Khabar Dabali ७ माघ २०८२ मंगलवार | 20th January, 2026 Tue
Investment bank

रवीन्द्र मिश्रसँग कुर्लिने महिलाको कहानीः पत्नी कराउने, पति जेलमा हराउने

काठमाडाैं । भ्रष्टाचारीलाई कारबाही गर भन्दै रवीन्द्र मिश्रहरूसँग काँधमा काँध मिलाई श्रीमती सडकमा नारा लगाउने अनि श्रीमान्चाहिँ त्यहीबेला भ्रष्टाचारी ठहरिएर जेल जाने । सम्भवतः यस्तो घटना संसारमा कहीँ–कतै देख्न पाइँदैन । तर, नेपाल न हो, यहाँ नहुने के छ र ? प्रसंग, नेपाल पर्यटन बोर्डका पूर्वकार्यकारी निर्देशक सुवाष निरौला र श्रीमतीको हो । निरौलालाई भ्रष्टाचार गरेको प्रमाणसहित विशेष अदालतले ८० लाख ५१ हजार बिगो, ५४ लाख ५९ हजार जरिवानासहित सात वर्षको कैद सजाय तोकेको छ । जनअास्था साप्ताहिकमा खबर छ-गजब के भने विशेष अदालतबाट भ्रष्टाचारमा डामिएका सुवाषकी श्रीमती संगीता भने भ्रष्टाचार विरोधी ‘अभियन्ता’ हुन् । ‘सोसल वेलफेयर एजेन्सी एण्ड ट्रेनिङ इन्स्टिच्युट’ (स्वाती) की संस्थापक उनले ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल (टिआई नेपाल) लगायत संस्थासँग मिलेर भ्रष्टाचारसँग सम्बन्धित थुप्रै प्रोजेक्ट चलाएकी थिइन् । खासगरी महिलाको क्षेत्रमा काम गर्ने भनेर स्थापना गरिए पनि स्वातीले ‘डोनर’ फेला पारेपछि भ्रष्टाचारविरुद्ध काम गर्न थालेको हो । त्यस क्रममा अमेरिकी सहयोग नियोग युएसएआइडी, डेनमार्कको सहयोग नियोग डानिडा ह्युगो, डिफिडलगायत थुप्रै दाताबाट उल्लेख्य आर्थिक सहयोग लिएको निरौलाको इन्टरनेट ठेगाना वुमन फाउण्डर्स ओआरजी/संगीता निरौलामा उल्लेख छ । दाताको आर्थिक सहयोग र ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाललगायत संस्थाको सहकार्यमा भ्रष्टाचारविरोधी गतिविधि सञ्चालन गर्ने संगीता पटक–पटक ‘भ्रष्टाचारीलाई जेल होइन, माथि पु¥याउने व्यवस्था नगरेसम्म नेपाल सुध्रिँदैन’ भन्ने गर्थिन् । अर्थात् भ्रष्टाचारीलाई मृत्युदण्ड दिनुपर्ने कुराको वकालत गर्थिन् । त्यही कारण पछिल्लो समय राजनीतिक रूपमा विवेकशील साझा पार्टीको गतिविधिमा सक्रिय थिइन् । सुशीला कार्कीको महाभियोग प्रसंगमा होस् कि डा. गोविन्द केसीको अनशनमा– भ्रष्टाचारीलाई कारबाही माग गर्दै साझा पार्टीको ब्यानर लिएर माइतीघर मण्डलामा नारा लगाउन पुगिहाल्थिन् । कतिसम्म भने आफ्नै पतिविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दर्ता गरेको बेला ‘भ्रष्टाचारीलाई कारबाही गर’ भन्दै सडकमा नारा लगाउँदै थिइन् । अर्थात् उनी आफंै भ्रष्टाचारमा लिप्त पति सुवाषलगायतमाथि कडा कारबाहीको पक्षपोषण गरिरहेकी हुन्थिन् । अहिले उनीसहितको मागअनुसार पति सुवाषलगायतलाई विशेष अदालतले जेल सजायसहित दण्ड जरिवाना तोकेको छ । यसबारे जानकारी लिन जनआस्थाले पटक–पटक गरेको प्रयास सफल हुन सकेन । तर, निरुत्तरित प्रश्न यथावतै छ– उनले भ्रष्टाचारको पैसा मेरो घरमा हुल्न पाउँदैनौ भनेर पतिलाई बेलैमा खबरदारी गर्न किन सकिनन् ?
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending