Khabar Dabali ७ माघ २०८२ मंगलवार | 20th January, 2026 Tue
Investment bank

वडाध्यक्षसहित गाउँले लुटिए

\"\"काठमाडाैं । हतियारधारी समूहबाट रौतहटको मौलापुर नगरपालिका–१ का वडाध्यक्षसहित आधा दर्जन स्थानीय लुटिएका छन् । मंगलबार राति मौलापुर–१ का अध्यक्ष रामप्रवेश यादवसहित आधादर्जन गाउँलेलाई नियन्त्रणमा लिएर लुटेरा समूहले कुटपिट गरी नगद तथा सामान लुुटपाट गरेका हुन् । अाजको नयाँ पत्रिकामा खबर छ-रौतहटको कटहरिया नगरपालिका–४ स्थित लालबकैया नदीछेउको उखुबारीमा वडाध्यक्षसहितका स्थानीय लुटपाटमा परेका हुन् । उखुबारीमा लुकेर बसेका छ–सातजनाको हतियारधारी समूहले राति आठ बजे यादवसहितका गाउँलेलाई नियन्त्रणमा लिएर लुटपाट गरेका प्रहरीले जनाएको छ । कटहरिया बजारबाट मोटरसाइकलमा घर गइरहेका वेला आफ्नो नगद र मोबाइलसहितको सामान हतियारधारीले लुुटपाट गरेका वडाध्यक्ष यादवले बताए । नलकटुुआ पेस्तोल र धारिलो हतियारसहितका लुटेराले आफूसँग भएको चार हजार नगद र एक थान मोबाइल लुुट्नुका साथै कुटपिटसमेत गरेका उनले बताए । त्यसैगरी, मौलापुर–२ का भरोसी यादवको आठ हजार नगद तथा छोरीको बिहका लागि ल्याएको कपडासमेत लुुटिएको छ । सोही बाटो भएर गइरहेका स्थानीय व्यापारी चुुनचुुन साह, गुुुलाब मियाँ, राजाबाबुु जयसवाललगायतका मानिसलाईसमेत लुटेराले कुटपिट गरी लुुटपाट गरेका रौटहटका प्रहरी प्रमुख एसपी यज्ञविनोद पोखरेलले जानकारी दिए । घटनालगतै सन्तपुर दोस्तियाबाट गएको प्रहरी टोली र मौलापुर–१ मर्यादपुरका गाँउलेले घटनास्थलवरपरबाट शंकास्पद चारजनालाई नियन्त्रणमा लिएका छन् । पक्राउ परेका चारैजनालाई राति नै जिल्ला प्रहरी कार्यालय गौर लगिएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको एसपी पोखरेलले जानकारी दिए । र, यो पनि
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending