Ntc summer Offer
Khabar Dabali २७ बैशाख २०८१ बिहीबार | 9th May, 2024 Thu
NIMB

आज प्रदेश १ मा एमाले संसदीय दलको निर्वाचन: हिजो गुटको बैठक, को कहाँ बसेर सक्रिय ?

\"\"काठमाडाैं । प्रदेश १ को मुख्यमन्त्रीको टुंगो शुक्रबार लाग्दै छ । सकेसम्म सर्वसम्मत, नभए मतदान प्रक्रियाबाट एमालेले संसदीय दलको नेता टुंगो लगाउने भएको छ । त्यसका लागि शुक्रबार ११ बजे विराटनगरस्थित प्रदेश सभा भवनमा दलको बैठक बोलाइएको छ । बहुमत प्राप्त दल एमालेको संसदीय दलको नेता नै मुख्यमन्त्री बन्ने पक्का छ । एमाले दलको नेता बन्न सचिव भीम आचार्य र पोलिटब्युरो सदस्य शेरधन राई मुख्य प्रतिस्पर्धामा छन् । अाजको नयाँ पत्रिकामा खबर छ-केन्द्रीय सदस्य जीवन घिमिरेले दलको नेता बन्न आकांक्षा देखाए पनि उनी अन्तिममा दौडबाट बाहिरिने एमाले नेताहरूको विश्लेषण छ । दलको नेता राई कि आचार्य ? एमाले प्रदेश १ का संयोजक सचिव आचार्य र सहसंयोजक राईबीच सहमतिको सम्भावना देखिँदैन । बिहीबार दिनभर दलको नेताका आकांक्षी आचार्य र राई आफ्नो पक्षका प्रदेश सभा सदस्यसँगको छलफलमा व्यस्त थिए । बिहान अबेरसम्म सहमति नभए ११ बजेपछि मनोनयन दर्ता हुने र अपराह्न ४ बजेसम्म संसदीय दलको नेता टुंगो लगाउने एमाले नेताहरूले बताएका छन् । बिहीबार दिनभर गुटको बैठक संसदीय दलका प्रतिस्पर्धी सचिव भीम आचार्य पार्टीमा नेता माधव नेपाल पक्षका मानिन्छन् । अर्का नेता शेरधन राई संस्थापन पक्षका हुन् । संसदीय दलको नेता प्रक्रियाबाट छान्ने सम्भावना बढिरहँदा प्रदेश १ मा एमालेभित्रको गुट उदांगो भएको छ । बिहीबार दिनभर नेपाल पक्ष र संस्थापन (अध्यक्ष केपी ओली) पक्षका प्रदेश सांसदहरू भेला तथा छलफलमा थिए । संसदीय दलको नेताका अर्का आकांक्षी जीवन घिमिरे माधव नेपाल पक्षकै हुन् । उनलाई सहमतिमा ब्याक गराएर सचिव भीम आचार्यलाई सघाउन नेपाल पक्षले आग्रह गरिरहेको छ । नेपाल पक्षका एक नेताका अनुसार घिमिरे पछि हटिसकेका छन् । शुक्रबार मनोनयन दर्ताको समयसम्म घिमिरेले खुलेर आचार्यको पक्षमा मतदान गर्ने र आफ्नो उम्मेदवारी नदिने एमाले स्रोतको दाबी छ । उता, संस्थापन पक्षले भने सहमति शेरधनको नाममा गर्ने र नभए त्रिपक्षीय भिडन्त गराउने दाउमा छ । जीवन घिमिरेले समेत उम्मेदवारी दिए आचार्यको पक्षमा कम मत जाने भन्दै संस्थापन पक्षले घिमिरेलाई अन्तिम अवस्थासम्म प्रतिस्पर्धा गर्न सुझाइरहेको स्रोतले बतायो । घिमिरे ब्याक भए आचार्यको सम्भावना, नत्र शेरधन केन्द्रीय सदस्य जीवन घिमिरेले चुनावी प्रक्रियामा गए सचिव भीम आचार्यलाई संसदीय दलको नेता बन्न गाह्रो हुने एमाले नेताहरूको आकलन छ । घिमिरे नेपाल पक्षकै भएकाले केही भोट घिमिरेको पक्षमा जाने र शेरधन संसदीय दलको नेता बन्ने बुझाइ कतिपय सांसदको छ । तर, घिमिरे पछि हट्ने सम्भावना बढी रहेकाले आचार्य दलको नेता बन्न सक्ने अर्कोथरीको बुझाइ छ । प्रदेश १ मा एमालेका ५१ सांसद छन् । नेपाल पक्षमा २५, संस्थापन पक्षमा २१ र पाँचजना तटस्थ देखिएको एमालेका एक नेताले बताए । को कहाँ बसेर सक्रिय ? प्रदेश १ को संसदीय दलको नेता टुंगो लगाउन माधव नेपाल पक्षका सचिव योगेश भट्टराई र अध्यक्ष केपी ओली पक्षका नेता भानुभक्त ढकाल दुवै विराटनगरमा छन् । सचिव भट्टराई विराटनगरस्थित एसिया पिक होटेलमा बसेर सांसदहरूलाई आचार्यको पक्षमा मनाउन प्रयासरत छन् । मुख्यमन्त्रीका आकांक्षी शेरधन राई भने फन एन्ड फुड रिसोर्टमा आफ्ना पक्षकासँग भेटघाटमा व्यस्त छन् । सचिव भीम आचार्यले भने इटहरीलाई बेस बनाएर आफ्नो गुट सांसदसँग सम्पर्कमा रहेको एमाले स्रोतले बतायो । कसरी मिलाइँदै छ सन्तुलन ? प्रदेश १ का एमाले संयोजक भीम आचार्यसँग यसअघिको निर्वाचनमा टिकट लिने विषयमा माधव नेपाल पक्षकै केही नेता असन्तुष्ट छन् । जसलाई मिलाउने प्रयास सचिव योगेश भट्टराईलगायतले गरिरहेका छन् । माधव नेपाल पक्षले आचार्यलाई संसदीय दलको नेता छानेर उषाकला राई वा गणेश कामहाङमध्ये एकजनालाई सभामुख बनाउने निष्कर्ष निकालेको छ । अर्कोतर्फ संस्थापन पक्षले शेरधन राईलाई मुख्यमन्त्री बनाउने र जगदीश कुसियत वा अन्य कुनै खस–आर्य समुदायका सांसदलाई सभामुख बनाउने तयारी गरेको छ । माओवादीमा चर्किएको आन्तरिक द्वन्द्व तत्काल समाधान संसदीय दलको नेता बन्ने विषयलाई लिएर माओवादी केन्द्रमा चर्किएको द्वन्द्व समाधान भएको छ । माओवादी प्रदेश १ को पहिलो संसदीय दलको बैठकले दलको नेतामा सदस्यमध्येका वरिष्ठ मानिएका टंक आङबुहाङलाई सर्वसम्मत चयन गरेपछि द्वन्द्व समाधान भएको हो । माओवादी प्रदेश सभाकी ज्येष्ठ सदस्य सौभाग्यवती राईको अध्यक्षतामा विराटनगरमा बसेको पहिलो संसदीय दलको बैठकले ताप्लेजुङ (ख) बाट प्रदेश सभामा विजयी सदस्य आङबुहाङलाई संसदीय दलको नेता सर्वसम्मतले चयन गरेको हो । बैठकले पाँचथर (ख) बाट विजयी इन्द्र आङबोको नेतृत्वमा सरकारमा पठाउने निर्णय गरेको छ । दुवैबीच दलको नेता बन्ने विषयलाई लिएर आन्तरिक द्वन्द्व चर्किएको थियो । भूमिगत जनयुद्ध लडेर आएका दुवै हाल माओवादी केन्द्रका केन्द्रीय सचिवालय सदस्य छन् । जनयुद्धकालमा टंक जनमुक्ति सेनाका कमिसार थिए भने इन्द्र कमान्डर थिए । दुवैले एक दर्जनभन्दा बढी मोर्चामा सँगै युद्ध लडेका थिए । पार्टीमा सिनियर नेता टंकलाई क्षमता कम भएको भन्दै पाखा लगाएर कनिष्ठ सदस्य इन्द्रलाई दलको नेता बनाएर सरकारको नेतृत्वमा पठाउने तयारी गरेपछि माओवादीभित्र आन्तरिक द्वन्द्व चर्किएको थियो । प्रदेश १ इन्चार्ज गोपाल किरातीले एकलौटी सिफारिस गरेको भन्दै २९ जना पोलिटब्युरो सदस्यले उनलार्ई कारबाही माग गर्दै पार्टी हेडक्वार्टरमा उजुरी गरेका थिए । ‘सर्वसम्मत निर्णयले कुनै गुट र विवाद छैन भन्ने प्रस्ट भयो, योभन्दा बढी केही भन्नु छैन,’ नेता किरातीले भने । प्रदेशमा माओवादी केन्द्रका १६ सांसद छन् । उपसभामुख, सचेतक र मन्त्रीहरूको नाम टुंग्याउन बाँकी उपसभामुख, मन्त्री र सचेतक कसलाई बनाउने भन्ने विषयमा छलफल जारी रहेको र चाँडै निर्णय गर्ने माओवादी प्रदेश १ का संयोजक सावित्रीकुमार काफ्लेले बताए । वाम गठबन्धनमा रहेको एमालेले प्रदेश १ मा पुरुष वा महिला कसलाई सभामुख बनाउने भन्नेबारे निर्णय गरिनसकेकाले माओवादी केन्द्रले पनि आफ्नो भागमा परेको उपसभामुखको नाम टुंग्याउन नसकेको हो । म माओवादी केन्द्रमै छु: गोपाल किराती प्रदेश १ इन्चार्ज गोपाल किरातीले आफूले माओवादी छाडिनसकेको, मात्र फरक विचार राखेकाले आफू जिम्मेवारीसहित पार्टीभित्रै रहेको बताए । उनले माओवादीले पहिचानको राजनीतिलाई छाडेर एमालेमा एकीकृत भएमा आफू माओेवादी छाड्न बाध्य हुने बताए । ‘पार्टीले पहिचानको मुद्दा नछाडेमा म पनि पार्टीसँगै रहन्छु, छाड्यो भने म पनि अलग हुन्छु,’ उनले भने ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies