Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

प्रधानमन्त्रीले सम्झिए बुद्ध वाणीः भूकम्पपीडितलाई मन, वचन र कर्मले सहयोग गर्न आग्रह

काठमाडौँ, प्रधानमन्त्री सुशील कोइरालाले विश्वभरका बुद्ध धर्मावलम्बीहरुलाई बुद्धका वाणी र व्यवहारलाई स्मरण गरी भूकम्पपीडितहरूलाई मन ,वचन र कर्मले सहयोग गर्न अनुरोध गरेका छन् । पच्चीस सय ५९ औँ बुद्ध जयन्तीका अवसरमा आज दिएको शुभकामना सन्देशमा उनले शान्तिका अग्रदूत भगवान् गौतम बुद्धले अहिंसा, सत्यवादिता, अपरिग्रह, पारस्पारिक सहयोग र परोपकारका लागि दिनुभएको सन्देश शाश्वत छन् भन्दै प्राकृतिक प्रकोप, हिंसा र द्वन्द्वको असैह्य पीडा भोगेको नेपाली समाजका लागि बुद्धले देखाउनु भएको शान्तिको मार्गको विकल्प नभएको बताएका छन् । प्रधानमन्त्री कोइरालाले सन्देशमा आपसी सद्भाव, सहकार्य, एकता र मेलमिलाप नै प्राकृतिक प्रकोपबाट जोगाउने शक्ति भएका र त्यस्ता प्रकोपको पीडाबाट बाहिर निस्केर विकासलाई गति दिएपछि मात्र आम नागरिकलाई सुख र समृद्धि प्राप्त हुन सक्ने उल्लेख गरेका छन्  । सन्देशमा उनले जनताको सुख र समृद्धिका लागि कार्यरत सम्पूर्ण राजनीतिक दलका नेता र कार्यकर्तासहित समस्त नेपाली दिदीबहिनी तथा दाजुभाइहरुलाई राहत कार्यमा जुट्दै भगवान् गौतम बुद्धले देखाएको शान्ति र सद्भावको मार्ग अवलम्बन आग्रह गरेका छन् । कठोर साधनाद्वारा भगवान गौतम बुद्धले प्राप्त गरेका ज्ञान आज पनि उत्तिकै सान्दर्भिक रहेका र तिनले विश्व मानव समुदायलाई शान्तिको मार्गबाट उन्नतिको बाटो पहिल्याउन प्रेरित गरिरहेका छन् भन्दै प्रधानमन्त्री कोइरालाले नेपालका राष्ट्रिय विभूति एवम् एसियाका तारा गौतम बुद्धको जीवन र ज्ञानका समग्र पक्षको अध्ययन अनुसन्धान गर्दै तिनको प्रचार प्रसार गरेर नेपालको गौरव अझ अभिवृद्धि गराउन सकिने विश्वास व्यक्त गरेको छ । यही वैशाख १२ गतेको अकल्पनीय भूकम्पबाट भएको ठूलो जनधनको क्षतिले समस्त नेपाली मर्माहत भएको समयमा हामी २५५९ औं बुद्ध जयन्ती मनाउन लागिरहेका स्मरण गराउँदै विपतको यस घडीमा स्वदेश तथा विदेशमा रहेका समस्त नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गरेका छन् । पच्चीस सय ५९ औँ बुद्ध जयन्तीले आफ्नो धर्म, संस्कृति र परम्पराप्रति आस्था राख्ने सबैलाई शान्ति र अहिंसालाई पालना गर्दै सत्कर्ममा लाग्न सबैलाई प्रेरणा दिन सकोस्, भगवान् गौतम बुद्धको शान्ति र अहिंसाको मार्ग अवलम्वन गर्दै स्वदेशमा मात्र हैन विश्वमा शान्ति फैलाउने कार्यमा नेतृत्व लिन नेपालीलाई प्रेरणा प्राप्त हुन सकोस् भन्ने कामना प्रधानमन्त्रीले गरेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending