Khabar Dabali ७ माघ २०८२ मंगलवार | 20th January, 2026 Tue
Investment bank

'देउवाले त्यसो भनेपछि मेरो बोली नै फुटेन'

\"\"काठमाडाैं । नेपाली कांग्रेस संसदीय दलको नेता निर्वाचनबाट चुनिने भएको छ । सभापति शेरबहादुर देउवा र नेता प्रकाशमान सिंहले दलको नेताका लागि उम्मेदवार बन्ने घोषणा गरेपछि निर्वाचन हुने पक्का भएको हो। महामन्त्री डा. शशांक कोइरालाले पार्टीबाट प्रतिनिधिसभा र राष्ट्रिय सभामा निर्वाचित सांसद तथा केन्द्रीय सदस्यलाई दिएका दिवाभोजमा बुधबार सभापति देउवाले दलको नेताका लागि उम्मेदवार बन्ने घोषणा गरेका हुन् । नेता सिंहले पनि आफू दाबेदार रहेको बताए । अर्का आकांक्षी महामन्त्री डा. कोइरालाले भने प्रतिस्पर्धा गरेर दलको नेता बन्ने दौडमा नलाग्ने बताए । आजको नयाँ पत्रिकामा खबर छ-स्पष्ट दुई गुट रहेको कांग्रेसमा सिंह पार्टीको १३औँ महाधिवेशनमा पराजित नेता रामचन्द्र पौडेलको पक्षमा थिए । संसदीय दलको नेता छान्न २१ फागुनमा निर्वाचन हुनेछ । उम्मेदवार बन्छु : देउवा तपाईं दलको नेतामा उम्मेदवार बन्ने कि नबन्ने भन्ने पत्रकारहरूको प्रश्नमा सभापति देउवाले भने, ‘मेरो घोषणा भयो, म दलको नेतामा उम्मेदवार बन्ने हो, तपाईंहरूले पनि सहयोग गर्नुपर्छ ।’ अहिलेसम्म मुख नखोलेका देउवाले उम्मेदवार बन्ने बताएपछि सहमतिमा नेता चुनिने सम्भावना सकिएको हो । मैले जित्छु : सिंह देउवाले उम्मेदवार बन्ने बताएपछि अर्का आकांक्षी सिंहले पूर्ण रूपमा असफल भएका पार्टी सभापतिको विकल्प खोज्नुपर्ने बताए । ‘सभापतिजी पार्टी र सरकार सञ्चालनमा पूर्ण रूपमा असफल हुनुभएको छ । उहाँको विकल्प खोज्ने वेला भएको छ,’ नेता सिंहले भने, ‘म दलको नेताको उम्मेदवार हो । पार्टीको आन्तरिक निर्वाचनमा अहिलेसम्म पराजित भएको छैन, अहिले पनि दलको नेतामा जित्छु ।’ अनि मेरो बोली फुटेन : कोइराला सहमतिमा दलको नेता चुनेर पार्टीलाई एकताबद्ध बनाउनुपर्ने धारणा राखिरहेका महामन्त्री डा. कोइरालाले आफू कांग्रेस एकताको सूत्रधार बन्ने प्रयासमा रहेको बताए । ‘मलाई कांग्रेसको विभाजनको सूत्रधार होइन एकताको सूत्रधार बन्नु छ । संसदीय दलको चुनावमा निर्वाचन भयो भने एकता होइन, अझ विभाजन हुन्छ,’ महामन्त्री डा. कोइरालाले भने, ‘त्यही कारणले म चुनावी प्रतिस्पर्धाबाट संसदीय दलको नेता बन्दिनँ । संसदीय दलको नेता, पार्टी सभापति वा प्रधानमन्त्रीमा आकांक्षा राख्नुभन्दा पहिला कांग्रेस जोगाउने विषयलाई महत्व दिनुपर्छ भन्ने मलाई लाग्छ ।’ डा. कोइरालाले आफू सर्वसम्मत संसदीय दलको नेता बन्ने प्रस्ताव राख्न भेट्न जाँदा सभापतिले नै म उम्मेदवार बन्छु, सहयोग गर्नु भनेपछि आफ्नो बोली नै बन्द भएको बताए । ‘म सभापतिजीलाई सर्वसम्मत रूपमा संसदीय दलको नेता बन्छु भन्नका लागि भेट्न गएको थिएँ । तर, उहाँले आफैँ संसदीय दलमा उम्मेदवार बन्छु, सहयोग गनुस्, भन्नुभयो,’ कोइरालाले भने, ‘सर्वसम्मत संसदीय दलको उम्मेदवार बनाउनुस् भन्न गएको, तर उहाँ नै उम्मेवार बन्छु भनेपछि मेरो बोली नै फुटेन ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending