर सकेको छ । चैत ९ मा प्रदर्शनमा आउने फिल्मको बारेमा जानकारी गराउने तथा दर्शकसंग प्रत्यक्ष भेटघाट गर्ने उदेश्यले टुरको आयोजना गरिएको निर्माण युनिटले जनाएको छ । रुस्लान भोड्कासंगको सहकार्यमा ’रुस्लान मह शत्रु गते यात्रा’ नाम दिइएको टुरमा फिल्मका निर्माता तथा कलाकार हरिवंश आचार्य, प्रस्तुतकर्ता किरण केसी, अभिनेत्री दीपाश्री निरौला, शिवहरि पौडेल, पल शाह र आँचल शर्मा सहभागी थिए । गत फागुन २३ मा हेटौडाबाट सुरुवात भएको टुर २४ गते नारायणगढ , २५ गते बुटवल, २६ गते पोखरा, २८ गते बिर्तामोड, २९ गते दमक हुदै ३० गते इटहरी पुगेर सकिएको छ । फिल्म युनिट माथि उल्लेखित स्टेसनमा कन्सर्ट तथा पत्रकार सम्मेलन मार्फत स्थानीय र सञ्चारकर्मीलाई जानकारी गराएका थिए । \"\" फिल्मलाई मह सञ्चारको ब्यानरमा निर्माण गरिएको छ भने यसका प्रस्तुतकर्ता किरण केसी हुन् । फिल्ममा हरिवंश आचार्यको कथा रहेको छ । पटकथालाई निर्देशक भट्टराई र दीपकराज गिरी तथा संवाद भने निर्देशक भट्टराईले कथाकार हरिवंश आचार्यसंग मिलेर तयार गरेका हुन् । यसमा छायाँकन दिर्घ गुरुङको रहेको छ भने सम्पादन मित्र गुरुङले गरेका हुन् । यसमा दीपकराज गिरी, दीपाश्री निरौला, नरेन्द्र कंसाकार, शिवहरी पौडेल, यसोधा श्रेष्ठ र रमिला आचार्य निर्माता रहेका छन् । हरिवंश आचार्य \"\" टुर निकै रमाइलो भयो । फिल्मकै लागि निकैपछी यस किसिमको अनुभव गर्न पाए । हामीले दर्शकको लागि सार्वजनिक गरेको सामाग्रीले कस्तो प्रभाव पारेको छ भन्ने जान्न पाइयो । यस किसिमको टुरले शत्रु गते मात्र होइन यसपछी आउने नेपाली फिल्मलाई पनि फाइदा पुर्याउछ । दर्शकको टेस्ट बदलिएको मात्र छैन , उहाँहरु एडभान्स भईसक्नु भएको छ । त्यसैले मेकरले दर्शकको रुची अनुसार फिल्म बनाउन झनै मेहनत गर्नु पर्ने हुन्छ । किरण केसी \"\" दर्शकको प्रतिक्रियाले हामी निकै उत्साहित छौ । हाम्रो गीतसंगीतलाई जसरि माया गर्नु भएको छ , त्यो शब्दमा बयान गर्न सकिन्न । हामीलाई मोफसलका दर्शकले देखाउनु भएको मायाको आभारी छौ । दर्शकसंग प्रत्यक्ष रुपमा प्रतिक्रिया लियौ, साथै केहि जिज्ञाशा पनि मेटायौ । दीपाश्री निरौला \"\" दर्शकसंग प्रत्यक्ष जोडिन पाउदा सधै रमाइलो महसुस हुन्छ , यस टुरमा झनै रमाइलो भयो । फिल्म शत्रु गतेको लागि दर्शकको पर्खाइ देखेर निकै खुसि छौ । दर्शकको चाहना अनुसारकै फिल्म बनेको छ , छिनमै हसाउछ र छिनमै रुवाउछ फिल्मले । फिल्म हेर्दा दर्शकको समय र पैसाको सदुपयोग हुन्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies