म र मेरी साथी समलिङ्गी होइनौँ अर्थात् हामी एकअर्काप्रति शारीरिक रूपमा आकर्षित छैनौँ । हामीबीचको आकर्षण आत्मक हो । यसकारण विगत करिब ४० वर्षदेखि हामीसँगै बस्दै आएका हौँ । अहिले हामी ७० वर्षका भयौँ । सँगै बस्ने निधो गर्ने बेला हामी करिब ३० वर्षका थियौँ ।जवानीका बेला हामीलाई आत्मसन्तुष्टिको चाह थियो । मलाई पनि र उनलाई पनि । म र मेरी साथी दुईजनासँगै बस्ने निधो गर्नुको सबैभन्दा ठूलो कारण यही हो ।
प्रतिकृया लेख्नुहोस्: