Khabar Dabali ८ माघ २०८२ बुधबार | 21st January, 2026 Wed
Investment bank

डा. गोविन्द केसीको नै तीनथरी जन्ममिति !

\"\"काठमाडाैं । डाक्टर गोविन्द केसी स्वयमाथि नैतिकताको प्रश्न उठेको छ । डा. केसीको सामाजिक सञ्जालमा अहिले उनको फरक–फरक जन्ममितिलाई लिएर निकै बहस भैरहेको छ । डाक्टर केसीको चारित्रिक प्रमाणपत्रमा जन्ममिति २०१३ माघ २४ उल्लेख गरिएको छ तर उपप्रध्यापक रहँदा सहप्रध्यापकमा बढुवाका लागि केसीले भरेको आवेदन फारममा जन्ममिति २०१३ मंसिर २७ उल्लेख गरिएको छ, त्यस्तै प्रध्यापक बढुवाका लागि उनले पेश गरेको आवेदन फारममा भने २०१३ असोज २७गते उल्लेख गरिएका कागजात सामाजिक सञ्जालमा देखिएका छन् । यसको स्वतन्त्र पुष्टी भने हुन बाँकी छ । ‘केसीले त्रिभुवन विश्वविद्यालयमा आफ्नो नागरिकताको प्रमाणपत्र समेत पेश नगरेको बुझिएको छ । उनले अनिवार्य रुपमा भर्नुपर्ने सिटरोल नभरेको र नागरिकताको प्रमाणपत्रको प्रतिलिपि समेत पेश नगरेकोले थप उाी माथि नंै शंकाको रुप जन्माएको छ ।’ नैतिकताको प्रश्न उठाएर अरुमाथि औला उठाउने डाक्टर गोविन्द केसीकै नैतिक धरातल यति कमजोर किन भन्ने संचारकर्मीको प्रश्नमा डाक्टर केसीका सहयोगी सुमन आचार्यले भने– ‘तपाईंले भनेको कुरा सहि हो, यस्ता कुरा आएका छन् तर यसको पुष्टी नभई हामीले केही भन्न मिल्दैन ।’ उनले थपे– ‘अहिलेसम्म हामीले उठाएका कुराहरु सबै ठीक छन्, जसमा मिडियाले पनि साथ दियो । यस विषयमा पनि कुरा के हो भन्ने तपाईंहरुले खोजी हाल्नु हुन्छ ।’ अब डाक्टर केसीले के गर्नु हुन्छ ? भन्ने प्रश्नमा उनले भने– ‘यस विषयमा डाक्टर साहाबसँग कुरा भैसकेको छैन । तर उहाँले केही गर्नु हुन्छ होला ।’ डाक्टर गोविन्द केसीको १४औँ पटकको आमरण अनसन सर्वोच्च अदालतका प्रधानन्यायाधीश गोपाल पराजुली प्रति लक्षित रहेको थियो । घटना र विचार साप्ताहिकको अनलाइन संस्करणमा लेखिएको छ-केसीको आन्दोलनलाई नजिकदेखि नियाल्दै आएकाहरुको विचारमा भने केसीको आन्दोलन पूर्व प्रधानन्यायाधिस सुशिला कार्कीको निर्णयलाई वर्तमान प्रधानन्यायाधिस पराजुलीले उल्ट्याउन थालेपछि प्रतिक्रिया स्वरुप जन्मिएको बताउँछन् । केसीले प्रधानन्यायाधिस पराजुलीको नागरिकतामा उल्लेख भएको जन्ममितिलाई लिएर उनले राजिनामा दिनु पर्ने भन्दै पराजुली भ्रष्ट र नैतिकहिन भएको भन्दै आएका थिए । \"\" \"\" \"\"
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending