Khabar Dabali १५ बैशाख २०८३ मंगलवार | 28th April, 2026 Tue

सौराहामा २० देशका १०० जना वैज्ञानिक

 

\"\"चितवन । अन्तर्राष्ट्रिय केमिकल वैज्ञानिक सम्मेलन आजदेखि सौराहामा शुरु हँुदैछ । सम्मेलनमा २० देशका १०० जना वैज्ञानिक सहभागी हुने बताइएको छ ।

नेपाल केमिकल सोसाइटी र वीरेन्द्र बहुमुखी क्याम्पस, भरतपुरको संयुक्त आयोजनामा सम्मेलन शुरु गर्न लागिएको हो । अन्तर्राष्ट्रियस्तरमा र नेपालमा भएका खोज अनुसन्धान एवं उपलब्धि एवं ज्ञान साटासाट गर्ने उद्देश्यले सम्मेलन आयोजना गर्न लागिएको संस्थाका अध्यक्ष अमरप्रसाद यादवले जानकारी दिए । अध्यक्ष यादवले अन्तर्राष्ट्रियस्तरको अनुपातमा नेपालमा भएका अनुसन्धान कुन उचाइमा छ भन्ने विषयमा समेत छलफल हुने बताए । ‘केमेष्ट्री फर सष्टेनेवल डेभलपमेन्ट’ मूलनारा दिइएको सम्मेलन तीन दिनसम्म चल्नेछ । आयोजकका अनुसार सम्मेलनमा २० देशका १०० जना वैज्ञानिक र स्वदेशका १०० जना गरी २०० जना वैज्ञानिकको सहभागिता रहनेछ । संसारमा विज्ञान तथा प्रविधिले नै देश विकास, मानिसको जीवनशैली र कार्यक्षमतामा आमूल परिवर्तन ल्याएको भन्दै केन्द्रीय रसायन विभागका प्रमुख प्रा डा केदारनाथ घिमिरेले नेपालमा भएका स्रोत, साधनलाई परिचालन गर्नसके देशको आर्थिक समृद्धिमा ठूलो टेवा पुग्ने बताए । उहाँले यस्ता खोज तथा अनुसन्धानमा नेपाली वैज्ञानिक सक्षम भएको चर्चा गर्दै सरकारको यसतर्फ ध्यान जानु जरुरी रहेको बताए । संस्थाका सदस्य मनोजकुमार विष्टले यति ठूलो सम्मेलन पहिलोपटक चितवनमा हुन गइरहेकाले यसले चितवनको पर्यटन प्रवद्र्धनमा ठूलो सहयोग पुग्ने बताए । सम्मेलनमा स्वदेश र विदेशका वैज्ञानिकबाट १७० वटा कार्यपत्र प्रस्तुत हुनेछन् भने वैज्ञानिकसहित ५० जनाभन्दा बढी रसायन शास्त्रका विद्यार्थीको समेत सहभागिता हुने बताइएको छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending