Khabar Dabali १० माघ २०८२ शुक्रबार | 23rd January, 2026 Fri
Investment bank

पार्टी एकताभन्दा पहिला सरकार गठन गर्ने, पछि मात्रै एकता

\"\"काठमाडाैं । केन्द्रमा नयाँ सरकार गठनपछि मात्रै एमाले–माओवादी केन्द्र एकता टुंगिने भएको छ। माओवादीले पार्टी एकता पहिले टुंग्याएर सरकार गठन गर्नुपर्ने प्रस्ताव अघि सारे पनि एकीकृत पार्टीको नेतृत्व, कार्यदिशालगायत विषय निष्कर्षमा नपुग्दा एकता प्रक्रिया पछि धकेलिएको हो ।  नयाँ सरकार निर्माण, राष्ट्रपति, सभामुखलगायत चुनाव सकेर मात्रै यो विषयमा ‘निर्णायक’ छलफल हुने माओवादी वरिष्ठ नेता तथा पार्टी एकता संयोजन समिति सदस्य रामबहादुर थापा (बादल) ले बताएका छन् । आजको अन्नपूर्णमा खबर छ-‘हाम्रो चाहना नयाँ सरकार गठनअघि नै पार्टी एकता गर्ने गरी जानुपर्छ भन्ने थियो तर अहिले सरकार गठनअघि एकता प्रक्रिया निष्कर्षमा पुग्ने देखिएन’, नेता थापाले माओवादीका प्रदेश ३ का सांसदलाई बुधबार पेरिसडाँडामा प्रशिक्षण दिँदै भने, ‘अब सरकार गठन प्रक्रियाले पूर्णता पाएपछि मात्रै पार्टी एकताको विषय निष्कर्षमा पुग्छ।’ पार्टी एकता धकेलिने भएपछि राष्ट्रपति, सभामुखदेखि सबैमा दुई पार्टीले सिट संख्याका आधारमा दलीय भागबन्डा लगाउने भएका छन्। माओवादी नेता थापाले सबै पद दुई पार्टीबीच सहमतिका आधारमा टुंग्याउने र लगत्तै पार्टी एकताको निर्णायक वार्ता हुने बताएको माओवादी केन्द्रका नेता कुमार पौडेलले जानकारी दिए। ‘सरकारको कामले पार्टी एकताको छलफल पछि धकेलियो, अब यो सरकार गठनपछि नै निर्णायक मोडमा जान्छ’, थापालाई उद्धृत गर्दै पौडेलले अन्नपूर्णसँग भने, ‘राष्ट्रपति, सभामुखलगायत सबै विषयमा अब सहमति गरेर भागबन्डा हुन्छ। एकतिहाइका हिसाबले सरकारमा माओवादीले एमालेसँग गठबन्धन सरकारमा सहभागिता जनाउँछ।’ वाम गठबन्धन बनाएर एमाले–माओवादीले प्रतिनिधिसभादेखि प्रदेशसभासम्मको चुनाव संयुक्त घोषणापत्र बोकेर लडेका थिए। घोषणापत्रमा उल्लेख एजेन्डामा टेकेर वाम गठबन्धनकै सरकार निर्माण हुने बताएका थापाले एकता प्रक्रियामा भाँजो हाल्न खोज्नेहरूको सक्रियताका कारण सरकार गठनअगाडि एकता निष्कर्षमा पुग्न नसकेको बताए। ‘पार्टी एकता हुनुपर्छ तर एकतामा भाँजो हाल्ने प्रयास अहिले हुन थालेको छ। पार्टी नेतृत्व नदिने र माओवादीलाई साइजमा ल्याउने प्रयासमा एमालेभित्रका केही साथी लाग्न खोजिरहनुभएको छ, यसले पनि समस्या ल्याइरहेको छ’, थापाको भनाइ थियो। पार्टी नेतृत्वका सवालमा विभिन्न विकल्पमा छलफल भए पनि छलफल निष्कर्ष उन्मुख हुने संकेत नदेखिएको थापाले प्रस्ट्याएका थिए। ‘पटक–पटक एमाले मूल नेतृत्वसँग छलफल भएका छन् तर ठोस निष्कर्षमा पुग्न सकिएको छैन’, थापाले भने। पार्टी मूल नेतृत्वको विषयमा दुई वटा विकल्पमा छलफल भएको उनको भनाइ थियो। ‘पार्टी एकतापछि अध्यक्षमण्डल बनाएर पार्टी एकता गर्ने वा संसदीय दलका नेता र प्रधानमन्त्री एक जना, एकीकृत पार्टी अध्यक्ष एक जना हुने गरी जाने भन्ने विकल्पमा छलफल छ’, थापाले भने, ‘तर टुंगो लाग्न गाह्रो भइरहेको छ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending