Khabar Dabali ६ माघ २०८२ सोमबार | 19th January, 2026 Mon
Investment bank

प्रचण्डमाथि ६८० शब्द खर्चेर बाबुरामको हमला

\"\"काठमाडौं । नयाँ शक्ति नेपालका संयोजक तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डमाथि शब्द हमला गरेका छन् । ‘एसियामा मानवीय पहुँच र वार्ता’ (ह्युमेनिटेरियन एक्सेस एण्ड नेगोसियसन इन एशिया) विषयमा इन्डोनेशियाको जकार्तामा भाग लिन गएका बाबुरामले त्यहिबाट फेसबुक स्ट्याटसमार्फत प्रचण्डलार्इ हमल गरेका हुन् । हिजो नयाँ शक्तिका प्रवक्ता खिमलाल देवकोटालाई माओवादीमा भित्र्याउने क्रममा प्रचण्डले बाबुराममलाई लाज नमानी माओवादीमा फर्किन आग्रह गरेका थिए । ‘बाबुराम जीलाई म यहिँबाट भन्छु, लाज नमानी फर्किनुस्, आफ्ना साथीहरुसँग लजाउनुपर्दैन् ।’ हामी सबै तपाइँकै साथी हौं’ प्रचण्डले भनेका थिए । बाबुरामले फागुन २४ गते ‘मानवीय वार्तामा सरकार र सुरक्षाबलको दृष्टिकोण’ (गभरमेन्ट एण्ड सेक्युरिटी फोर्स पर्सपेक्टिभ्स अन ह्युमेनिटेरिएन नेगोसियसन) विषयमा सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ । सम्मेलन फागुन २४ र २५ दुई दिनसम्म चल्नेछ । बाबुरामले फेसबुकमा लेखेको स्ट्याटस यस्तो छ आज मातृभूमि नेपालबाट हजारौं माइल टाढा हिन्द र प्रशान्त महासागरको सीमामा अवस्थित प्राचीन सभ्यताको धनी टापू बालीमा उभिएर घोत्लिदा प्राप्त गरेका अनुभूतिहरू सबैसंग बाँड्ने अनुमति चाहन्छु । एउटा मध्ययुगीन गाउँको गोठालोबाट देशको सर्वोच्च कार्यकारी प्रधानमन्त्रीको जिम्मेवारी प्राप्त गरिसकेको मान्छे ६४ बर्षको उमेरमा सबैथोक त्यागेर किन भौंतारिएको होला ? के ऊ बौलाएकै हो? कि ऊ अमुक शक्तिको गोटी बनेर देश र जनतालाई धोका दिन उद्यत भएको हो? वा ऊ आफ्ना समकालीन राजनीतिक नेताहरू ओली, प्रचण्ड, देउवा, उपेन्द्र, महन्त, गच्छदार, कमलहरूसंग सत्ता-शक्तिको खेलमा पराजित भए पछि नक्कली साधुको भेषमा जनतालाई ठग्न निस्केको हो? आदि आदि प्रश्नहरू व्यक्त अव्यक्त रूपमा उठ्न सक्छन् ।  यी प्रश्नहरूको जवाफ कुनै दिन इतिहासले मात्र दिनसक्ने भएकाले अहिले म त्यता प्रवेश गर्न चाहन्न। आखिर इतिहासको फैसला सबैले एकदिन मान्न करैलाग्छ! म त्यसमा विश्वास गर्छु । मेरो मनमा खेलिरहेका प्रश्नहरू अर्कै छन् ! पहिलो, विश्वस्तरबाट हेर्दा एक्काइसौं शताब्दीको प्रारम्भिक दशकसम्म आइपुग्दा मानव जाति अभूतपूर्व विकास र भयंकर विनाशको दोसाँधमा उभिएको प्रष्ट दृष्टिगोचर हुन्छ। एकातिर आर्थिक-भौतिक विकास तथा विज्ञानप्रविधिको अकल्पनीय विकास-विस्तार र अर्कोतिर मानव मानव बीचको असमानताको खाडलको भयंकर विस्तार दुसाध्य अन्तरविरोध र संकटको रूपमा पाक्दै गैरहेको छ। त्यसैको राजनीतिक अभिव्यक्तिको रूपमा अमेरिकामा ट्रम्प, चीनमा सी जिनपिंग, रूसमा पुटीन, भारतमा मोदी, नेपालमा ओलीहरूको अवतार भैरहेको छ। सबैले आआफ्नो देशलाई \'ग्रेट\' ( महान् ) बनाउने सपना बाँडिरहेछन्! तर ठूलो माछाले सानो माछा खाने वर्तमान नवउदारवादी पुँजीवादी प्रणाली कायम रहेसम्म सबैजना एकैचोटि \'ग्रेट\' बन्ने सम्भावना हुँदैहुँदैन। zero-sum-game को आधारभूत नियमले त्यसो हुन दिंदैदिंदैन। भलै केही केही अन्तर-राज्यीय र आन्तरिक-राज्यीय परोपकारी नीतिले केही समय मलहम लगाएर थामथुम पार्ने प्रयत्न गर्न सकिन्छ। अन्तत: त्यसले भयंकर द्वन्द र युद्धको स्थिति सिर्जना गर्छगर्छ।आजभन्दा सय बर्ष अगाडि बिसौं शताब्दीको शुरूमा अर्थात् प्रथम विश्वयुद्धको पूर्वसन्ध्यामा करीब करीब स्थिति यस्तै थियो।त्यसको परिणाम दुइवटा विश्वदुद्ध भएर संसारले कति क्षति व्यहोर्नुपर्यो सबैलाई सम्झना छँदैछ! यस्तो युगीन संकटको समाधान क्षणिक आवेगात्मक पपुलिज्मले हुनै सक्दैन। गम्भीर संरचनात्मक समस्याको समाधान वैचारिक-राजनीतिक ढंगले नै गर्नुपर्दछ। प्रथम विश्वयुद्धको वेलामा त्यस्तो पुँजीवादी साम्राज्यवादी समस्याको संकट लेनिनले सोभियत प्रणालीमा आधारित समाजवादी विचार र प्रणालीले दिने प्रयत्न गरेका थिए। त्यसले केही समय काम पनि गर्यो। तर सर्वहारा अधिनायकत्वको नाउँमा प्रकारान्तरले कम्युनिष्ट पार्टी र त्यो भित्रको पनि सीमित व्यक्तिको अधिनायकत्वको रूपमा संचालित त्यो प्रणाली कालान्तरमा रोजा लक्जेम्बर्गहरूले शंका गरे झैं भीषण सर्वसत्ताबादमा पतन भएर विनास भएको इतिहास हामी सबैलाई थाहै छ! त्यसैले वर्तमान विश्वको संरचनात्मक संकट न त पुरानो खुला बजार पुँजीवाद न त राज्यनियन्त्रित समाजवादबाट नै सम्भव छ। त्यसनिम्ति हामीले विगत सय बर्षका सकारात्मक र नकारात्मक अनुभव र पछिल्लो विकसित ज्ञानविज्ञानमा आधारित नयाँ विचार-राजनीतिको विकास गर्नैपर्दछ।हामीले अहिले सहभागितामूलक लोकतन्त्रमा आधारित समुन्नत समाजवादको नयाँ मोडेलको विकास गर्ने प्रयत्न गर्नुको मर्म त्यही हो। त्यसै क्रममा हामीले बुद्धको आत्मिकी, मार्क्सको सामाजिकी-आर्थिकी, डार्बिनको जैविकी र आइन्सटाइन-प्लांकको भौतिकीलाई प्रश्थानविन्दु मानेर नयाँ युगको नयाँ आवस्यकता पूरा गर्ने नयाँ विचार विकास गर्ने प्रयत्न गरेका हौं। यो अहिले अत्यन्त प्रारम्भिक चरणमा छ र यसमा हामीले अझै धेरै मेहनत गर्नु छ। यो त विश्वस्तरको र दूरगामी महत्वको प्रश्न भयो! जसको नेपालनिम्ति पनि सान्दर्भिकता छ। दोश्रो, नेपालको वर्तमान इतिहासको विकासको चरणबाट हेर्दा बिषयवस्तु झन् बढी जटील छ।बाँकी विश्व चौथो औद्योगिक क्रान्तिका अन्तर्विरोधहरूको समाधान गर्न उद्यत छ भने भर्खर सामन्तवादको अन्त्य गरेर पुँजीवादी गणतन्त्रमा प्रवेश गरेको नेपालमा पहिलो औद्योगिक क्रान्ति गर्ने चुनौति छ। साथै हामीलाई चारवटै औद्योगिक क्रान्ति एकैसाथ गर्नुपर्ने वाध्यता पनि छ। यसैकानिम्ति हामीले ५ स को अवधारणा अघि सारेका हौं। ती सबै एक अर्कासंग अन्तर्सम्बन्धित छन्।तीमध्ये \'समुन्नत समाजवाद\' अन्तिम लक्ष्य वा साध्य वा गन्तव्य हो।\'समतामूलक समृद्धि\' त्यहाँसम्म पुग्ने मार्ग वा विधि हो। अरू तीन अर्थात् \'समावेसी/समानुपातिक/सहभागितामूलक लोकतन्त्र\', \' सुशासन/सदाचार\' र \'स्वाधीनता/सार्वभौमिकता\' समृद्धि प्राप्त गर्ने र समुन्नत समाजवादमा पुग्ने आधार वा माध्यम हुन्! यो नेपालमा नयाँ ढंगको क्रान्ति गर्ने र क्रान्तिलाई निरन्तरता दिने नितान्त नयाँ कार्यदिशा हो। यसलाई सग्रतामा नबुझ्ने र दृष्टिविहीनले हात्तीलाई गलत ढंगले बुझ्ने नीतिकथा झैं केही मानिसहरू आआफ्नो बुझाइ अनुरूप नपाए पछि नयाँ शक्ति अभियानबाट पलायन भएका छन्। त्यो स्वाभाविक प्रक्रिया पनि हो। विडम्बना के भएको छ भने जनयुद्ध, मधेसी/थारू/जनजाति आन्दोलनबाट थाकेकाहरू अब ध्रुवीकरण वा आवश्यकताको नाउँमा पुरानै यथास्थितिवादी एमाले र कांग्रेसमा विलीन हुने दौडमा छन्। चिन्तन र ज्यानमा निरन्तर क्रान्तिको झिल्को निभिसकेका र खरानीको थुप्रो मात्र बाँकिरहेकाहरू \'बहादुरीपूर्बक\' पछि हट्दैछन् र एमालेमा विलयलाई ठुलो पौरखको रूपमा नगरा बजाइरहेछन् । हामी नयाँ चरणको समतामूलक समृद्धिको बाटो हुँदै समुन्नत समाजवाद तर्फको लामो यात्रामा लामबद्ध भएकाहरू Pilgrim\'s Progress मा झैं कदम कदम गर्दै अघि बढ्दैछौं! निरन्तर अघि बढिरहनेछौं । र, यो पनि
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending