Khabar Dabali १२ असार २०८३ शुक्रबार | 26th June, 2026 Fri
Investment bank

अर्कै थिए, अर्कै भएँ...

\"\"काठमाडौं । एक दिन काँधमा रुक्स्याक ब्याग बोकेर म बादीहरूको कथा उधिन्न बादी बस्तीतिर हान्निएँ । तुल्सीपुरका लागि छुटेको रात्रिबस चढेर घोराहीतर्फ जाँदै गर्दा लागिरहेथ्यो, म कुनै नयाँ कथाको नयाँ सूर्य कोरल्न जाँदै छु । केही खास मितिहरूसँगको आफ्नो लगावलाई कहिल्यै घटाउन सकिनँ मैले । खास मितिहरूसँग कतिपय खास सम्झनाहरू जोडिएका हुन्छन् । कतिपय घटना र दुर्घटना पनि जोडिएका हुन्छन् । बारम्बार खास मिति स्मरण गरिरहनु भनेको नोस्टाल्जियामै सही, खास सुखद पलहरू बारम्बार भोग्नु पनि हो । खास दु:खद पलहरूलाई बारम्बार कोटयाएर बाँच्नु पनि हो, दुख्छ भन्ने जान्दाजान्दै पनि !
 अाजको कोसेलीमा लेखिएको छ-भर्खरै ‘नथिया’ उपन्यास लेखेर सकेकी छु र यो उपन्यास साक्षी छ, एउटा त्यस्तै खास मिति र घटनासँग जोडिएको गहिरो संवेदनाको । यो उपन्यास साक्षी छ, विगत एक दशकदेखि यो वा त्यो रूपमा मैले आफैंभित्र बोकेर हिँडेको प्रसव कथाको ।
विक्रमाब्द २०६४, भदौ ५ गते । उक्त दिनको साँझ जब टेलिभिजनका स्क्रिनहरूले सिंहदरबार अगाडि अर्धनग्न भएर निकालिएको बादी महिलाहरूको जुलुसको समाचार देखाए, मनै सिरिङ्ग भएर आयो त्यतिबेला । सिंहदरबारको गेटमा उक्लिन लागिरहेका एक हूल बादी महिलाहरूलाई जबरजस्ती रोक्दै थिए सुरक्षाकर्मीहरू । अधिकांश महिला पेटिकोट र ब्रामा मात्र देखिन्थे । आफैंभित्रका आक्रोश र उत्तेजना थाम्न नसकेर बादी महिलाहरू आफैंमा आक्रोशको एकएक पुलिन्दा बन्दै गरेको बबन्डरमय दृश्य थियो त्यो । दृश्य नै यति भयावह थियो कि उनीहरूको चीत्कार, आर्तनाद, रिस र मागहरूको आवाजले मेरो चेतना कोमामा जान्छ कि भन्ने भयले सताइरहयो थुप्रै दिन । थुप्रै दिन डिस्टर्ब भइरहें त्यो दृश्य सम्झी–सम्झीकन ।
अरूले नङ्ग्याउँदा नाङ्गिनु एउटा कुरा, आफैंले आफैंलाई नङ्ग्याएर जब लाजको परम्परागत परिभाषामाथि धावा बोलिन्छ, त्यस्तो धावा बोल्न सानोतिनो चोट र तोडले सकिँदै सकिँदैन ।
भोलिपल्टका अधिकांश राष्ट्रिय पत्रिकाहरूले बादी महिलाहरूको अर्धनग्न जुलुसको समाचार निकै महत्त्वका साथ छापेका थिए ।
त्यतिबेला ती बादी महिलाको अनुहारको आक्रोश र आगो देखेपछि उनीहरूभित्रको भित्री कथा खोतल्ने मेरो अभीप्सा अनायासै जागेर आएथ्यो । मिर्लिक्क चटयाङजस्तो केही घटित भएथ्यो तत्कालै मेरो अन्तस्करणभित्र र त्यो चटयाङले मलाई कहिल्यै छोडेन । मैले तत्कालै निर्णय गरेथें, कुनै दिन मैले आख्यान लेखें भने मेरो पहिलो आख्यान बादी महिलाहरूको कथामाथि हुनेछ ।
त्यतिबेला मैले मनमनै लिएको निर्णय लगभग पाँच वर्षसम्म मेरो मनभित्रै गुम्सिएर बस्यो । त्यो बीचमा छोरा जन्मियो । छोरालाई हुर्काउँदै गर्दाको त्यो समयमा पनि मभित्रको उपन्यास लेख्ने अभीप्साले बारम्बार मुन्टो उठाउँथ्यो । तर दूध खाँदै गरेको नवजात छोरालाई छोडेर आफ्नो सपनाको पछाडि दौडन कसोकसो मेरो मनले मान्दै मानेन ।
छोरा लगभग चार वर्ष पुगेपछि एक दिन काँधमा रुक्स्याक ब्याग बोकेर म बादीहरूको कथा उधिन्न बादी बस्तीतिर हान्निएँ । विक्रमाब्द २०६९ फागुन २२ गतेको दिन थियो त्यो । दाङ, तुल्सीपुरका लागि छुटेको रात्रिबस चढेर घोराहीतर्फ जाँदै गर्दा लागिरहेथ्यो, म कुनै नयाँ कथाको नयाँ सूर्य कोरल्न जाँदै छु ।
बादीहरूका बारेमा जान्ने त्यस्तो कुनै किताब वा आधिकारिक स्रोत थिएन । केही पत्रपत्रिकामा छापिएका समाचारहरू र गुगलले दिने सूचनाको भरमा कहाँ–कहाँ बादी बस्ती छ पत्ता लगाएँ र आफ्नो गन्तव्यस्थान त्यसैलाई बनाएँ । सुरुमा दाङको घोराही पुगें र त्यहाँका बादी महिला तथा पुरुषहरूसँग कुराकानी गरें । त्यसपछि बाँकेको नेपालगन्ज, दाङकै तुल्सीपुर, बर्दियाको राजापुर अनि कैलालीको सत्ती पुगें । लगभग दस दिन यी ठाउँहरूमा बिताएर त्यहाँका बादी महिलासँग कुराकानी गरेर फर्केपछि दिमागमा एउटा उपन्यासको खाका कोरेर फर्किएँ ।
त्यतिबेला भर्खर–भर्खर पोखरेली युवा सांस्कृतिक परिवारको अध्यक्ष भएकी थिएँ । ३५ वर्षे लामो इतिहास बोकेको वाङ्मयिक संस्थाको पहिलो महिला अध्यक्ष भएको नाताले मैले आफैंले आफैंलाई प्रमाणित गर्नुपर्ने टड्कारो चुनौती सामुन्ने थियो । यसै त पोखराको मिनी एकेडेमी भनेर चिनिएको संस्था, त्यहीमाथि महिलाहरूले संस्था हाँक्न सक्दैनन् भन्ने कतिपयको शंका र अविश्वासलाई चिर्दै म खरो उत्रनुपर्ने थियो । लगभग दुई वर्ष साहित्यिक कार्यकर्ता भएरै बिताएँ र आफूले आफैंलाई प्रमाणित गर्ने प्रयास गरिरहें । त्यो बीचमा पनि उपन्यास लेख्ने अभीप्साले बारम्बार मुन्टो उठाइरहयो । संस्थागत रूपमा आफ्नो पदीय दायित्व शतप्रतिशत निर्वाह गर्नुपर्छ भन्ने जुनुन ममा यसरी सवार थियो कि मनभित्र तयार उपन्यासको खाकालाई कागजमा उतार्नेसमेत समय पाइनँ मैले ।
२०७१ सालमा जब पोयुसांपमा मेरो कार्यकाल सकियो, अनि बल्ल लेख्न बसें उपन्यास । पहिलो खाका कोरेपछि फेरि एक पटक गएँ ती सबै ठाउँहरूमा, जहाँ म पहिले गएकी थिएँ । पछिल्लो पटक पनि दस दिन नै बसें ती ठाउँहरूमा । पहिलो पटक मुख्य कथाको खाका बोकेर आएथें । दोस्रो पटक उपकथाहरूको खाका बोकेर आएँ ।
कथा त ल्याएँ, जसको कथा हो, तिनीहरूको लवजलाई न्याय गर्न जरुरी थियो । स्थानीय लवजलाई जस्ताको तस्तै उतार्न बादी महिलाहरूसँग गरिएको लगभग तीस घण्टाको अडियो रेकर्ड दर्जनौं पटक सुनें ।
र, यसरी अन्तत: उपन्यासलाई पूर्णता दिएँ ।
‘पोयटिक रियालिज्म’ को नजिक–नजिक त्यसो त तालहरूको सौन्दर्य आफ्नै खालको हुन्छ । तालहरूको सहरमा पोखरामा बसे पनि तालहरूभन्दा नदीनाला मन पराउने मान्छे म । बगाइ मन पराउने मान्छे । ‘नथिया’ मा पनि त्यही बगाइको सूत्र प्रयोग गरेकी छु, जुन जानीजानी सचेततापूर्वक गरेकी हुँ मैले । उपन्यास लेख्दै गर्दा पाठकहरूले यति भनेपछि बुझ्छन् भन्ने लागेपछि म कहिल्यै त्यहाँ अडिएर बसिनँ । नदीजस्तै बगिरहेँ, बस् बगिरहेँ ।
भनिन्छ, कविता थोरै शब्दमा धेरै कुरा भनिने विधा हो । उपन्यासलाई चाहिं धेरै शब्दमा धेरै भनिने विधा भनेर चित्रण गरिन्छ अनि व्याख्याहरूमा अल्झिन्छन् धेरैजसो लेखक । मैले यो उपन्यास लेख्दै गर्दा कवितामा जस्तै थोरै शब्दमा सकेसम्म धेरै कुरा भन्ने प्रयास गर्नुपर्छ भन्ने चेतका साथ काम गरे । कम्प्याक्ट्नेसका लागि पचास वाक्यमा भनिएको कुरालाई पाँच वाक्यमा झार्न लगातार ५, ६ घण्टा काम गरेको अनुभव छ मसँग ।
यस अर्थमा फ्रेन्च फिल्ममेकरहरूको अवधारणा ‘पोयटिक रियालिज्म’ लाई आफ्नो आख्यानको बुनोटमा प्रयोग गर्ने धृष्टता गरें । सन् १९३० देखि १९४० सम्मको समयमा पोयटिक रियालिज्ममा आधारित फिल्महरूको बोलवाला थियो । विशेषगरी जिन रेनवरले आफ्ना फिल्महरू मार्फत पोयटिक रियालिज्मलाई जुन उचाइ प्रदान गरे, त्यसको आज पनि सर्वत्र चर्चा हुनेगर्छ ।
साहित्यमा भने पोयटिक रियालिज्म सन् १८४० तिर नै जर्मन साहित्यकारहरूले ‘सत्यको छायाकरण’ गर्ने सन्दर्भमा प्रयोग गरेको मानिन्छ, जुन आफैंमा एक छायाको नियति भोग्न बाध्य भयो । यसर्थ जब पोयटिक रियालिज्मको कुरा आउँछ, यसलाई फ्रेन्च फिल्ममेकरहरूको एक कलात्मक कदमकै रूपमा व्याख्या गरिन्छ ।
पोयटिक रियालिज्ममा यथार्थ त यथार्थ नै हुन्छ, तर यथार्थ प्रस्तुत गर्ने सन्दर्भमा प्रस्तुतकर्तासँग पूणर्त: ‘आर्टिस्टिक फ्रिडम’ हुन्छ । पोयटिक रियालिज्ममा हेर्दा सबै कुरा यथार्थजस्तो देखिन्छ, सँगसँगै यथार्थ र विपरीत यथार्थको फ्युजन हुन्छ त्यहाँ । संवादहरू नपत्याउँदो गरी कवितात्मक हुन्छन् तर सम्पूर्णत: यथार्थमै आधारित ।
त्यसो त पोयटिक रियालिज्मले उठाउने तल्लो वर्गको कथासँग मेरो कथा पनि मेल खान्छ, तर यसका प्रणेताहरूले अपनाएझैं मुख्य नायक वा नायिकाको आत्महत्या वा दु:खद निधन अर्थात् समग्रमा स्याडिस्टिक टोनसँग भने मेरो लेखनको मान्यताको टोन मेल खाँदैन । ‘नथिया’ भित्रकी सामलीजस्ती जब्बर स्वास्नीमान्छेको कथा पुरानो खालको दुखान्त कथाको फ्रेममा अटाउने कथा हुँदै होइन । यहाँनेर आफूलाई ‘पोयटिक रियालिज्म’ को एकदमै नजिक र एकदमै टाढा पाउँछु म एकसाथ ।
मैले जुन कथामा काम गर्न चाहें, त्यो लेख्नु भनेको आफैंमा जोखिम मोल्नु हो भन्ने थाहा थियो । शरीर बेचेर खान्थे र अझै पनि यदाकदा लुकीछिपी शरीर बेचेरै खान्छन् भनेर बदनाम एउटा जातिको भित्री कथा सारा दुनियालाई सुनाउन सानोतिनो साहसले पुग्दैन, दुस्साहस चाहिन्छ । त्यही दुस्साहसको नतिजा हो ‘नथिया’ । मेरो उपन्यासको कथा त झन् ९५ प्रतिशत सत्य घटनामा आधारित हो ।
स्थलगत अनुसन्धानको क्रममा मैले सुनेका ३०, ३५ जना बादी महिलाहरूको कथामध्ये सबैभन्दा चाखलाग्दो, रोमाञ्चक, डरलाग्दो र फरक जुन कथा लाग्यो, त्यही कथा मैले यो उपन्यासको निम्ति छानेकी थिएँ । ५ प्रतिशत कथा मात्र एक लेखकको रूपमा मैले आफैं बुनेको कथा हो ।
आजभन्दा २५, ३० वर्षअगाडिको दाङको जुन ठाउँको कथा मैले भनेकी छु, अहिले त्यो ठाउँबाट स्थानान्तरण भएर बादीहरू नजिकैको अर्को ठाउँमा गइसकेका छन् र तीमध्ये कोही पनि देहव्यापारमा छैनन् ।
बादी बस्तीहरूमा गएर बादी महिलाका कुराहरू सुन्ने क्रममा सबैभन्दा बढी कुनै कुराले छोयो भने नथिया धारण गर्ने भन्ने उनीहरूको सांस्कृतिक कुराले छोएथ्यो । बादी बस्तीमा महिनाबारी भइसकेपछि एउटी युवती नाकमा नथिया लगाउँछे । उसको ग्राहकसँगको पहिलो संसर्गलाई नथिया उतार्ने (नथुनी उतार्ने) भनिन्छ । र, जुन ग्राहकले सबैभन्दा बढी पैसा र उपहारहरू दिन्छ, उसैबाट नथिया उतारिन्छ । कुमारीत्व बढीबढाउमा लिलाम गरिने यो घटनालाई बादीहरू एक उत्सवको रूपमा मनाउँथे भन्ने सुन्दा सुरुमा त म स्तब्ध भएकी थिएँ । पहिलो ग्राहकसँगको संसर्गपछि बादी महिला नाकको नथिया खोल्छे र विधिवत् धन्दामा लाग्छे । यस्तो खालको अनौठो संस्कतिसँग एकसाथ जोडिएको हाँसो र रोदनको कथाले मलाई धेरै दिनसम्म हल्लाइरहेथ्यो ।
आफूभित्रको त्यही कम्पनलाई यथार्थ कथा मार्फत जस्ताको तस्तै उतारेपछि र किताबको नाम ‘नथिया’ राखेपछि एक प्रकारको बेचैनीबाट म मुक्त भएकी छु । आफूभित्र आफैंले एक दशकसम्म बोकेर हिँडेको मानसिक भारी अक्षरहरू मार्फत बिसाएको सुखद अनुभूति भइरहेछ ।
अब पाठकहरूको हातमा छ यो किताब । वर्षौंदेखिको मेरो सपना र प्यासनलाई अब तपाईंहरूको हातमा सुम्पेकी छु । बादी बस्तीको गर्भमा छिपेर बसेको कथालाई तपाईंहरूसम्म ल्याउन एउटा निमित्त भूमिका निर्वाह गरें मैले । मैले निर्वाह गरेको भूमिकालाई कति न्याय गरें र कति अन्याय ? अब फैसला गर्ने पालो पाठकहरूको ।
रूपान्तरणको अनुभूति
कवि थिएँ, कविबाट उपन्यासकार बन्ने क्रममा ‘नथिया’ ले मेरो दिनचर्यादेखि अन्य थुप्रै कुरालाई प्रभावित पार्‍यो । एक अर्थमा भन्नुपर्दा कायापलट नै गरिदियो । यो किताब लेख्न सुरु गर्दा म अर्कै मान्छे थिएँ, लेखेर सकिसक्दा अर्कै मान्छे बनिसकेको आफैंलाई अनुभूत हुन्छ ।
छोटोछोटो बसाइमा कविता वा निबन्धहरू लेखिरहेको बानी । आफ्नो पुरानो बानी भत्काएर नयाँ बानी बसाल्न कम्ता गाह्रो भएन । लेखन वास्तवमा आफैंमा एक ध्यान हो । यही सोचेर सबैभन्दा पहिले ध्यान गर्न सिकें । त्यसका लागि ध्यानका विभिन्न विधिहरू सिकें । ध्यान गर्न जानिसकेपछि घण्टौंघण्टा ध्यानमग्न भएर लेख्न साह्रै सजिलो हुँदो रहेछ ।
मानसिक तथा शारीरिक रूपमा चंगा भएर काम गर्न योग गर्न सिकें । पात्रहरूलाई न्याय गर्न स्वयं आफू नै पात्रहरूमा डुब्न जरुरी थियो । यसका लागि पहिले त आफैंभित्र डुब्न सक्ने कला आफैंभित्र निर्माण गर्नुपथ्र्यो । आफैंभित्र डुब्न र डुबेर आफैंभित्र यात्रारत हुन आध्यात्मिक हुन सिकें । एउटी चरम भौतिकवादी स्वास्नीमान्छे, आध्यात्मिक भौतिकवादीमा रूपान्तरण हुन पुगें । चाहे ध्यान होस् वा योग वा आध्यात्मिकता, अहिले यी सबै कुरा मेरो जीवनका अभिन्न अंग बनेका छन् । यसको पछाडि ‘नथिया’ र बस् ‘नथिया’ को हात छ ।
आफ्नो वरपर आफैंले पर्खाल लगाएर एकान्तमा लेख्नुको मजा नै बेग्लै ! साँच्चै भन्नुपर्दा नितान्त सामाजिक कथा लेख्दै गर्दा मेरो आफ्नै व्यक्तिगत जीवन भने असामाजिकजस्तो भइदियो कतिपय सवालमा । उपन्यासमा डुब्दै गएपछि हुँदाहुँदा पछिल्लो समय त यस्तो भयो कि कसैको फोन उठाउनै मन नलाग्ने, कसैलाई भेट्नै मन नलाग्ने, आफ्नो सहर छोडेर अन्त त झन् जानै मन नलाग्ने । लगभग एक वर्ष भइसकेछ म पोखरा छोडेर अन्त कतै नगएको । किताबका पात्रहरूको साथ नै यति प्रगाढ लाग्ने कि अरू साथीहरूको खाँचो नै महसुस नहुने । लेखनसँगको यो हदको पागलपन र अनौठो अनुभूति पनि ‘नथिया’ ले नै दियो ।
हुन त यसअघि नै मेरा कविताका तीन–तीनवटा किताबहरू निस्किसकेका छन् । तर फुटकर रूपमा लेखिएका ती कविताहरू फाइल गरेर एकमुष्ठ निकाल्ने काम मात्र भो संग्रह निकाल्दा । एउटा किताब लेख्नु भनेको वर्षौंवर्ष यतिबिघ्न असाधारण र रोमाञ्चक अनुभूतिसँग अनवरत जोडिनु हो भन्ने यसअघि मलाई कहिल्यै थाहा नै भएन । गीत छ नि, एउटा मान्छेको मायाले कति फरक पर्दछ जिन्दगीमा । ‘नथिया’ लेखिसक्दा एउटा किताबको मायामा डुबेपछि एउटा लेखकको जिन्दगीमा कति फरक पर्दछ भन्ने प्रत्यक्ष थाहा पाएँ ।
मारियो भर्गास लोसाले यसै भनेका होइन रहेछन्—‘पुस्तक लेखन ऐकान्तिक कर्म हो । बाँकी दुनियाबाट आफूलाई पूर्णत: अलग्याएर नितान्त आफ्नै पागलपन र यादहरूमा चुर्लुम्म डुब्नु हो।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending