Khabar Dabali ६ माघ २०८२ सोमबार | 19th January, 2026 Mon
Investment bank

काठमाडौं टावर र पाइलटबीचकाे अन्तिम संवाद यस्तो थियो

\"\"काठमाडाैं । त्रिभुवन विमानस्थलभित्र नेपाली हवाई इतिहासकै सबैभन्दा ठूलो हवाई दुर्घटना भएको छ । बंगलादेश नागरिक उड्डयन प्राधिकरणको नियमनभित्र पर्ने युएस–बंगला एयरलाइन्सको ‘बम्बाडिएर (डिएच८डी)’ जहाज दुर्घटना हुँदा ४९ जनाको निधन भएको छ । चालक दलका चार सदस्यसहित ७१ यात्रु सवार विमान दुर्घटनामा २२ घाइते भएका छन् । अाजको नयाँ पत्रिकामा खबर छ-यसअघि विमानस्थलभित्र साना–ठूला हवाई दुर्घटना भए पनि यति ठूलो संख्यामा मानिसले पहिलोपटक ज्यान गुमाएको विमानस्थलका महाप्रबन्धक राजेन्द्रकुमार क्षेत्रीले जानकारी दिए । काठमाडौं टावर र पाइलटबीचकाे अन्तिम संवाद : प्राविधिक विश्लेषणसहित कहिले पशुपति र कहिले कोटेश्वरतर्फबाट अवतरण गर्न खोजिरहेका पाइलट तनाव वा थकानमा थिए, उनी अलमलिएका थिए । काठमाडौं टावर : बंगला स्टार २११, म फेरि भन्दै छु, रनवे टु जिरोेतिर नजानुहोस्, होल्ड गर्न अनुमति ….. (रन वे टु जिरो भनेको पशुपतितर्फबाट अवतरण गर्ने रनवे हो, कोटेश्वरबाट अवतरण गर्ने रनवे जिरो टु हो, सामान्यतया अन्तर्राष्ट्रिय विमानहरू कोटेश्वरतर्फबाट अर्थात् जिरो टु रनवेमा अवतरण गर्छन् ।) तर, एअर ट्राफिक कन्ट्रोल (एटिसी) ले म फेरि भन्दै छु रनवे टु जिरोतिर नजानुहोस् भनेबाटै बुझिन्छ, पाइलट पशुपतितर्फबाट अवतरण गर्नेगरी अघि बढिरहेका थिए, त्यतातर्फ जान खोज्दै थिए, एटिसीले सचेत गराउँदै थिए । बंगला स्टार (पाइलट) : हामी रनवे जिरो टु (कोटेश्वर) बाट अवतरण गर्न दायाँतिर मोडिएर होल्ड गर्ने छौँ । (यसको मतलब के हो भने पशुपतितर्फबाट होइन, कोटेश्वरतर्फबाट अवतरण गर्न एटिसीले दिएको अनुमति पाइलटले स्विकारेका छन् । त्यसका लागि केही समय आकाशमै होल्ड गर्न पनि उनी तयार भएका छन् ।) काठमाडौं टावर : ओके सर, तर झट्टै अवतरण नगर्नुहोस् । अर्को विमान सर्ट फाइनलमा छ । (अर्को विमान सर्ट फाइलनमा छ भनेको अवतरणका लागि धावनमार्गनिकट आइपुगिसकेको छ भन्ने हो । अर्को विमान धावनमार्गनजिक आइसकेकाले बंगला स्टारलाई धैर्य गर्न थप सचेत गराइएको छ ।) काठमाडौं टावर : बुद्ध एयर ३५२; अन्य ट्राफिकका कारण १५ माइल पर नै होल्ड गर्नुहोस् । (बुद्ध एअरबाट जवाफ आउँदैन) काठमाडौं टावर : बुद्ध एयर ३५२; तपाईं १५ माइलमा होल्ड गर्न सक्नुहुन्छ ? कन्फर्म गर्नुहोस् । यसबीचमा काठमाडौं टावरभित्र नै अधिकारीबीच कुराकानी हुन्छ : यो जहाज रनवेमा जिरो टु र टु जिरोमा डिस्ओरियन्टेड भएजस्तो छ । यसलाई राडार भेक्टर गरी अर्को धावनमार्गतिर लैजानुपर्ला जस्तो छ । (यसको मतलब कोटेश्वर र पशुपति कताबाट अवतरण गर्ने भन्नेमा बंगला स्टार अलमलमा परेको छ भन्ने अनुमान काठमाडौं टावरले गरिसकेको छ । त्यसैले अब जहाजलाई निश्चित दिशा निर्देश गर्दै धावनमार्गसम्म डोर्‍याउने प्रक्रिया थाल्नुपर्छ भनेर टावरमा कुराकानी भएको छ । तर, यसका लागि पाइलटले नै मलाई राडार भेक्टर आवश्यक छ भनी अनुरोध गर्नुपर्ने उड्ययन अभ्यास छ ।) काठमाडौं टावर : वंगला स्टार २११; दुबै रनवे खाली गरिएको छ । कुन रनवेमा अवतरण गर्न चाहनुहुन्छ ? (अलमल परेको जहाजलाई सहज अवतरण दिन एटिसीले दुवैतर्फका धावनमार्ग खुला गरिदिएको छ, कुन सहज हुन्छ भनेर पाइलटलाई सोधिएको छ ।) वंगला स्टार (पाईलट) : हामी रनवे टु जिरो (पशुपतितर्फ) बाट अवतरण गर्न चाहन्छौ । काठमाडौं टावर : रनवे टु जिरो (पशुपतितर्फ) बाट अवतरण गर्न अनुमति छ । (पश्चिमबाट पूर्वतिर हावाको बहाव) २ सय ७० डिग्रीमा हावाको गति ६ नट (सामान्य ) छ । (पाइलटले नै रोजेअनुसार पशुपतितर्फबाट अवतरण गर्न एटिसीले अनुमति दिएको छ, साथै हावाको गति सामान्य छ भन्ने जानकारी पनि दिएको छ) बंगला स्टार (पाइलट) : रनवे टु जिरो क्लियर फर ल्याण्डिङ । (अब जहाज अवतरण गर्नै लाग्यो, धावनमार्ग क्लियर छ भन्ने एटिसीको सूचनालाई पाइलटले नियमअनुसार निश्चित गर्न खोजेका छन् ) काठमाडौं टावर : तपाईको नजरमा रनवे छ ? निश्चित गर्नुहोस् । बंगला स्टार (पाइलट) : नेगेटिभ । पाइलटले भने, मेरो नजरमा रनवे छैन । काठमाडौं टावर : वंगला स्टार २११ ; बाँयातिर मोडिनुस । (तर, एटीसीको यो निर्देशन पुरा नभई टुङगीएको छ ।) काठमाडौं टावर : तपाईले धावनमार्ग देख्नुभयो कि अझै देख्नुभएको छैन ? बंगला स्टार (पाइलट) : अफरमेटिभ रनवे इन्साईट । अतवरणका लागि अनुमाति दिनोस् । (अर्थात्, पाईलटले धावनमार्ग देखिसकेको जानकारी गराइसकेका छन् , उनी अवतरण गर्न पुरै तयार छन् ।) काठमाडौं टावर : वंगला स्टार २११ ; अवतरणका लागि अनुमति छ । बंगला स्टार (पाइलट) : रनवे जिरो टुमा (कोटेश्वर) बाट अवतरणका लागि अनुमति दिनुहोस । यहाँ अचानक अर्को ‘ट्वीस्ट’ आएको छ । पशुपतितर्फबाट अवतरण गर्न पाइलटले अनुमति मागेकोले धावनमार्ग समेत क्लियर भइसकेको अवस्थामा उनले कोटेश्वरतर्फबाट अवतरण गर्न अनुमति मागेका छन् । यसले के देखिन्छ भने पाइलट अत्यन्तै अलमलिएका छन्, उनले आफुले एटीसीसँग भएको अघिल्लो सम्वाद पनि बिर्सिएका छन्, पाइलट चरम तनाव वा थकाइको अवस्थामा भएको अनुमान गर्न सकिन्छ ।) काठमाडौं टावर : रनवे जिरो टुमा (कोटेश्वरतर्फबाट) अवतरणका लागि अनुमति छ । (अलमलिएका पाइलटलाई एटीसीले कोटेश्वरबाट अवतरण गर्ने अनुमति दिएको छ ।) काठमाडौं टावर :  यही बीचमा काठमाडौं टावरले आर्मी ३५ लाई होल्डिङका लागि अनुरोध गर्दछ । टावर भन्छ– वंगला स्टार २११ ले रनवे टु जिरो (पशुपतितर्फ) बाट अवतरण गर्न सर्किलिङ गरिरहेको छ । तपाई अहिले उडानगरी रहनु भएको स्थानमा होल्ड गर्न सक्नु हुन्छ ? यसको मतलव बङलास्टार कताबाट अवतरण गर्ने हो भन्नेमा एटीसी पनि अलमलमा छ । दुवैतर्फका धावनमार्ग क्लियर हुँदा बङलास्टारलाई अवतरण गर्न झन् सजिलो हुने भएको छ । आर्मी ३५ : वी वील कम्प्लाई (अर्थात सेनाको जहाजले १० माईल पर होल्डिङका लागि स्विकार गरेको छ ।) बंगला स्टार (पाइलट) : सर हामीलाई अवतरणका लागि अनुमति छ ? यसअघि जिरो टु (कोटेश्वर) बाट अवतरण गर्न खोजिरहेको वाङलास्टार फेरि टु जिरो (पशुपति) बाट अवतरण गर्न खोजेको छ । यसले एटीसीमा फेरि तनाव बढाएको छ । केही बेर स्वांं………. आवाज काठमाडौं टावर : वगला स्टार २११ ; म फेरी भन्छु ………………. डोन्ट……. स्वाँ …………. आवाज बंगला स्टार (पाइलट) : फायर फायर (जहाँजमा आगलागी भएको पाईलटद्धारा काठमाडौं टावरलाई जानकारी) काठमाडौं टावर : धावनमार्ग तर्फ आइरहेका सम्पूर्ण जहाँजलाई अन्य ठाउँमा अवतरण गर्न वा होल्ड गर्न अनुरोध ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending