Khabar Dabali ६ माघ २०८२ सोमबार | 19th January, 2026 Mon
Investment bank

यसरी बने ओली शक्तिशाली प्रधानमन्त्री, पक्षमा २०८, विपक्षमा ६० मत

\"\"काठमाडौं । प्रधानमन्त्री केपी ओलीलाई प्रतिनिधिसभाको तीन चौथाइ बढी मत प्राप्त भएको छ। प्रधानमन्त्री नियुक्त भएको झन्डै एक महिनापछि ओलीले आइतबार प्रतिनिधिसभामा विश्वासको मत लिएका हुन्। ०१५ सालमा बीपी नेतृत्वको कांग्रेस सरकारपछि ५९ वर्षमा पहिलोपटक मुलुकले बलियो सरकार पाएको छ। आजको अन्नपूर्णपोष्ट दैनिकमा खबर छ–०६२÷६३ को जनआन्दोलनपछि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला सहमतीय आधारमा प्रतिपक्षबिनाको प्रधानमन्त्री बनेका थिए। तर, चुनावी प्रतिस्पर्धापछिको पहिलो बलियो सरकारको नेतृत्व गर्ने मौका ओलीले पाएका छन्। राष्ट्रपतिबाट मंसिर ३ मा नियुक्त ओलीले आइतबार संसद्मा विश्वासको मतका लागि प्रस्ताव गरेका थिए। संसद्मा मतविभाजन प्रक्रियाबाट गरिएको मतदानमा ओलीले ७५.६३ प्रतिशत मत पाएका हुन्। २ सय ७५ सदस्यीय प्रतिनिधिसभामा ओलीका पक्षमा २ सय ८ मत परेको छ भने विपक्षमा जम्मा ६० मत परेको छ। सभामुख कृष्णबहादुर महराले प्रधानमन्त्रीलाई विश्वासको मत प्राप्त भएको घोषणा गरेका थिए। प्रमुख विपक्षी कांग्रेसले मात्रै ओलीको विपक्षमा मत हालेको थियो। नेमकिपाका प्रेम सुवाल भने तटस्थ बसे। वाम गठबन्धनका तर्फबाट प्रधानमन्त्री नियुक्त ओलीलाई मधेसकेन्द्रित राजपा नेपाल र संघीय समाजवादी फोरमले पनि समर्थन गरेका थिए। एमालेका १ सय २१, माओवादी केन्द्रका ५२ )एक जना सभामुखले मतदान नगरेको), राजपा १६ (रेशम चौधरी शपथ बाँकी), संघीय समाजवादी फोरम १६, राप्रपाका राजेन्द्र लिङदेन, राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेल र स्वतन्त्र सांसद छक्कबहादुर मल्लले ओलीका पक्षमा मतदान गरेका थिए। ६३ जना सांसद रहेको प्रमुख विपक्षी कांग्रेसकै तीन जना सांसद मतदानमा अनुपस्थित थिए। नयाँ शक्तिका डा।बाबुराम भट्टराई पनि विदेशमा रहेकाले मतदानमा अनुपस्थित रहे। त्यसअघि विश्वासको मतका लागि आग्रह गर्दै प्रधानमन्त्री ओलीले राजनीतिक स्थायित्व, समृद्धि र विकासका लागि आफूले कुनै पनि क्षमा (एक्स्क्युज) नमाग्ने गरी काम गर्ने प्रतिबद्धता जनाए। ‘म कुनै पनि एक्स्क्युज खोज्दिनँ, उत्तरदायी भएर काम गर्छु,’ उनले भने, ‘मेरो इमानदारी देश र जनताप्रति तथा विकास र समृद्धिप्रति हो।’ जनतासमक्ष आफूले गरेका प्रतिबद्धता र वाम गठबन्धनको साझा चुनावी घोषणाअनुसार अघि बढ्ने उल्लेख गर्दै ओलीले सिंगो देशलाई एक बनाउने दाबी गरे। ‘म एमालेको होइन, नेपालको प्रधानमन्त्री हुँ, त्यसैअनुसार अघि बढ्छु,’ उनले भने। सरकार हुँ भनेर आफूले दम्भ नदेखाउने भन्दै ओलीले भने, ‘प्रतिपक्षले जसरी पनि विरोध गर्छु भन्ने सुविधा छैन। प्रतिपक्षी पनि सहयोगी बन्नुपर्छ।’ भ्रष्टाचार नियन्त्रण गरी समृद्धितर्फको यात्रा सुरु भएको उल्लेख गर्दै ओलीले भने, ‘यो यात्राको अगुवाइ सत्तापक्षले गर्ला तर यो अभियान हामी सबैको हो।’ प्रधानमन्त्री बन्नका लागि मात्र आफू प्रधानमन्त्री नभएको उल्लेख गर्दै ओलीले भने, ‘देशमा परिवर्तन गर्ने हो। भ्रष्टाचार गर्दिनँ, हुन दिन्नँ।’ आफ्नो पक्षमा दुईतिहाइ पुगे पनि आफू दमनकारी शासक नभई सेवक बन्ने उनले प्रतिबद्धता जनाए। व्यक्तिगत रूपमा लोकतन्त्रका लागि आधा शताब्दी लडेको उल्लेख गर्दै ओलीले भने, ‘लोकतन्त्र मास्ला कि भन्ने चिन्ता कसैले नलिए हुन्छ।’ एमालेकै वरिष्ठ नेता माधव नेपालले द्वन्द्व र विवादले देश थिलथिलो भएको भन्दै सहमतीय आधारमा देशलाई समृद्धिको बाटोमा लैजानुपर्ने बताए। कांग्रेस संसदीय दलका उपनेता विजय गच्छदारले गुण र दोषको आधारमा सरकारको समर्थन गर्ने भन्दै कांग्रेस ‘वाचडग’ को भूमिकामा रहने बताए। ‘हामी सय दिनसम्म हेर्छौं, हनिमुन पिरियडसम्म सरकार कसरी जान्छ,’ उनले भने। संसदीय प्रणालीका लागि कांग्रेसले लामो संघर्ष गरेको भन्दै उनले कांग्रेसले संसद्मा प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताए। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले विकासको नयाँ युगका लागि जनताले वाम गठबन्धनलाई स्पष्ट बहुमत दिएको बताए। ‘अब मार्मिक उपदेश होइन, एक्सनद्वारा जनताको मनोकांक्षा पूरा गर्ने काम सरकारले गर्नुपर्छ,’ उनले भने, ‘जनताले भाषण होइन, सीधै परिणाम खोजेका छन्।’ भ्रष्टाचार नियन्त्रण, विकृति र विसंगति, ढिलासुस्ती अन्त्य गर्न सरकारले दृढ कदम चाल्नुपर्ने उनले बताए। योभन्दा अर्को बलियो सरकार बन्ने अवस्था नरहेको तर्क गर्दैै उनले भने, ‘सरकार यति बलियो छ। जनताको यत्रो समर्थन छ। सरकारको हात माथि छ। अब सुशासन, स्थिरता, शान्ति र समृद्धिका पक्षमा एक्सन गरोस्।’ कुनै पनि दलले परम्परागत संसदीय अभ्यासमै रुमल्लिनुको अर्थ नरहेको दाहालले बताए। राजपाका महेन्द्र रायले प्रधानमन्त्री ओलीको बोलीमा विश्वास गरेर सरकारलाई समर्थन गर्न लागेको बताए। ‘विगतमा जे–जति सहमति भए, पालना भएनन्। त्यसैले यसपटक प्रधानमन्त्रीको बोलीमा विश्वास गरेर समर्थन गर्छौं,’ उनले भने। सरकारलाई समर्थन गरेर हातमा हात मिलाउन आफूहरू तयार रहेको भन्दै उनले भने, ‘हामीलाई सँगै लैजाने कि नलैजाने ? ’ संविधान संशोधनपछि मात्र राजपा सरकारमा सहभागी हुने उनले स्पष्ट गरे। संघीय फोरमकी सरिता गिरीले सरकारलाई दिएको विश्वासको मतको कदर गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गरिन्। राप्रपाका राजेन्द्र लिङदेन र राजमोकी दुर्गा पौडेलले पनि सरकारलाई समर्थन जनाएका थिए। नेमकिपाका प्रेम सुवालले जनताकै बीचमा रहने भन्दै सरकारलाई समर्थन जनाउन नसक्ने घुमाउरो जवाफ दिए।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending