Ntc summer Offer
Khabar Dabali २१ बैशाख २०८१ शुक्रबार | 3rd May, 2024 Fri
NIMB

महिना दिनसम्म गुपचुप रह्यो ५ वर्षीया बालिका बलात्कार घटना

\"\"काठमाडाैं । भक्तपुर नगरपालिका १० कमलविनायककी पाँच वर्षीया परी (नाम परिवर्तन) ले आफ्नी धाई आमालाई पिसाब गर्ने ठाउँमा दुःखेको बताउँछिन् । धाई आमाले हेर्दा उनको अविकसित यौनाङ्गमा घाउचोट देखिन्छ। तर उनले आफ्नी सानी नानी बलात्कारको शिकार भएको अनुमान त के सपनामा समेत सोचेका थिइनन् । आजको अन्नपूर्णमा खबर छ-त्यसैले परीको यौनाङ्ग धोईपखाली तेल मालिस गरेर मल्हम लगाइदिन्छिन्। तैपनि परीलाई सञ्चो हुँदैन। त्यसको तीन दिनपछि स्थानीय स्वास्थ्य केन्द्रमा देखाएर औषधि उपचार हुन्छ र दुख्न छोड्छ। यत्तिकैमा दुई हप्ता बित्छ। एकदिन परीले आफ्नै उमेरका बालकसँग खेल्ने क्रममा बालकमाथि घोडा चढ्छिन्। उनले बालकलाई घोडा चढेको बालककी आमाले देख्छिन् र हप्काएर परीलाई ‘तिमीले के गरेको’ भन्छिन्। परीले माया गरेको उत्तर दिन्छिन्। फेरि बालककी आमाले यस्तो माया गर्न तिमीलाई कसले सिकायो भन्दै सोध्छिन्। परीले फलाना दादाले मलाई यसरी नै माया गर्नुभएको थियो भनी उत्तर दिन्छिन्। अनि बालककी आमालाई झन् बढी जान्ने उत्सुकता जाग्छ। उनले परीसँग थप सोध्छिन्, ‘दादाले अरु के के गर्नुभयो?’ अबोध सानी परीले भनिन्, ‘मेरो पपी सेममा दादाको पपी सेम ठेल्नुभयो।’यति भनेपछि परी बलात्कृत भएको खुलासा भयो। उनले पिसाब गर्ने ठाउँमा दुख्यो भनेको कारण पनि खुलेपछि भोलिपल्ट परीकी आमाबुबाले प्रहरीमा आफ्नी छोरी बलात्कृत भएको किटानी जाहेरी दिए। प्रहरीले जाहेरी परेकै दिन परीलाई जबरजस्ती करणी गर्ने युवकलाई पक्राउ गर्छ। यो घटना गएको पुसमा भएको पाँच वर्षीया बालिका बलात्कृत भएको घटनाको विवरण हो। महानगरीय प्रहरी परिसर भक्तपुरले उक्त घटनामा संलग्न भएको आरोपमा ललितपुरको ललितपुर महानगरपालिका २२ बुङमती घर भई हाल भक्तपुर नगरपालिका १० कमलविनायक बस्र्दै आएका १८ वर्षीय वसन्त तामाङ आइतबार पक्राउ गरिसकेको छ। उनले आफू डेरा गरी बस्ने घरका छिमेकीका पाँच वर्षीया परीलाई ललाईफकाई लगेर जबरजस्ती करणी गरेको आरोपमा परीकी आफन्तले प्रहरीकहाँ किटानी जाहरी दिएको हो। महानगरीय प्रहरी परिसरका अनुसार गएको पुस ३० गते परीले आफ्नी धाई आमालाई पिसाब गर्ने ठाउँमा दुखेको बताएकी थिइन्। माथिको घटना विवरणअनुसार त्यसको तीन दिनपछि माघ ३ गते स्थानीय स्वास्थ्य केन्द्रमा जँचाएर औषधि उपचार गरिएको थियो। र, अनुसन्धानको क्रममा माघ २० गते परी र अर्का केटा साथीबीच घोडा चढ्ने खेल खेल्दै गर्दा बालककी आमाले सोधखोज गर्ने बेला परीले आफू तामाङबाट बलात्कृत भएको सुनाएको खुल्न आएको परिसरले जनाएको छ। बालिकालाई जबरजस्ती करणी गर्ने तामाङलाई भक्तपुर जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान कार्य अघि बढाइएको परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिए। महानगरीय प्रहरी परिसर भक्तपुरमा अनुसार पाँच वर्षीया बलात्कारसँगै भक्तपुरमा फरक फरक मितिमा दुई युवती, एक महिला र एक किशोरी जबरजस्ती करणीको शिकार भएका छन्।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies