Khabar Dabali १० माघ २०८२ शुक्रबार | 23rd January, 2026 Fri
Investment bank

टक्क रोकियो भविष्य यात्रा

\"\"काठमाडौं । मनु ब्राजाकीको एउटा असरदार कथा छ, ‘अन्नपूर्णाको भोज’ । त्यस कथामा किशोर नेपाल, विमल निभा, ज्ञानुवाकर पौडेल, सन्तोष भट्टराईहरू सँगै भोज खाइरहेका छन् । भोजमा प्रजातन्त्र, माक्र्सवाद, युरो कम्युनिजम, नयाँ जनवादजस्ता ठूला विषयमा व्याख्या चल्छ । तर किशोर, विमल, ज्ञानुवाकरहरूलाई माछाको झोल खुवाउने अन्नपूर्णाचाहिँ भोकै छे । अन्नपूर्णा जुठा भाँडामध्ये पिर्कामा बसेर रिकापीबाट एक मुठी फुको चिउरा निबुवाको पुरानो अचारसँग बुक्याउँछे । ऊ मुखको स्वाद फेर्न माछा पकाएको कराहीको बिटमा जमेको फिँज चाट्छे । अन्त्यमा कथाकारको प्रश्न छ, ‘के स्वास्नीहरूको मत सुरक्षित छ ? ’ अाजको अन्नपूर्णमा लेखिएको छ-भर्खर जारी भएको नेपालको संविधानमा अन्नपूर्णाहरूको मत कति सुरक्षित भयो, त्यसको राम्ररी भेउ नपाउँदै ती मास्टर पिस आख्यानकार, क्वालिटी गजल लेख्ने मनु ब्राजाकीको कलम शुक्रबार बिहानदेखि रोकिएको छ । ७५ वर्षको उमेरमा उनले संसार त्यागे । मस्तिष्काघातका कारण केही समयदेखि उपचाररत ब्राजाकीको पाटन अस्पतालमा उपचार भइरहेको थियो । ब्राजाकीका कथाका पात्र किशोर नेपाललाई अहिले पाइन्ट र कमिज लगाएको, झोला बोकेको मनु ब्राजाकीको सम्झना आइरहेको छ । भन्छन्, ‘मनु मेरो नजिक आएर मलाई सोधिरहेको छ- किशोर तँ के गर्दै छस् ? ’ ब्रान्डेड कथाकारको कथामा पात्र बनेको सन्दर्भलाई किशोर सम्झन्छन्, ‘मनुले भनेको थियो, ‘म कथामा तेरोबारे पनि लेख्छु ।’ किशोर भन्छन्, ‘मनु इन्टेलिजेन्ट कथाकार हुन् । सादत हसन मन्टोका कथाबाट उनी प्रभावित थिए । पीडा र वेदनालाई लेख्ने उनको आफ्नै कथा–शैली थियो । कथाको संरचनामा अराजकता पनि मिसिएको थियो । म पत्रिकाको सम्पादक भएको बेला आउँथ्यो, पैसा दिन्थेँ । ऊ मलाई भेट्न आइरहेको हुन्थ्यो ।’ दुईपटक ब्रेन स्ट्रोक हुँदा पनि उनको कलम रोकिएको थिएन । काठमाडौं सैंबुस्थित निवासमा छोरीसँगै बसेर उनी निरन्तर साहित्य साधनामा थिए । ‘तिम्री स्वास्नी र म’, ‘मार्‍यो च्याङ्बा मार्‍यो असिनामा पार्‍यो’, ‘अन्नपूर्णाको भोज’, ‘पारदर्शी मान्छे’लगायत कथा लेखेर आधुनिक नेपाली कथामा व्यंग्य र मनोविज्ञानको बेग्लै धरहरा खडा गरेका थिए ब्राजाकीले । उनका ‘अवमूल्यन’ (२०३८), ‘आकाशको फल’ (२०५२), ‘तिम्री स्वास्नी र म’ (२०४६), भविष्ययात्रा (२०५२), ‘पारदर्शी मान्छे’ (२०६०), ‘मनु ब्राजाकीका कथाहरू’ (२०७०), ‘अन्नपूर्णाको भोज’, (२०७०) कथासंग्रह प्रकाशित छन् । कथासंग्रह ‘तिम्री स्वास्नी र म’ले ०४६ को साझा पुरस्कार प्राप्त गरेको थियो । ‘काँडाका फूलहरू’ र ‘गजलगंगा’ गजलकृति लेखेका उनलाई नेपाली गजलको पुनरुत्थानमा विशेष सम्झना गरिन्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending