Khabar Dabali २० चैत्र २०८२ शुक्रबार | 3rd April, 2026 Fri

रित्ताे हात निरीक्षण गर्दा माधव नेपालमाथि हातपात !

काठमाडौं, महाभूकम्पको छैटौं दिन मात्रै त्याे पनि रित्ताे हात आफ्नो निर्वाचन क्षेत्रभित्र \'भूकम्पपीडितको स्थिति निरीक्षण गर्न\' आएको भन्दै नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालमाथि स्थानीयवासीले हातपात गरेको रहस्य खुलेको छ । राजधानीको अत्याधिक भूकम्प प्रभावित क्षेत्रमध्यको साँखुस्थित खुलालटार वैशाख १८ गते खालि हात पुगी निरीक्षण गर्ने क्रममा नेता नेपालमाथि ‘किन केही पनि सामान नल्याएको ?’ भन्दै तीन जना स्थानीय युवाले हातपात गरेको कुरा साँखुबाट ढिलोगरी प्राप्त खबरमा उल्लेख छ । अत्यधिक प्रभावित क्षेत्र भए पनि उद्धार र राहत पुर्‍याउन ढिलो गरेको भन्दै स्थानीयले नेता नेपालसँग आक्रोश पोख्दा त्यहाँको अवस्था तनावग्रस्त बनेको थियो । परिस्थितिलाई नियन्त्रणमा लिनका लागि महानगरीय प्रहरी वृत्त बौद्धका डीएसपी नरहरि जोशी २५ थान पाल लिएर त्यहाँ पुगेका थिए । डीएसपीले लगिदिएका केही थान पाल वितरण गरेर वरिष्ठ नेता नेपाल त्यहाँबाट बल्लतल्ल उम्मेका थिए । ‘नेताज्यूलाई कसले हातपात गरेको ?’ भनेर प्रहरीले प्रश्न गर्दा ‘किन केही पनि नलिई आएको भन्दै उनीमाथि हामीले नै झम्टेका हौं’ भन्दै ती तनि जना युवा उफ्रिएका थिए । स्थिति तनावग्रस्त भएपछि प्रहरीले उनीहरुलाई त्यतिबेला पक्राउ गर्न सकेन । तर, अहिले चाहिँ महानगरीय प्रहरी वृत्त बौद्धले उनीहरुको खोजी गरिरहेको बताइएको छ । भूकम्प प्रभावित केही क्षेत्रहरुमा सरकारले समयमै उद्धारकार्य र राहत सामग्री पु¥याउन नसक्दा पीडितहरुमा आक्रोश बढिरहेको छ । धेरैजसो ठाउँमा ‘माधव नेपालकै हालत हुने’ त्रास बोकेर अधिकांश नेता र मन्त्रीहरु यतिबेला ‘भूमिगत’ भएका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending