Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

एमाले नेता नेपाल सरसफाइमा सहभागी

काठमाडौँ, सधैँजसो राजनीतिक कार्यक्रममा व्यस्त रहने पूर्वप्रधानमन्त्री एवम् नेकपा(एमाले)का नेता माधवकुमार नेपाल आज कुचो लिएर सडक बढार्ने कार्यमा सक्रिय रहे ।

नेपाल निजामती कर्मचारी सङ्गठन जिल्ला कार्य समिति काठमाडौँले भूकम्पका कारण विभिन्न रोग आउन सक्ने भन्दै आज सहिदढोकादेखि टुँडिखेलभित्रको अस्थायी शिविरसम्म आयोजना गरेको सरसफाइ कार्यक्रममा नेता नेपालले नेतृत्व गरे ।

पूर्वप्रधानमन्त्री नेपालले माक्स र पञ्जा लगाएर कुचो समाउँदै सडक सफा गरेको दृश्य कम रोचक थिएन । उनलाई युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेलले सघाएका थिए ।

नेता नेपालले विनाशकारी भूकम्पले मुलुकमा ठूलो धनजनको क्षति भएको हुँदा सरकारले प्रभावित स्थानमा अविलम्ब उद्धार, राहत उपलब्ध गराउँदै सर्वसाधारण बस्दै आएको घरको जोखिम न्यूनीकरणका लागि व्यवस्था गर्नुपर्ने बताए ।

मन्त्री पौडेलले भूकम्पले गर्दा विभिन्न रोगको सङ्क्रमण तथा महामारी फैलन सक्ने आशङ्का गर्दै त्यसलाई रोक्न सरसफाइमा जोड दिनु पर्ने धारणा राखे ।

सङ्गठनका केन्द्रीय अध्यक्ष पुण्यप्रसाद ढकाल र काठमाडौँका अध्यक्ष ध्रुवबहादुर कार्कीले भूकम्पका कारण देशमा उत्पन्न भएको दुःखदायी परिस्थितिमा विभिन्न प्रभावित जिल्लाका जनतालाई राहत सङ्कलन भइरहेको जानकारी दिँदै अस्थायी शिविरमा सफाइ गरी जनचेतना फैलाउन सो कार्यक्रम गरिएको बताउनुभयो । नेता नेपालद्वारा राहत वितरण यसैगरी नेता माधवकुमार नेपालले काठमाडौँ क्षेत्र नं २ अन्तर्गतका विभिन्न स्थानमा खाद्य सामग्री र पाल वितरण गरेका छन् ।

विनाशकारी भूकम्पपछि मुलुकले भोग्नुपरेको सङ्कटलाई ध्यानमा राख्दै उद्धार तथा राहतको टोली लिएर प्रत्येक दिनजसो त्रिपाल, पाल, खानेकुरा, स्वास्थ्य टोली, निःशुल्क क्यान्टिनजस्ता कुराको व्यवस्थापन तथा अनुगमन गरेकाे नेता नेपालका स्वकीय सचिव मोहन गौतमले जानकारी दिए ।

नेता नेपालले आइतबार लप्सेफेदी–नाङ्लेभारे क्षेत्रमा १५०, पालुबारीमा १००, इन्द्रायणीमा १२८, लप्सेफेदी–२ र ३ मा ७५, घुमारचोकमा १००, भुल्बुमा ८० र डाँछीमा ८० बोरा चामल वितरण गरेका थिए ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending