Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

अस्पताल र शिक्षण संस्थावरपर ग्यारेज राख्न नपाइने

\"\"काठमाडौ । अब अस्पताल र शिक्षण संस्थावरपर ग्यारेज वा वर्कसप राख्न नपाइने भएको छ। ग्यारेज र वर्कसपलाई नियमन गर्न सरकारले ल्याउन लागेको निर्देशिका जस्ताको त्यस्तै कार्यान्वयनमा ल्याउन अस्पताल र शैक्षिक संस्था वरपर अब यस्ता व्यवसाय गर्न नपाइने भएकाे हाे। सवारीसाधन मर्मतसम्भार गर्न सञ्चालित यस्ता व्यवसायलाई नियमन गर्न सरकारले ‘कारखाना तथा वर्कसप सञ्चालन निर्देशिका– २०७४’ तयार पारेको हो। निर्देशिकाको मस्यौदामा अस्पताल र शैक्षिक संस्थाको दुई सय मिटर वरपर वर्कसप र ग्यारेज सञ्चालन गर्न नपाइने उल्लेख छ। यातायात व्यवस्था विभागले निर्देशिकाको मस्यौदा तयार पारी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा स्वीकृतिका लागि पठाइसकेको छ। सवारी तथा यातायात व्यवस्था ऐन– २०४९ को दफा १५९ ले दिएको प्रावधान अनुसार निर्देशिका बनाइएको विभागका महानिर्देशक रूपनारायण भट्टराईले बताए। ‘उपत्यकाका वर्कसप तथा कारखाना अव्यवस्थित रूपमा चलिरहेकाले व्यवस्थित गर्न निर्देशिका ल्याएका हौँ,’ उनले भने, ‘अस्पताल र शिक्षण संस्थानजिकै भएका वर्कसप तथा कारखानाले नकारात्मक असर पारिरहेका छन्, त्यसको नियन्त्रण गर्न लागिएको हो।’ उनले मन्त्रालयले स्वीकृत गर्ने बित्तिकै निर्देशिका कार्यान्वयनमा आउने बताए। निर्देशिकामा वर्कसप र कारखानाले मर्मत गर्ने बाहेकका सवारीसाधन राख्न नपाइने व्यवस्था गरिएको छ। यसैगरी, कर्मचारी नियुक्ति तथा सुविधा नेपाल सरकारले जारी गरेको श्रम नीति तथा श्रम कानुनबमोजिम हुनुपर्ने व्यवस्था पनि निर्देशिकामा छ। कारखाना तथा वर्कसपमा बालश्रमलाई निषेध गरिएको छ। निर्देशिकामा वर्कसप सञ्चालकले कम्तीमा पाँचजना दक्ष प्राविधिक कामदार, एकजना मेकानिकल वा अटोमोबाइल इन्जिनियर राख्नुपर्ने प्रावधान छ। यसैगरी, मर्मत गर्नका लागि पर्याप्त स्थान हुनुपर्ने, कम्तीमा १५ वर्ग मिटरको अफिस कोठा, ५० वर्ग मिटरको मर्मत सेड र १० वटा सवारीसाधन अट्न सक्ने व्यवस्था पनि निर्देशिकामा छ। कम्तीमा चार मिटर चौडाइको सडक भएको क्षेत्रमा मात्र यस्ता व्यवसाय खोल्न पाइने व्यवस्था उल्लेख गरिएको छ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending