Khabar Dabali ११ माघ २०८२ शनिबार | 24th January, 2026 Sat
Investment bank

मेरुदण्ड पीडित बम्जनलार्इ जनप्रगतिशिल मञ्च युराेपको १ लाख ५ हजार सहयोग

\"\"काठमाडाैं । ५ बर्ष अघि मेरुदण्डमा चोट लागेर उपचार नपाएका सिन्धुली घ्याङ्लेक-१ का सुरेन्द्र कुमार बम्जनलार्इ नेकपा माअोवादी केन्द्रको जनप्रगतिशिल मञ्च युराेप शाखाले अार्थिक सहयोग गरेको छ । माअोवादी केन्द्रीय कार्यालयमा मंगलबार एक कार्यक्रमबीच बम्जनलार्इ युराेप शाखाले १ लाख ५ हजार रूपैयाँ सहयोग गरेको हो । माअोवादीका अन्तराष्ट्रिय विदेश विभाग सचिव युवराज चाैलागाइँको प्रमुख अातिथ्यमा भएको कार्यक्रममा बम्जनलार्इ रकम हस्तान्तरण गरिएको वाइसिएलका केन्द्रीय सदस्य तथा गायक नविन खड्काले खबरडबलीलार्इ जानकारी दिए । जनप्रगतिशिल मञ्च युराेपका महासचिव गंगा भुसाल रकम हस्तान्तरणका लागि नेपाल अाएका थिए । भुसालको अध्यक्षतामा भएको कार्यक्रमको विशेष अातिथ्य गरेका माअोवादीका युराेप सहसंयाेजक कर्ण शाहीले थप ५ हजार रूपैयाँ सहयोग गरेका थिए । शाहि हाल युकेमा कार्यरत छन् । कार्यक्रममा चाैलागाइँले जनयुद्दमा लागेर घाइते भएका तथा पछि पार्टी मातहत जोडिन अाएर उपचार अभावमा बसेकाहरूलार्इ छुट्टै कोष खडा गरेर उपचारमा सहयोग गर्ने बिषयमा पार्टीमा छलफल भइरहेको बताए । त्यस्तै भूसालले युरोपमा बसोबास गर्ने सहयोगी मनहरूबाट संकलित रकम हस्तान्तरण गरेको बताउँदै बम्जनलार्इ धेरथोर सहयोग गरेको बताए । हाल सम्म अपाङ्ग जीवन बिताउन बाध्य बम्जनका दुइ छोरा छन् । आफ्नो सम्पुर्ण जायजेथा बेचेर उपचार गर्दा समेत ठिक हुन नसके पछी उनी हाल ह्विल चियरको सहायतामा जीवन बिताउँदै आएका छन । ‘नेपालका विभिन्न अस्पतालमा उपचार गराउदा भएको सबै सम्पत्ति सकियो अब उपचारको लागी भारतको नया दिल्लीमा जानुपर्ने डाक्टरहरु ले सल्लाह दिएका छन’बम्जनले खबरडबलीसँग भने, ’३० लाख रुपैयाँ खर्च लाग्छ भन्छन कहाँबाट ल्याउनु त्यत्रो पैसा ।’ जनयुद्धकाल देखि माओवादी पार्टीमा सक्रिय रूपमा लागेका बम्जन हाल सम्म सिन्धुलिमा ईमानदार र जुझारु कार्यकर्ताको रूपमा चिनिन्छन भने उनले माओवादी केन्द्रका सम्पुर्ण नेता कार्यकर्ताहरु लाइ आफ्नो उपचारको लागी सहयोग गरिदिन अपिल समेत गरेका छन । त्यस्तै प्रगतिशील कलाकार संघ युएईले डिसेम्बर १५ तारीख बृहत साँस्कृतिक कार्यक्रमको आयोजना गरेर बम्जन उपचारमा सहयोग पुर्याउन केहि रकम संकलनसमेत गरेको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending