Khabar Dabali १९ बैशाख २०८३ शनिबार | 2nd May, 2026 Sat

नेपाली कामदारलाई साउदी अरबको रोजगारी गुम्दै

\"\"काठमाडौं । नेपाली कामदारका लागि मलेसियापछि राम्रो गन्तव्य मानिएको साउदी अरबको रोजगारी धरापमा पर्ने अवस्था आएको छ। साउदी सरकारले विकास निर्माणको बजेट कटौतीसहित भिजन २०३० सार्वजनिक गरेसँगै नेपाली कामदारले साउदीमा पाउँदै आएको रोजगारीमा क्रमसः गुम्दै गएको छ। साउदीमा हाल १२ प्रतिशत जनसंख्या बेरोजगारी छ । आजको अन्नपूर्णमा खबर छ-सरकारले सन् २०३० भित्र देशको १२ प्रतिशत बेरोजगारीलाई पाँच प्रतिशतमा झार्ने भन्दै गरेको निर्णयको प्रत्यक्ष असर नेपाली कामदारमा परेको वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङ बताउँछन्। साउदीमा सञ्चालित बहुराष्ट्रिय कम्पनीले हाल विदेशी कामदार कटौती गरिरहेका छन्। साउदी सरकारले पछिल्ला दुई वर्षदेखि विकास निर्माणभन्दा बढी सिमा सुरक्षामा रकम विनियोजन गरिरहेको छ। यसका कारण साउदी अरबमा लामो समयदेखि सञ्चाल भइरहेका बहुराष्ट्रिय कम्पनी धमाधम बन्द भइरहेका छन्। नेपालबाट सबैभन्दा बढी कामदार भौतिक संरचना निर्माणमै जाने गरेका छन्। साउदी सरकारले आफ्नो देशका युवाको बेरोजगारी घटाउन हरेक क्षेत्रमा अनिवार्य रूपमा १० प्रतिशत कामदार आफ्नै देशको हुनु पर्ने भन्दै लागू गरेको नियमका कारण पनि रोजगारीमा संकट आएको संघका निवर्तमान प्रथम उपाध्यक्ष कुमुद खनाल बताउँछन्। ‘मंगलबार मात्रै साउदी सरकारले १२ क्षेत्र विदेशी कामदारका लागि प्रतिबन्ध लगाएको छ’, खनालले भने, ‘साउदी सरकारको यो निर्णयले तत्कालनै असर नगरे पनि अर्को वर्ष यसको प्रत्यक्ष असर नेपाली कामदारलाई गर्छ।’ साउदीको मोबाइल फोन बेच्ने तथा मर्मत गर्ने पसलम ा नेपाली कामदारको बर्चस्व थियो। तर, अहिले यस्तो काममा साउदीका युवा प्रयोगमा ल्याउँदा नेपाली कामदारले पाउँदै आएको रोजगारी धरापमा पर्ने उनको भनाइ छ। यसैगरी महिलाले प्रयोग गर्ने भित्रि कपडा बेच्ने ठाउँमा महिला हुनैपर्ने साउदी सरकारको नयाँ व्यवस्थाले पनि कामदारको माग घट्ने निश्चित छ। साथै, सबै कम्पनीको एडमिन म्यानेजर, एचआर, एकाउन्टेन्ट र सिसेप्सनिस्ट पनि साउदीकै हुनेपर्ने अर्को नयाँ नियमले पनि नेपाली कादारले पाउँदै आएको इन डोर रोजगारी गुमिरहेको छ। यसैगरी तरकारी तथा माछा मासु बजारमा रकम लिने कामदार र मालिक साउदीकै हुनुपर्ने व्यवस्थाले पनि नेपालीको रोजगारीमा झन् संकट उत्पन्न हुने उनको भनाइ छ। नेपालमै पर्याप्त रोजगारीका अवसर सिर्जना नभएको अवस्थामा सरकारले नेपाली कामदारको कोटा सुनिश्चित गर्दै दुई पक्षीय श्रम सम्झौत गर्नु पर्ने म्यानपावर व्यवसायी बताउँछन्। यसैगरी मोटर वर्कसपमा पनि साउदीकै कामदार हुनुपर्ने व्यवस्था गरिएको छ। नेपालले रोजगारदाता कम्पनीको सहमति बिनै फ्री भिसा तथा टिकटको निर्णयले पनि साउदीको रोजगारीमा संकट आएको थियो। झन् पछिल्लो सयम साउदी सरकारको एक पछि अर्को निर्णयले साउदीका रोजगारीमा संकट आउने निश्चित भएको छ। रोजगारदाता कम्पनीले बिनालगानी भारत, पाकिस्ता, श्रीलंका र बंगलादेशबाट कामदार लैजान पाएको छ। तर, नेपालबाट कामदार लैजाँदा भिसाको साथै टिकटको पैसा समेत पठाउनुपर्दा थप आर्थिक भारबाट जोगिन पनि अन्य देशबाट कामदार आपूर्ति गरिरहेको गुरुङ बताउँछन्। नेपालीका कामदारका लागि लामो समयदेखि साउदी अरब दोस्रो गन्तव्यको रूपमा थियो। तर, सन् २०१७ देखि भने यो चाथौ गन्तव्य बनेको छ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending