Khabar Dabali ७ माघ २०८२ मंगलवार | 20th January, 2026 Tue
Investment bank

प्राधिकरणले चाल्यो कदमः फागुन २२ देखि एयर एसियाको उडान बन्द

\"\"काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण विमानस्थल कार्यालयले फागुन २२ गतेदेखि मलेसियाको निजी एयरलाइन्स एयर एसियाको उडान बन्द गराउने भएको छ। एयर एसियाले विमानस्थल सेवा शुल्क बापतको बक्यौता नतिरेपछि उडान बन्द गर्न लागिएको कार्यालयका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिए । अाजको अन्नपूर्णमा खबर छ-एयर एसियाले पुस २४ गते फेब्रुअरी २८ भित्र सबै बक्यौता चुक्ता गर्ने लिखित प्रतिबद्धता गरेको थियो। तर, प्रतिबद्धताअनुसार एयरलाइन्सले बक्यौता नतिरेपछि विमानस्थल सेवा शुल्क नियमावली २०६७ को नियम ३० अनुसार उडान बन्द गराउँदै बक्यौता दाखिल गर्न लागेको ठाकुरले जानकारी दिए। प्राधिकरणले कार्यालयलाई मार्च ३ देखि उडान बन्द गराउन सहमति दिएको थियो। तर, विमानस्थल कार्यालयले एयर एसियालाई थप तीन दिनको समय दिँदै मार्च ६ बाट उडान बन्द गराउन लागेको प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले बताए। कार्यालयले लगातार सार्वजनिक बिदा परेका कारण तीन दिन थप गरिएको जनाइएको छ। अब कार्यालयले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र प्राधिकरणलाई सूचना गराउँदै उडान बन्द गर्नेे ठाकुरले अन्नपूर्णसँग बताए। एयर एसियाले विमानस्थल सेवा शुल्क बापत २० करोड रुपैयाँ विमानस्थल कार्यालयलाई बुझाउनुपर्नेछ। एयर एसियाले पुस २४ गते पनि १० करोड रुपैयाँ दाखिल गर्ने र बाँकी रकम मासिक तीन करोड रुपैयाँको दरले किस्तामा तिर्दै जाने बताएको थियो। ‘तर, फेरि सोही दिन दुई करोड रुपैयाँ बुझाउँदै एयसियाले फेब्रुअरी २८ मा बाँकी बक्यौता रकम दाखिला गर्ने गरी लिखित सम्झौता गरेको थियो’, ठाकुरले भने। विमानस्थल कार्यालयले गत मंसिर मसान्तसम्म बक्यौता तिर्न पहिलोपटक सूचना प्रकाशन गरेको थियो।
एयर एसियाले विमानस्थल सेवा शुल्क बापतको बक्यौता नतिरेपछि उडान बन्द गर्न लागिएको हो
पहिलो सूचना प्रकाशन भएको समयमा एयर एसियाले करिब नौ करोड रुपैयाँ दाखिल गरे पनि २३ करोड बाँकी थियो। तीन साताको अवधिमा केही थोरै बक्यौता भएकाले रकम दाखिल गरे पनि सबैभन्दा बढी एयर एसियाले अन्तिम दिन पुस २३ मात्रै दुई करोड रुपैयाँ तिरेको थियो। कार्यालयका अनुसार नेपाल वायुसेवा निगम, मलेसियाको निजी वायु सेवा मालिन्दो एयर, यूएईको एयर अरेबिया, दक्षिण कोरियाको सरकारी वायु सेवा कोरियन एयर, भारतको निजी वायु सेवा इन्डिगो एयरलाइन्स, थाइल्यान्डको सरकारी कम्पनी थाई एयरवेज र हङकङको क्याथे ड्रागन एयरले पनि सेवा शुल्क तिर्न बाँकी छ। यसैगरी, सिंगापुरको सिल्क एयर, भुटानको निजी वायु सेवा भुटान एयरलाइन्स, भारतको सरकारी वायु सेवा कम्पनी एयर इन्डिया (इन्डियन एयरलाइन्स), कतारको सरकारी वायु सेवा कतार एयरवेज, मलेसियाको सरकारी वायु सेवा मलेसिया एयरलाइन्स, चीनको चाइना इस्टर्न एयरलाइन्स र बंगलादेशको सरकारी वायु सेवा विमान बंगलादेशलगायत अधिकांश विदेशी एयरलाइन्सको पनि लामो समयदेखि केही रकम बक्यौता छ। यी कम्पनीलाई अब क्रमशः पत्राचार हुने उनले बताए। यसैगरी सञ्चालनमा नरहेका एयरलाइन्सको बक्यौता पनि साढे ११ करोडभन्दा बढी छ। सञ्चालनमा नरहेका दुई दर्जनभन्दा बढी एयरलाइन्स कम्पनीले सरकारलाई बुझाउनुपर्ने ११ करोड ३९ लाख ६५ रुपैयाँ छ। सञ्चालमा नरहेका एयरलाइन्सले विमानस्थल प्रयोग गरे बापत तिर्नुपर्ने शुल्क बक्यौता रहेको कार्यालयले जनाएको छ। कार्यालयले रकम असुलीका लागि प्राधिकरण र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सहयोगमा रकम असुली प्रक्रिया अगाडि बढाउने भएको छ। विमानस्थल कार्यालयले सञ्चालनमा नरहेका एयरलाइन्स कम्पनीको बक्यौतका विषयमा प्राधिकरणलाई सूचना गरिसकेको छ। प्राधिकरणको सहमतिसँगै कार्यालयले संस्कृति, पर्यटन तथा नागरिक उड्डन मन्त्रालयमार्फत महालेखा नियन्त्रक कार्यालय अन्तर्गतको कुमारीचोक तथा केन्द्रीय तहसिल कार्यालयलाई रकम असुल गराउन पत्राचार गर्ने तयारी भएको छ। यसैगरी त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यालयलगायत सरकारी कार्यालयको पनि ५५ करोड १२ लाख २१ हजार रुपैयाँ बक्यौता छ। सरकारी निकायमा सबैभन्दा बढी विमानस्थल भन्सार कार्यालयको ५३ करोड ९६ लाख रुपैयाँ बक्यौता छ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending