Khabar Dabali १६ बैशाख २०८३ बुधबार | 29th April, 2026 Wed

कोलकातामा ‘मिनी नेपाल’

\"\"कोलकाता (भारत) । नेपाली सीमाभन्दा करिब ७ सय किलोमिटर टाढाको कोलकातामा ‘मिनी नेपाल’ छ भन्दा धेरैलाई अचम्म लाग्न सक्छ । तर, यहाँस्थित विवेकानन्द पार्क रोडले भने अहिले त्यही पहिचान बनाएको छ । कोलकातामा छरिएका नेपालीले घरजम मात्र गरेका छैनन्, आफ्नो पहिचान झल्काउने गतिविधिसमेत बढाएका छन् ।
अाजको कान्तिपुरमा खबर छ-सन् १९९० यता सहरका विभिन्न भागमा छरिएर बसेका नेपाली यसै क्षेत्रमा घरजम गरी बस्न थालेका हुन् । तीनैमध्येका एक हुन्, नारायण हुमागाईं । काभ्रेको धुलिखेल मूल घर भएका उनी करिब ५० वर्षअघि कोलकाता भासिएका थिए । एक इन्जिनियरिङ कम्पनीमा कार्यरत हुमागाईंले कोलकाताकै चर्चित सामाजिक अभियन्ताको छवि बनाएका छन् । उनले घर बनाएपछि त्यहीं बसेका अन्य प्रवासी नेपाली पनि आकर्षित भए । विस्तारै धेरैले घर बनाउन थाले । अढाई दशकको अवधिमा ३ किलोमिटरको सेरोफेरोमा करिब १ सय ५० जनाले घर बनाइसकेका छन् ।
अहिले विभिन्न पेसा–व्यवसायमा गरी कोलकातामा करिब ३ लाख नेपाली कार्यरत छन् । तीमध्ये अधिकांशले यसै क्षेत्रमा घर बनाउन चाहेको हुमागाईंले बताए । ‘परदेशमा जोकोही पनि एक भएर बस्न चाहन्छ,’ उनले भने,‘हामी प्रवासी नेपाली पनि यहाँ एकै थलोमा
बसेर सामूहिक एकताको भावनामा बाँधिएका छौं ।’
यहाँ कार्यरत अधिकांश प्रवासी नेपालीले यो महानगरमा आफ्नै घर बनेको सपना देख्ने गरेको र अधिकांशको त्यो सपना साकार पनि भएको हुमागाईंको अनुभव छ । ‘अढाई दशकयता विवेकानन्द पार्क रोडमा मिनी नेपाल जम्न थालेको छ,’ उनले भने, ‘तर कोलकाताका विभिन्न भागमा आफ्नै घर बनाएर बसेका थुप्रै प्रवासी नेपाली छन् ।’
बाहिरबाट झट्ट हेर्दा बंगालको कुनै सामान्य टोल जस्तो लागे पनि यो बस्तीमा प्रवेश गरेपछि भिन्न पहिचान र नेपालसँगको नाता झल्किन्छ, घरका भित्तामा नेपाली वास्तुकला झल्किने सामग्री र ऐतिहासिक मठमन्दिरदेखि हिमाल र पहाडका तस्बिर टाँसिएका छन्
विवेकानन्द पार्क क्षेत्रमै प्रवासी नेपालीले आफ्नै साझा सामुदायिक भवन ‘नेपाल हाउस’ बनाउन विशेष अभियान पनि सुरु गरिसकेका छन् । उनीहरू नेपाली पहिचानसहितको भव्य नेपाली भवन बनाउन लागि परेका हुन् । संयुक्त नेपाली वेलफेयर ट्रस्टले यो भवन निर्माणको पहल गरेको हो । यहाँ उपचार, शिक्षा, भ्रमण तथा व्यावसायिक प्रयोजनले आउने नेपालीलाई सुरक्षित, सस्तो र सुलभ बासको व्यवस्था मिलाइनेछ ।
ट्रस्टका अध्यक्ष खिमराज बरालका अनुसार, ११ कट्ठा जग्गा खरिद गरी भवनको जग तथा कम्पाउन्ड निर्माणको काम सुरु गरिएको छ । ४ तले बहुउद्देश्यीय भवन निर्माण गर्न १० करोड ६४ लाख भारतीय रुपैयाँ लाग्ने अनुमान छ । निर्माण हुने भवनको भुइँतलामा पार्किङ, पहिलो तलामा सुरक्षा नियन्त्रण कक्ष, लाइब्रेरी, बैठक कक्ष, दोस्रो तलामा अतिथि आवासगृह, सामुदायिक हल, तेस्रो तलामा धार्मिक अनुष्ठान कक्ष र व्यावसायिक समुदायको लागि सुविधायुक्त हल रहनेछ ।
भवन परिसरमा नेपाली पहिचानसहितको भव्य पशुपतिनाथको मन्दिरसमेत निर्माण गर्ने योजना छ । हाल १ करोडको हाराहारीमा ट्रस्टको सम्पत्ति छ । ८० लाख रुपैयाँमा जग्गा खरिद गरी भवन निर्माणका लागि २० लाख रुपैयाँ ट्रस्टले संकलन गरेको छ । नेपाल सरकारले भवन निर्माणका लागि ६ लाख रुपैयाँ आर्थिक सहयोगसमेत उपलब्ध गराएको छ ।
बराल पनि परदेशमा एकताबद्ध भएर बस्दा धेरै सहज हुने गरेको बताउँछन् । ‘यहाँ एक नेपालीलाई अर्को नेपाली मर्दाको मलामी र पर्दाको जन्ती मात्र भएको छैन,’ उनी भन्छन् । बाहिरबाट हेर्दा बंगालकै कुनै सामान्य टोल जस्तो लाग्ने यो बस्तीमा प्रवेश गरेपछि यसको भिन्न पहिचान र नेपालसँगको नाता झल्किन्छ । अधिकांश घरको भित्तामा नेपाली वास्तुकला झल्किने सामग्री र नेपालका मठमन्दिरदेखि हिमाल र पहाडका तस्बिर टाँसिएका छन् ।
नेपालका ब्राह्मण, क्षेत्रीदेखि आदिवासी जनजातिसम्म यहाँ अटाएका छन् । लामो समयदेखि यहाँ बसोबास गर्दै आएकाले बंगाली र हिन्दी भाषामा पनि उनीहरूको राम्रो दख्खल छ । तर, एक आपसमा संवाद गर्दा भने नेपाली नै बोल्छन् । नेपालीभाषी परिवारका पछिल्लो पुस्ता भने बंगाली लवज मिश्रित नेपाली बोल्छन् । कोलकातामै जन्मिएका नारायण हुमागार्इंका माहिला छोरा लालकृष्ण आफूहरू लामो समयदेखि यसरी भारतमा बस्दै आए तापनि नेपालीपन भने जोगाएर राखेको बताउँछन् ।
‘हामी अझै पनि दसैंमा निधारमा दही चामल मुछेको रातो टीका लगाउँछौं, तिहारमा अझै पनि ताप्केमा सेलरोटी पाक्छ,’ उनी भन्छन्, ‘संसारको जुनसुकै कुनामा बसे पनि पुर्खाको रीतिथिति, संस्कृति र चलन बिर्सने कुरै भएन ।’
नेपाली भएकै कारण आफूहरूले हालसम्म कुनै विभेद वा दुव्र्यहारको सिकार हुन नपरेको अर्का स्थानीय राजु पाठकले बताए । ‘हामी अन्य भाषीसँग मिलेर बसेका छौं, बरु बढी नै इज्जत र मान छ,’ उनले भने, ‘न हामी गलत काम गर्छौं, न त अरूको कुभलो चिताउँछौं, त्यसैकारण अन्य भाषीले पनि हामीलाई उत्तिकै इज्जत र सम्मान दिएका छन् ।’
यहाँका अधिकांश नेपालीभाषी सुरक्षा गार्ड, सवारी चालक, कुक, निजी कम्पनीहरूमा तथा केही सरकारी कम्पनीमा पनि जागिरे छन् । पछिल्लो पुस्ताका युवा भने विमान चालकदेखि व्यापार व्यवसायमा पनि जम्दै गएका छन् । नेपालीभाषीले यहाँको सरकारबाट पनि कुनै विभेदको अनुभव गरेका छैनन् । यहाँस्थित नेपाली महावाणिज्यदूत एकनारायण अर्याल परदेशमा नेपाली एक भएर बस्नु सकारात्मक भएको बताउँछन् । ‘नेपालीहरू विवेकानन्द पार्क क्षेत्रमा नेपाल हाउस बनाउन कस्सिएका छन्,’ उनले भने, ‘महावाणिज्य दूतावासले पनि सक्दो सहयोग गर्नेछ ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending