Khabar Dabali ६ माघ २०८२ सोमबार | 19th January, 2026 Mon
Investment bank

महरालाई सभामुख, पुनलाई पार्टीको जिम्मेवारी दिइने

\"\"काठमाडाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेता कृष्णबहादुर महरालाई सभामुख र वर्षमान पुनलाई पार्टीको जिम्मेवारी दिने योजना बनाएका छन् । एमालेसँगको भागबन्डामा सभामुख माओवादीको भागमा परेको छ । एमालेसँग पार्टी एकीकरण प्रक्रिया जारी रहेको अवस्थामा दाहालले आफ्नो ‘दाहिने हात’ का रुपमा पुनलाई पार्टीको जिम्मेवारी दिन लागेका हुन् । ‘महराजीलाई सभामुख र वर्षमानजीलाई पार्टीको जिम्मेवारी दिने योजनामा अध्यक्षज्यू हुनुहुन्छ,’ दाहालनिकट स्रोतले भन्यो, ‘मुख्यतः एमालेसँग एकीकरणको सवालमा मिलाउनुपर्ने काम अध्यक्षको निर्देशनअनुसार वर्षमानजीले मिलाउन सक्ने भएकाले यस्तो योजना बनेको हो ।’ दाहालनिकट स्रोतका अनुसार पुनमार्फत पार्टी एकीकरण प्रक्रियाका कामकारबाहीमा सहज हुने भएकाले सो योजना बनाइएको हो।

 आजको नागरिक दैनिकमा खबर छ-यसअघि पनि दाहालले एमालेसँग हुने पार्टीको काममा नेता पुनलाई नै अघि बढाउँदै आएका थिए । एमालेसँग भागबन्डालगायतका काममा अध्यक्ष दाहालले पुनलाई नै अघि सार्दै आएका छन् । पछिल्लो समय गृहमन्त्री बन्न इच्छुक भए पनि नपाएपछि पुन ऊर्जामा जान सहमत भएका थिए तर दाहालले उनलाई तत्काल सरकारमा नपठाई पार्टी एकीकरण प्रक्रियामा खटाउने योजना बनाएका हुन्।

आगामी पाँच वर्ष प्रतिनिधिसभा चलाउनुपर्ने भएकाले एमालेसँग ‘सिनियर’ नेतालाई सभामुख बनाउनुपर्ने छलफल भएपछि दाहालले महरालाई पठाउने योजना बनाएका हुन् । त्यसका लागि महरा सहमत भइसकेको स्रोतले बतायो । अघिल्लो पटक माओवादीबाट ओनसरी घर्तीमगरले सभामुखको जिम्मेवारी सम्हालेकी थिइन् । एमालेले राष्ट्रपतिमा विद्या भण्डारीलाई दोहोर्‍याएपछि माओवादीमा पनि घर्तीमगरलाई दोहोर्‍याउने चर्चा चलेको थियो।

यस्तै भागबन्डामा परेका मन्त्रालयमा पनि शीर्ष नेतालाई नै पठाउने तयारी माओवादीको छ । राष्ट्रपति र सभामुखको निर्वाचन सम्पन भएपछि मात्रै केपी ओली नेतृत्वको सरकार विस्तार गर्ने योजना छ। अध्यक्ष दाहालले प्रभावशाली नेतृत्वलाई सरकारमा पठाएर प्रभावकारी काम गर्ने योजना बनाएका छन्।

गिरिराजमणि पोखरेल, शक्ति बस्नेत, जनार्दन शर्मामध्ये दुईजना सरकारमा जाने पक्का भएको स्रोतले बतायो । यसैगरी पम्फा भुसाल, बिना मगर, अमनलाल मोदी पनि सरकारमा जाने चर्चा छ ।पार्टी प्रवक्ता पम्फा भुसालले सभामुख र मन्त्रीको चयन गर्ने जिम्मा अध्यक्ष दाहाललाई दिएकाले तत्काल भन्न नसक्ने बताइन् । ‘मन्त्री चयन गर्ने जिम्मा पार्टीको बैठकले अध्यक्षलाई दिएको छ, अध्यक्षले जसजसलाई पठाउनुहुन्छ, उहाँहरु नै मन्त्री बन्नुहुनेछ’, भुसालले नागरिकसँग भनिन्, ‘तर सभामुख भने भोलि (शुक्रबार) नै टुंगो लगाउने सोचमा छौं।’

माओवादी केन्द्रले गृह मन्त्रालयको जिम्मेवारीमा रामबहादुर थापा र उद्योग मन्त्रालयको जिम्मेवारीमा मातृकाप्रसाद यादवलाई मन्त्री बनाएर पठाइसकेको छ । भागबन्डाअनुसार अब माओवादीले पाँच मन्त्रालयमा मन्त्री पठाउन बाँकी छ । सभामुख र मन्त्रीका विषयमा छलफल गर्न अध्यक्ष दाहालले शुक्रबार केन्द्रीय कार्यालय सचिवालयको बैठक बोलाएका छन्।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending