Khabar Dabali १६ बैशाख २०८३ बुधबार | 29th April, 2026 Wed

चारकोसे झाडीभित्र गोठजस्तो विद्यालय: ४ कक्षासम्मका विद्यार्थीलाई एउटै कोठा, एउटै शिक्षक

\"\"काठमाडाैं । बाराको राहुल पासवान (कक्षा–२) कापी र सिसाकलमसँगै बोरा पनि बोकेर चारकोसे झाडी छिर्छन् । उनले पढ्ने नेपाल दलित प्राथमिक विद्यालय चारकोसे झाडीभित्र छ । गोठजस्तो विद्यालयमा बस्ने बेन्च र चकटी तथा पुस्तक राख्ने डेस्क र टेबल केही छैन । अाजको नयाँ पत्रिकामा खबर छ-विद्यालयमा न त लेख्नका लागि कालोपाटी र चक नै छ, न त पढाउने स्थायी शिक्षक । विद्यालय सहयोगी कार्यकर्ता लक्ष्मी चौधरीको भरमा चलेको छ विद्यालय । उनले कक्षा १ देखि चारसम्म पढ्ने ७० बालबालिकालाई एकै ठाउँ राखेर पढाउँछिन् । ‘यस्तो अवस्थामा के पढ्नु र के पढाउनु ? दिन काट्ने बाटो मात्रै भएको छ,’ चौधरीले भनिन् । जिल्ला शिक्षा कार्यालय बाराले ०६६ सालमा विद्यालय सञ्चालनका लागि अनुमति दिएको थियो । त्यतिबेला वन क्षेत्र अतिक्रमण गरेर बसेका सुकुम्बासीका बालबालिका पढाउन विद्यालय खोल्ने अनुमति दिएको शिक्षाका एक कर्मचारीले बताए । विद्यालय सहजनाथ साझेदारी वन क्षेत्रको चारकोशे झाडीमा खोलियो । सो स्थान हाल जितपुरसिमरा उपमहानगरपालिका वडा नं. १७ मा पर्छ । त्यहाँ मठियानी टोलका ४५ बालिका र २५ बालक पढ्छन् । विद्यालय खोल्ने स्थानको सामान्य निरीक्षणसमेत नगरेर विद्यालय खोल्ने अनुमति दिँदा समस्या भएको जितपुरसिमरा–१७ का रुकेश प्रसादले बताए । उनका अनुसार बालबालिकालाई विद्यालय जान पनि सहज छैन । ‘पहिला विद्यालय टाढा थियो, अहिले नजिक छ, तर जंगलबीचमा हुँदा बालबालिका जान डराउँछन्,’ उनले भने । स्रोत व्यक्तिले नै थाहा पाएनन् विद्यालय खुलेको डुमरवाना स्रोत केन्द्रका स्रोत व्यक्ति श्यामसुन्दर सापकोटाले त्यतिबेला विद्यालय खोल्न कसरी अनुमति दिइयो भन्ने आफूलाई थाहा नभएको बताए । विद्यालय छ भन्ने थाहा पाएपछि खोजी गर्दा जंगलभित्र भेटाएको उनको भनाइ छ । ‘विद्यालय छ भन्ने सुनेको थिएँ, केही समयदेखि खोजिरहेको थिएँ, खोज्दै जाँदा जंगलको बीचमा भेटाएँ,’ सापकोटाले भने । विद्यालय पुग्दा अर्कै मुलुक आएजस्तै लागेको उनले बताए । वन क्षेत्रमा बसेको मठियानी गाउँ नै अस्थायी भएकाले विद्यालय पनि अस्थायी भएको सापकोटाले बताए । उनले सो विद्यालयलाई अन्यत्र गाभ्नुपर्ने बताए । ‘पहिला धेरै विद्यार्थी रहेछन्, अहिले खासै विद्यार्थी छैनन्,’ सापकोटाले भने, ‘वन क्षेत्रमा सरकारले लगानी गरेर संरचना बनाउन नमिल्ने हुँदा विद्यालयको अवस्था दयनीय बनेको हो ।’ १० कक्षा पढेकी लक्ष्मी प्रधानाध्यापक विद्यालयले ०६६ मा स्वीकृत पाएदेखि नै करैयामाई गाउँपालिका–१ निवासी लक्ष्मी चौधरी मात्र शिक्षक छिन् । चौधरीले आफू नै प्रधानाध्यापक भएको बताइन् । तर, उनले १० कक्षासम्म मात्र पढेकी छिन् । चौधरी बालशिक्षा कोटाअन्तर्गत सहयोगी कार्यकर्ताको रूपमा त्यहाँ कार्यरत छिन् । जिल्ला शिक्षा कार्यालयले उनलाई मासिक ६ हजार तलब दिँदै आएको छ । न सिरेटो छेकिन्छ न पानी खरको बार लगाएर, खरले नै छाएर छाप्रो बनाइएको छ । छानामा प्वालैप्वाल छन् । छाप्राले न हिउँदको सिरेटो छेक्छ न त वर्षामा पानी नै । छाप्रामा एउटै कोठा छ । कोठामा डेस्क, बेन्च, कालोपाटी केही छैन । भुइँमाथि केही छैन । बालबालिका चिसो भुइँमा नै बसेर पढ्ने गरेका छन् । भुइँमा बसेर पढिरहेका कक्षा २ का राहुल पासवानले डाक्टर बन्न चाहेको बताए । राहुलजस्तै अरूको पनि ठूलो मान्छे बन्ने सपना छ । तर, उनीहरूका अभिभावक भने छोराछोरी चिसोले बिरामी नहोऊन् भन्ने कामना गरिरहेका हुन्छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending