Khabar Dabali ७ माघ २०८२ मंगलवार | 20th January, 2026 Tue
Investment bank

मुख्यमन्त्री नै भूमिकाविहीन, प्रदेश सरकारले पाएन अख्तियारी

\"\"काठमाडाैं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले शपथ खाएको दुई साता बितिसक्यो । आफूले शपथ लिएको तीन दिनपछि मन्त्रिपरिषद्‌लाई पूर्णता दिए । स्थानीय प्रशासनले मन्त्री र सचिवहरुका लागि जेनतेन कार्यकक्ष व्यवस्थापन गर्‍यो । तर, प्रदेश सरकारअन्तर्गतका निकायबारे अख्तियारी नपाएपछि मुख्यमन्त्री नै भूमिकाविहीन बनेका छन् । भूमिकाविहीन हुँदा मुख्यमन्त्री आफन्त, पार्टी कार्यकर्ता, शुभेच्छुकहरुसँग भेटघाट, उनीहरुबाट बधाई/शुभकामना ग्रहण गर्नमै व्यस्त छन् । अाजको कान्तिपुरमा खबर छ-मुख्यमन्त्रीले आफ्ना मन्त्रीहरुको कार्यविभाजन गरे पनि केन्द्र सरकारले प्रशासनिक कामकाज, प्रदेश मातहत राख्नुपर्ने निकायको टुंगो लगाउन ढिलाई गर्दा उल्टै प्रदेश सरकार अलमलमा परेको हो । एकातिर कर्मचारी अभाव, प्रशासनिक अख्तियारी छैन अर्कोतिर प्रदेश सरकारले के काम गर्ने भन्नेमा अन्योलता छ । मन्त्रालयमा कामकाज नहुँदा राजधानी वीरेन्द्रनगरमा भइरहने साना-तिना कार्यक्रममा समेत मन्त्रीहरु सहभागी हुने गरेका छन् । मुख्यमन्त्री नियुक्त भएदेखि शाही पनि दैनिकजसो सार्वजनिक कार्यक्रममै व्यस्त छन् । उनले प्रदेश सरकार पहिलो पटक बनेकाले नागरिकको बढी नै चासो रहेकाले त्यस्ता कार्यक्रममा आफू पनि पुग्ने गरेको बताए । ‘प्रशासनिक कामकाज गर्न अख्तियारी छैन । सेवाग्राहीका फाइलहरु अझै जिल्ला र क्षेत्रीय कार्यालयहरुमा पुग्छन्’ उनले भने, ‘ती संरचना खारेज नभएसम्म कामको चाप बढ्ने अवस्था छैन ।’ हाल जिल्ला र क्षेत्रीय कार्यालयमै प्रदेश सरकारले कार्यसञ्चालन गरिरहेको छ । केन्द्रका मन्त्रालय, विभाग, क्षेत्र हुँदै जिल्लासम्म निर्देशन आउने गर्छ । ‘एउटै भवनमा जिल्ला-क्षेत्र र प्रदेश सरकार सञ्चालन गर्नुपर्ने अवस्था छ’ मुख्यमन्त्री शाहीले कान्तिपुरसित भने, ‘प्रशासनिक अख्तियारी नपाउञ्जेल आवश्यक संरचना तथा कर्मचारी व्यवस्थापन र प्रदेश सरकारको नीति तथा कार्यक्रम बनाउनेछौं ।’ प्रदेश मन्त्रिपरिषद्‌का निर्णय कार्यान्वयनका लागि आवश्यक नीति तथा कार्यक्रम बनाउन सम्बन्धित मन्त्रालयहरु जुटिरहेको उनले बताए । ‘प्रदेश स्वेतपत्र’ जारी गर्ने तयारीसमेत गरिरहेको मुख्यमन्त्री शाहीले जानकारी दिए । राष्ट्रपति/उपराष्ट्रपतिको निर्वाचनपछि विज्ञहरुको परामर्शमा उक्त स्वेतपत्र तयार पारिने बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending