Khabar Dabali १६ बैशाख २०८३ बुधबार | 29th April, 2026 Wed

अब्बासी ओलीका पहिलो पाहुना !

\"\"काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आफ्नो पहिलो उच्चस्तरीय पाहुनाका रूपमा सोमबार पाकिस्तानका प्रधानमन्त्री शहिद खकान अब्बासीलाई स्वागत गर्दै छन् । प्रतिनिधिसभाको पहिलो बैठक बस्ने दिन अब्बासी काठमाडौं उत्रिँदैछन् । उनी प्रधानमन्त्री ओलीलाई बधाई दिन र दक्षिण एसियाली सहयोग संगठन (सार्क) को शिखर सम्मेलन आयोजनाबारे अध्यक्ष मुलुकसँग छलफल गर्न आउन लागेको बताइएको छ । अाजको कान्तिपुरमा खबर छ-प्रधानमन्त्री ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले प्रधानमन्त्री ओलीलाई बधाई दिनै पाकिस्तानी समकक्षी अब्बासी काठमाडौं आउन लागेको बताए । भेटमा दुई मुलुकका कार्यकारी प्रमुखबीच दुईपक्षीय सम्बन्धबारे समग्र विषयमा छलफल हुने पनि उनले जनाए । २०७१ मंसिरमा काठमाडौंमा आयोजना भएको १८ औं शिखर सम्मेलनपछि सार्कको बैठक हुन सकेको छैन । त्यही बैठकबाट प्रत्येक दुई वर्षमा शिखर बैठक आयोजना गर्ने तय गरिएको थियो । तर, त्यसपछि पाकिस्तानमा हुने तय भए पनि बैठक रोकिएको थियो । भारत प्रशासित उरीमा भएको हमलामा पाकिस्तानको संलग्नता रहेको भन्दै भारतले २०७३ मंसिरमा पाकिस्तानमा डाकिएको सार्क बैठकमा सहभागी हुन अस्वीकार गरेको थियो । त्यसलगत्तै अफगानिस्तान, भुटान र बंगलादेशले पनि बैठकमा भाग नलिने जनाएपछि बैठक स्थगन गरियो । अब्बासीको भ्रमणलाई एकथरी भने बधाई र सार्कभन्दा चीन सम्बन्धसँग जोडेर हेर्दैछन् । चीन पाकिस्तानको निकै विश्वासिलो छिमेकीका साथै व्यावसायिक साझेदार मानिन्छ । भारतसँग सम्बन्ध खराब रहे पनि सार्कको पर्यवेक्षक मुलुक चीनसँग पाकिस्तानको निकै राम्रो सम्बन्ध छ । नेपालमा हालै बनेको वाम गठबन्धन सरकारलाई चीन निकट भन्ने गरिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले टेलिफोन गरेर ओलीलाई भारत भ्रमणको निम्ता गरेका थिए । त्यही संवादमा ओलीले मोदीलाई जनकपुर र मुक्तिनाथको समेत भ्रमण गर्ने गरी आउन निम्तो दिएका थिए । त्यसपछि भारतीय विदेशमन्त्री सुष्मा स्वराजले काठमाडौं भ्रमण गरेकी थिइन् । ओली–मोदी भ्रमण आदानप्रदानको चर्चा चलिरहेकै बेला उनीभन्दा अघि अब्बासी आउन लागेका हुन् । नेपाल सार्कको अध्यक्ष राष्ट्र भए पनि यहाँको कर्मचारीतन्त्रले सार्कलाई उपेक्षा गरेको भन्दै राजनीतिक तवरबाटै संवाद थाल्न अब्बासी आउन लागेको एकथरी विज्ञहरूको विश्लेषण छ । अब्बासीको भ्रमणलाई आकस्मिक भनिए पनि त्यसको तयारी केहीअघिदेखि नै भएको एक परराष्ट्र अधिकारीले बताए । पाकिस्तानले यस्तो भ्रमण चाहिरहेको भए पनि नेपालले त्यसको चाँजो मिलाएको थिएन । पाकिस्तानस्थित नेपाली राजदूत सेवा लम्साल अधिकारीले यो भ्रमणबारे जानकारी दिन चाहिनन् । परराष्ट्र सचिव र दोस्रो वरीयताका सहसचिव जेनेभा भ्रमणमा छन् । परराष्ट्रमा तेस्रो वरीयतामा रहेका कृष्णप्रसाद ढकालले पनि भ्रमणबारे औपचारिक जानकारी दिन सकेनन् । ‘भ्रमण हुने सुनेको छु । शिष्टाचार महापालले काम गरिरहनुभएको होला,’ उनले भने । महापालले पनि भ्रमणको तयारी रहेको तर सबै जानकारी आफूलाई नभएको बताए । भ्रमणका क्रममा अब्बासीले सार्कका अलावा नेपाल–पाकिस्तान सिधा हवाई उडान, दुईपक्षीय व्यापार, जनस्तरको सम्बन्ध तथा गत चैत २५ मा नेपालबाट हराएका आफ्ना अवकाशप्राप्त कर्णेल मोहम्मद हबिब जाहिरको खोजीबारे कुराकानी गर्ने परराष्ट्र अधिकारीले जनाए । जाहिरलाई भारतीय खुफिया एजेन्सीले अपहरण गरेको हुन सक्ने पाकिस्तानको रक्षा मन्त्रालयले टिवटबाटै आशंका व्यक्त गरेको थियो । ‘गार्ड अफ अनर’ विमानस्थलमा नहुने अब्बासीको भ्रमण औपचारिक हुने हुनाले उनलाई ‘गार्ड अफ अनर’ र रात्रिभोज दिने तयारी छ । त्रिभुवन विमानस्थलमै ‘गार्ड अफ अनर’ दिने पुरानो प्रचलन भने परिवर्तन गरेर नयाँ थालनी गर्न प्रधानमन्त्री ओलीले सबै निकायलाई निर्देशन दिएका छन् । ‘गार्ड अफ अनर’ दिने स्थान नै त्रिभुवन विमानस्थलको अति विशिष्ट क्षेत्रमा राखिएकाले पाहुनाको स्वागत गर्न ठूला नेता गएजस्तो देखिने भएकाले यसलाई परिवर्तन गर्न लागिएको प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले बताए । ‘हामीले प्रोटोकललाई ध्यान दिनेछौं,’ रिमालले भने ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending