Khabar Dabali १६ बैशाख २०८३ बुधबार | 29th April, 2026 Wed

शशांकको घरबाट शेरबहादुर र प्रकाशमानको उम्मेदवारी घोषणा

[caption id=\"attachment_177673\" align=\"alignleft\" width=\"750\"]\"\" महामन्त्री शशांकको घरमा आयोजित दिवाभोजमा कांग्रेस नेताहरु[/caption] काठमाडाैं । नेपाली कांग्रेस संसदीय दलको नेताका लागि पार्टी सभापति शेरबहादुर देउवा र नेता प्रकाशमान सिंह मैदानमा उत्रिने करिब पक्का पक्की भएको छ । बुधबार महामन्त्री शशांक कोइरालाले टोखास्थित निवासमा होलीका अवसरमा आयोजना गरेको दिवा भोजमा पुगेका दुवै नेताले संसदीय दलको नेताका लागि उम्मेदवारी घोषणा गरेका हुन् । अाजको अन्नपूर्णमा खबर छ-दुवै नेताले उम्मेदवारी घोषणा गरिरहँदा महामन्त्री कोइरालाले भने आफूले पार्टीमा कुनै फुट आउन नदिने भन्दै मध्यमार्गी बाटो अपनाए । दिवा भोजमा पुगेका सभापति देउवाले कांग्रेस संसदीय दलको नेतामा उम्मेदवारी घोषणा गरेपछि सिंहले पनि आफूलाई मैदानमा उतारेका हुन् । उता नेता सिंहले आफूले कांग्रेसको राजनीतिमा आजसम्म कहिल्यै नहारेको बताउँदै संसदीय दलको चुनावमा पनि जित्ने दाबीसहित उम्मेद्वारी दिने घोषणा गरेका छन् । महामन्त्री कोइरालाले राष्ट्रियसभा र प्रतिनिधिसभामा निर्वा्चित कांग्रेसका सांसदहरुलाई दिवाभोजका लागि बोलाएको भेला नै गुटमा विभाजित थियो । \'मैले आजसम्म चुनाव हारेको इतिहाँस नै छैन, म सं‌सदीय दलको चुनाव लड्छु’, सिंहले भने । देउवाले उम्मेदवारी घोषणा गर्नु उनको अधिकार भन्दै सिंहले आफुले जित्ने दाबी गरे । ‘पार्टीले निर्वाचन समिति बनाइसकेको छ, देउवाले पनि घोषणा गर्नु भयो, त्यो उहाँको अधिकार पनि हो,\' सिंहले पत्रकारसँग भने । सर्वसम्मतको लबिङ उता महामन्त्री कोइरालाले पनि संसदीय दलको नेता बन्ने इच्छा देखाएका छन् । तर उनी आफू सर्वसम्मतको पक्षमा छन् । संसदीय दलको नेता सर्वसम्वत हुनका लागि लबिङ गर्न यो दिवा भोज गरिएको दाबी एक कांग्रेसका सांसदले गरेका छन् । उनले घुमाउरो भाषामा पार्टीलाई एकताबद्ध बनाएर अगाडि लैजानुपर्ने बताउँदै सर्वसम्मतको लबिङ गरेका हुन् । महामन्त्री कोइरालाले पार्टीलाई एकढिक्का बनाएर अगाडि बढ्नुपर्ने पनि बताए । बताउनुभएको हो । उनले पार्टीभित्र देखिएको दुर्दशाले कांग्रेसलाई फाइदा नपुग्ने भन्दै सबै मिलेर अगाडि बढ्नुपर्नेमा जोड दिए । \'म पार्टी एकढिक्का भएर अगाडि बढाउन चाहन्छु,\' संसदीय दलमा सर्वसम्मतको लबिङमा रहेका उनले भने । दिवाभोजमा सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेताहरु प्रकाशमान सिंह, विमलेन्द्र निधि, गोपालमान श्रेष्ठ, डा प्रकाशशरण महत, दिलेन्द्रप्रसाद बडू, आनन्द ढुंगाना, मानबहादुर विश्वकर्मा, एनपी साउद, चन्द्र भण्डारी, प्रदीप पौडेल, कल्याण गुरुङ र दीपक खड्कालगायत नेता पुगेका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending