Khabar Dabali १५ बैशाख २०८३ मंगलवार | 28th April, 2026 Tue

मुख्यमन्त्री नै भूमिकाविहीन, प्रदेश सरकारले पाएन अख्तियारी

\"\"काठमाडाैं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले शपथ खाएको दुई साता बितिसक्यो । आफूले शपथ लिएको तीन दिनपछि मन्त्रिपरिषद्‌लाई पूर्णता दिए । स्थानीय प्रशासनले मन्त्री र सचिवहरुका लागि जेनतेन कार्यकक्ष व्यवस्थापन गर्‍यो । तर, प्रदेश सरकारअन्तर्गतका निकायबारे अख्तियारी नपाएपछि मुख्यमन्त्री नै भूमिकाविहीन बनेका छन् । भूमिकाविहीन हुँदा मुख्यमन्त्री आफन्त, पार्टी कार्यकर्ता, शुभेच्छुकहरुसँग भेटघाट, उनीहरुबाट बधाई/शुभकामना ग्रहण गर्नमै व्यस्त छन् । अाजको कान्तिपुरमा खबर छ-मुख्यमन्त्रीले आफ्ना मन्त्रीहरुको कार्यविभाजन गरे पनि केन्द्र सरकारले प्रशासनिक कामकाज, प्रदेश मातहत राख्नुपर्ने निकायको टुंगो लगाउन ढिलाई गर्दा उल्टै प्रदेश सरकार अलमलमा परेको हो । एकातिर कर्मचारी अभाव, प्रशासनिक अख्तियारी छैन अर्कोतिर प्रदेश सरकारले के काम गर्ने भन्नेमा अन्योलता छ । मन्त्रालयमा कामकाज नहुँदा राजधानी वीरेन्द्रनगरमा भइरहने साना-तिना कार्यक्रममा समेत मन्त्रीहरु सहभागी हुने गरेका छन् । मुख्यमन्त्री नियुक्त भएदेखि शाही पनि दैनिकजसो सार्वजनिक कार्यक्रममै व्यस्त छन् । उनले प्रदेश सरकार पहिलो पटक बनेकाले नागरिकको बढी नै चासो रहेकाले त्यस्ता कार्यक्रममा आफू पनि पुग्ने गरेको बताए । ‘प्रशासनिक कामकाज गर्न अख्तियारी छैन । सेवाग्राहीका फाइलहरु अझै जिल्ला र क्षेत्रीय कार्यालयहरुमा पुग्छन्’ उनले भने, ‘ती संरचना खारेज नभएसम्म कामको चाप बढ्ने अवस्था छैन ।’ हाल जिल्ला र क्षेत्रीय कार्यालयमै प्रदेश सरकारले कार्यसञ्चालन गरिरहेको छ । केन्द्रका मन्त्रालय, विभाग, क्षेत्र हुँदै जिल्लासम्म निर्देशन आउने गर्छ । ‘एउटै भवनमा जिल्ला-क्षेत्र र प्रदेश सरकार सञ्चालन गर्नुपर्ने अवस्था छ’ मुख्यमन्त्री शाहीले कान्तिपुरसित भने, ‘प्रशासनिक अख्तियारी नपाउञ्जेल आवश्यक संरचना तथा कर्मचारी व्यवस्थापन र प्रदेश सरकारको नीति तथा कार्यक्रम बनाउनेछौं ।’ प्रदेश मन्त्रिपरिषद्‌का निर्णय कार्यान्वयनका लागि आवश्यक नीति तथा कार्यक्रम बनाउन सम्बन्धित मन्त्रालयहरु जुटिरहेको उनले बताए । ‘प्रदेश स्वेतपत्र’ जारी गर्ने तयारीसमेत गरिरहेको मुख्यमन्त्री शाहीले जानकारी दिए । राष्ट्रपति/उपराष्ट्रपतिको निर्वाचनपछि विज्ञहरुको परामर्शमा उक्त स्वेतपत्र तयार पारिने बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending