Khabar Dabali ६ माघ २०८२ सोमबार | 19th January, 2026 Mon
Investment bank

मेयर चौधरीमाथि गोली हानेको आशंकामा विप्लवका ३ कार्यकर्ता पक्राउ

\"\"धनगढी । कैलालीको घोडाघोडी नगरपालिकाका प्रमुख ममताप्रसाद चौधरीमाथि भएको आक्रमणमा संलग्न रहेको आशंकामा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । कैलाली प्रहरी प्रमुख बिनोद घिमिरेको नेतृत्वको टोलीले सोमबार राति सुखड क्षेत्रबाट ३ जनालाई पक्राउ गरेको हो । उनीहरुको नाम सार्वजनिक गरेको छैन । प्रहरीले उनीहरु नेकपा माओवादी (विप्लव समुह) का कार्यकर्ता हुनसक्ने अनुमान गरेको छ । थप अनुसन्धान भइरहेकाले नाम सार्वजनिक गर्न नमिल्ने प्रहरीले जनाएको छ । ३ वटा मोटरसाइकलमा आएको समूहले घर बाहिर बोलाएर आक्रमण गरेको बुझिएको प्रहरी उपरिक्षक घिमिरेले बताए । घटनास्थलबाट प्रहरीले से २ प ३६७१ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ । उक्त मोटरसाइकल कसको हो भन्ने अबेर रातिसम्म खुलेको छैन । सोमबार राति ८ बजेर १० मिनेटतिर सुखड बजार नजिकै रहेको आफ्नो घरभित्र बसिरहेका नगर प्रमुख चौधरीलाई अपरिचित समूहले काम छ भन्दै बाहिर बोलाएर गोली र खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ । चौधरीको कम्मरमुनि गोली लागेको र टाउको तथा दाँया हातमा खुकुरीको चोट लागेको प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले बताएका छन् । उनलाई पहिले खुकुरी र पछि गोली हानिएको थियो । घटना लगत्तै नगर प्रमुख चौधरीलाई सुखडस्थित घोडाघोडी अस्पतालमा भर्ना गरिएको थियो । थप उपचारका लागि राति नै नेपालगञ्ज मेडिकल कलेज लगिएको छ । गम्भीर चोट लागे पनि उनको अवस्था भने खतरामुक्त रहेको बुझिएको छ । उपचारमा संलग्न चिकित्सकले चौधरीको अवस्था खतरामुक्त रहेको जानकारी गराएको कैलालीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक घिमिरेले बताए । बोक्सीको आरोपमा कुटिएकी युवतीको घटना प्रहरी चौकीमै मिलाएको भन्दै नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले नगर प्रमुख चौधरीलाई जनकारबाही गर्ने धम्की दिएको थियो । विप्लव समुहका नेता ओमप्रकाश पुनले सामाजिक सञ्जालमा बोक्सी प्रकरणमा नगरप्रमुखलाई कारवाही नगरे ‘जनसत्ता’ले कारवाही गर्ने चेतावनी दिएका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending