Khabar Dabali १५ बैशाख २०८३ मंगलवार | 28th April, 2026 Tue

प्रेसमाथिको सेन्सरसिप: के हो अवहेलना  ?

\"\"काठमाडौं । राज्यका अन्य निकायको जस्तै प्रेसले न्यायालय वा न्यायाधीशबारे पनि समाचार प्रकाशन/प्रसारण गर्न पाउने र यसो गर्दैमा अदालतको अवहेलना नहुने संविधान तथा कानुनका ज्ञाताहरूले बताएका छन् । आफ्नो अयोग्यतासम्बन्धी प्रश्नहरू समाचारका रूपमा लगातार आउन थालेपछि परेको मुद्दामा सुनुवाइ गर्दै प्रधानन्यायाधीश गोपाल पराजुलीले प्रेसमाथि नै सेन्सरसिप लगाउन आदेश दिएको सन्दर्भमा उनीहरूको यस्तो धारणा आएको हो । पराजुलीको इजलासले कान्तिपुरविरुद्धको मुद्दामा म्याद बुझेको ७२ घण्टाभित्र बयानका लागि आफैं उपस्थित हुन आदेश दिएकाले कान्तिपुर त्यसका लागि शुक्रबार अदालत जाँदैछ।
 अाजको कान्तिपुरमा खबर छ-‘अदालतका फैसला र न्यायाधीशको आलोचना पत्रपत्रिकामा आउनु वाक तथा अभिव्यक्ति स्वतन्त्रताकै हकअन्तर्गत पर्छ, यसलाई अदालतको अवहेलना भनियो भने त्यो विधिशास्त्रीय दृष्टिले गलत हुन जान्छ,’ संविधानविद् डा. विपिन अधिकारी भन्छन्, ‘अदालतको अवहेलना तब हुन्छ जब कसैको कुनै क्रियाकलापले न्याय सम्पादन नै रोकिन जान्छ । अन्य अवस्थामा भएको आलोचना, विरोध र पक्ष–विपक्षमा आएका टीकाटिप्पणी स्वस्थ समाजकै लक्षण हुन्, त्यसलाई रोक्न, छेक्न मिल्दैन ।’‘उदाहरणका लागि’ उनले भने, ‘कसैले न्यायाधीशलाई यदि कुनै निर्णय गरे वा नगरेमा कुटपिट गर्छु भन्यो भने न्यायाधीशलाई स्वतन्त्रतापूर्वक न्याय सम्पादन गर्न बाधा पुग्छ, त्यसैले त्यो अवहेलना भयो ।’ विधिशास्त्रअनुसार अदालतमा ढुंगामुढा गरेमा पनि यस्तै बाधा हुने भएकाले त्यसलाई पनि अवहेलना मानिने उनले बताए । ‘यसभन्दा अन्य अवस्थामा छापिएका समाचार र दृष्टिकोणले न्यायाधीश वा फैसलाको आलोचना वा समर्थन जे गरेको भए पनि त्यसलाई अवहेलना भन्न मिल्दैन,’ उनले भने ।
अमेरिकास्थित गोन्जागा युनिभर्सिटीका संवैधानिक कानुनका प्राध्यापक डा. उपेन्द्रदेव आचार्यले पत्रपत्रिकामा छापिएको समाचारबाट अदालतको अवहेलना हुन नसक्ने बताए । ‘न्यायाधीशको शैक्षिक योग्यतामा उठेका प्रश्नका सम्बन्धमा जानकारी र चासो राख्नु नागरिकको हक हो र त्यसबारे समाचार लेख्नु प्रेसको दायित्व हो,’ आचार्यले भने, ‘यसलाई अवहेलना भन्नै मिल्दैन ।’
सन् १८२६ मा अमेरिकाका न्यायाधीश जेम्स पेकले एक अधिवक्तालाई उनको आलोचना गरी लेख छापेबापत अवहेलनामा जेल सजाए सुनाएपछि व्यापक जनविरोध भएको र सिनेटले ती न्यायाधीशलाई महाअभियोग लगाएको स्मरण गर्दै आचार्यले भने, ‘त्यसयता अमेरिकामा अदालतको अवहेलना पत्रपत्रिकामा छापिएको समाचारका लागि लगाउने गरिँदैन । नेपालमा प्रधानन्यायाधीशको शैक्षिक योग्यताका सम्बन्धमा प्रश्न उठ्दा पनि अवहेलना भनिनु हामी कानुनका दृष्टिले पनि पश्चिमा समाजभन्दा दुई सय वर्ष पछाडिको समयमा पुग्नु हो ।’
अवहेलना सम्बन्धमा नेपालको संविधान २०७२ को धारा १२८ को उपधारा ४ मा प्रस्ट व्यवस्था छ । त्यसअनुसार ‘न्यायसम्पादनको कार्यमा कसैले अवरोध गरेमा वा आदेश वा फैसलाको अवज्ञा गरेमा’ अवहेलना हुने उल्लेख छ ।
यसरी संविधानमै प्रस्ट रूपमा व्यवस्था भएको अवस्थामा पत्रपत्रिकामा आएको समाचारलाई अवहेलनाका रूपमा व्याख्या गर्न नसकिने डा. अधिकारीले बताए ।
‘साँच्चै नै अवहेलना भएको अवस्थामा अदालत आफैंले पनि अवहेलनामा मुद्दा चलाउन सक्छ तर आफ्नो स्वार्थ जोडिएको अवस्थामा भने सम्बन्धित न्यायाधीश आफैंले मुद्दा हेर्न मिल्दैन,’ उनले भने, ‘किनभने स्वार्थ बाझिने मुद्दामा न्यायाधीश बस्न मिल्दैन चाहे त्यो अवहेलनाकै किन नहोस् ।’
कान्तिपुरको मुद्दामा पराजुलीकै शैक्षिक योग्यता र जन्ममितिका सम्बन्धमा प्रश्न उठेकाले उनले यो मुद्दा उनले हेर्नै नमिल्ने अधिकारीले बताए । ‘न्यायिक स्वतन्त्रता जुनसुकै अवस्थामा चाहिन्छ,’ उनले भने, ‘मुलुकी ऐनको अदालती बन्दोबस्तीले पनि आफ्नो स्वार्थ बाझिने मुद्दा हेर्न हुँदैन भनेको छ । त्यसैले नाता सम्बन्ध पर्नेको मुद्दा न्यायाधीशले हेर्दैनन् । तर यहाँ त प्रश्न आफैंमाथि उठेको योग्यताको छ, यस्तोमा कसरी प्रधानन्यायाधीशले हेर्न मिल्छ ?’
विधिशास्त्रीय मान्यता प्रधानन्यायाधीशलाई थाहा नहुने भन्ने प्रश्न नै नहुने भन्दै अधिकारीले भने, ‘पराजुलीले आफ्नो मुद्दा आफैंले हेरेबाट उहाँ प्रतिशोधको भावबाट प्रेरित हुनुहुन्छ भन्ने संकेत मिल्छ । त्यसैले उहाँ यो मुद्दामा इजलासबाट हट्नुपर्छ ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending