Khabar Dabali २८ जेष्ठ २०८३ बिहीबार | 11th June, 2026 Thu
Investment bank

अमेरिकामा हिउँदे आँधीको असर: लाखौं परिवार प्रभावित हुने सम्भावना

खबरडबली संवाददाता

एटलान्टा। अमेरिकाको पूर्वी क्षेत्रका दुई–तिहाइ भूभागमा शक्तिशाली हिउँदे आँधीको पूर्वानुमान गरिएसँगै करोडौं मानिस विद्युत आपूर्ति अवरुद्ध हुने र घर तताउने सुविधा गुम्ने जोखिममा परेका छन् ।

दक्षिण क्यारोलिनाको न्युएबरी इलेक्ट्रिक कोअपरेटिभका प्रमुख कार्यकारी अधिकृत किथ एभरीले आवश्यक जनशक्ति र उपकरण तैनाथ गर्न टोलीसँग समन्वय गरिरहेको बताए। एभरीका अनुसार सन् २०२४ मा १४ हजार ग्राहकलाई प्रभावित पारेको थियो, तर यस पटकको आँधी अझै खतरनाक हुन सक्ने उनको चिन्ता छ । “मलाई बरफे आँधी सबैभन्दा डर लाग्छ,” एभरीले भने। 

अधिकारीले वर्षाका कारण विद्युत प्रणालीमा गम्भीर असर पर्न सक्ने भन्दै अमेरिकी नागरिकलाई सतर्क रहन आग्रह गरेका छन् । दक्षिणी राज्यमा विद्युत अवरुद्ध हुनु भनेको केवल बत्ती निभ्नु मात्र नभई घर तताउने सुविधा नै बन्द हुनु हो । अमेरिकी जनगणना ब्युरोका अनुसार अलाबामा, जर्जिया, टेक्सास, टेनेसी, क्यारोलिनाका राज्य लगायत धेरै क्षेत्रमा अधिकांश घर विद्युतबाट नै तताइन्छन् ।

टेक्सासको सन् २०२१ को सङ्कटबाट सिकाइ

सन् २०२१ मा आएको विन्टर स्टर्म ‘युरी’ ले टेक्सासको विद्युत प्रणाली पाँच दिनसम्म ध्वस्त पारेको थियो, जसका कारण २४६ जनाको ज्यान गएको थियो । विशेषज्ञका अनुसार उक्त सङ्कट मुख्यत: विद्युत केन्द्र र प्राकृतिक ग्यास प्रणालीलाई चिसो मौसम अनुकूल नबनाइएकाले भएको थियो ।

ग्रिडरेभेन नामक कम्पनीका प्रमुख कार्यकारी अधिकृत जर्ज रुटेले युरीबाट धेरै पाठ सिकिएको भए पनि अत्यधिक चिसोका बेला ट्रान्समिसन लाइनमा समस्या देखिन सक्ने चेतावनी दिएको छन् । टेक्सासका गभर्नर ग्रेग एबोटले राज्यको विद्युत ग्रिड अहिले पूर्ण रूपमा तयार रहेको दाबी गरे पनि बरफले तारमा भार बढ्दा र रुख ढल्दा स्थानीय रूपमा विद्युत अवरोध हुन सक्ने स्वीकार गरेका छन् ।

कमजोर समुदाय बढी प्रभावित

विशेषज्ञका अनुसार विद्युत अवरोधले सामाजिक असमानता पनि उजागर गर्छ । अध्ययन अनुसार हिस्पानिक समुदायमा बढी विद्युत अवरोध देखिएको छ भने अश्वेत समुदायमा लामो समयसम्म विद्युत नआउने समस्या बढी देखिएको छ । विद्युत बन्द हुँदा चिकित्सकीय उपकरण प्रयोग गर्ने, शिशु स्याहार गर्ने तथा न्यून आय भएका परिवार झनै जोखिममा पर्छन् ।

न्युयोर्क सिटी युनिभर्सिटीकी समाजशास्त्री जेनिफर लर्डका अनुसार करिब छ जनामध्ये एक अमेरिकी परिवार पहिल्यै ऊर्जा बिल तिर्न ढिला गरिरहेको अवस्थामा थप चिसोले आर्थिक बोझ अझै बढ्न सक्छ । “आँधी सकिएको एक-दुई महिनापछि ठूलो बिल आउँछ, जसले धेरै परिवारलाई विद्युत विच्छेदको जोखिममा पुर्याउँछ,” उनले भने।

विद्युत कम्पनी सतर्क

दक्षिणपूर्वी अमेरिकाका विद्युत सेवा प्रदायकले सम्भावित लामो समयसम्मको विद्युत अवरोधका लागि तयारी गर्न उपभोक्तालाई आग्रह गरेका छन् । ड्यूक एनर्जीले उत्तर र दक्षिण क्यारोलिनामा लाखौं ग्राहकलाई सेवा दिने भन्दै हजारौं कर्मचारीलाई तयारी अवस्थामा राखेको जनाएको छ । त्यसै गरी, टेनेसी भ्याली अथोरिटीले विगतका अनुभवबाट सिकेर सयौं मिलियन डलर लगानी गरी विद्युत प्रणालीलाई चिसो मौसम अनुकूल बनाइएको दाबी गरेको छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

फुटबलर विशाल राखेपको उपाध्यक्ष नियुक्त, राखेपद्वारा स्वागत

काठमाडौँ। नेपाली राष्ट्रिय फुटबल टोलीका गोलरक्षक विशाल श्रेष्ठ राष्ट्रिय खेलकुद परिषद् (राखेप)को उपाध्यक्षमा नियुक्त भएको छन् । शिक्षा तथा खेलकुदमन...

ओलीलाई रास्वपाको सदस्य बनाइएको फेक पोस्टरबारे एमाले सांसदको आपत्ति

काठमाडौं। प्रतिनिधिसभा बैठकमा सामाजिक सञ्जालमा फैलाइएको फर्जी पोस्टरको विषय उठाइएको छ। उक्त पोस्टरमा केपी शर्मा ओली लाई राष्ट्रिय स्वतन्त्र पार्टी (रा...

ट्राफिक कारबाहीमा एकैदिन २० लाख २१ हजार राजस्व सङ्कलन

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार २९७ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा २० लाख २१ हजार  राजस्व दाखिला भएको छ ...

इभी आयात प्रकरणमा संसदीय छानबिन समिति आवश्यक - राप्रपा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले विद्युतीय सवारीसाधन (इभी) आयात सम्बन्धी विषयमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गरेको छ। ...

आरोप प्रमाणित भए सार्वजनिक जीवन त्याग्न तयार छु : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्ले ले विद्युतीय सवारीसाधन (ईभी) मा कर बढ्ने सूचना चुहाएको आरोप प्रमाणित गर्न चुनौती दिएका छन्। आरोप पुष्टि भए आफू ...

नेपालमा नयाँ प्रकारका ड्रग्सको प्रयोग बढ्दो: १९–४५ उमेर समूह जोखिममा

काठमाडौँ। नेपालमा लागुऔषधको दुर्व्यसन र कारोबार जटिल बन्दै गएको अवस्थामा लागुऔषध नियन्त्रण ब्युरोले सीमित स्रोतसाधनका बाबजुद आफ्नो सक्रियता बढाएको छ। ...

कर्णाली करिडोर भासियो, यातायात ठप्प

कालीकोट। लगातारको वर्षासँगै आएको पहिरो र कटानका कारण कर्णाली करिडोर सडकखण्डमा ठुलो क्षति पुगेको छ। करिडोरको कालीकोट खण्डमा पर्ने सडकको एक भाग भासिएर क...

सुन प्रतितोला ५ हजार १०० रुपैयाँले घट्यो, चाँदी पनि सस्तो

काठमाडौँ । नेपाली बजारमा आज सुन र चाँदीको मूल्यमा उल्लेख्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ५ हजार...

रौतहटमा ९० लाखको फर्सीको बीउ बरामद

गौर। रौतहटको बौधीमाई नगरपालिका–७ बंकुल टोलबाट प्रहरीले अवैध रूपमा राखिएको करिब ९० लाख १६ हजार रुपियाँ बराबरको फर्सीको बीउ बरामद गरेको छ। विशेष सूचनाको...

आयातित सवारीमा ५ अर्बभन्दा बढी राजस्व हिनामिना भएको राप्रपाको आरोप

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की प्रमुख सचेतक खुस्बु ओलीले आयातित सवारीसाधनमा गलत वर्गीकरण गरी ठूलो परिमाणमा राजस्व हिनामिना भएको आ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending