Khabar Dabali १२ माघ २०८२ आईतवार | 25th January, 2026 Sun
Investment bank

इतिहास खोज्दै एमाले महासचिव पोखरेल शताब्दी पुरुष सत्यमोहन जोशीको निवासमा

\"\"काठमाडौं । “उसबेला बूढानीलकण्ठदेखि शंखमूल–पाटनसम्मलाई एउटै विशालनगर भनिन्थ्यो ।” शताब्दी वाड्यमय पुरुष सत्यमोहन जोशीले नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेललाई भने “लिच्छविकालीन राजधानी मानिने हाँडीगाउँ आसपासका ठाउँमा नेपालको पहिलो प्रामाणिक अभिलेख मानिने प्रस्तर मूर्तीहरु पनि पाइएका थिए । त्यसको उचित संरक्षण गर्न सक्नुपर्छ ।”

जोशीले पछिल्लो पुस्तक ‘नेपाली कलाको रुपरेखा (प्राचीन र मध्यकालीन)’ उपहार दिएपछि महासचिव पोखरेलले कैलाशकुट दरबारको इतिहासबारे चासो राख्दा उक्त दरबार हाँडीगाउँमै भएको आधिकारिक दस्तावेज भने हालसम्म नपरेको जवाफ पाए । प्रायः इतिहास, संस्कृतिका अध्येता र सञ्चारकर्मी पुग्ने जोशी निवासमा आज राजनीतिक नेता पुगेर विभिन्न चासो राखेपछि जोशीले खुशी हुँदै भने “आज मेरो घर पवित्र भयो ।” प्रतिनिधिसभा सदस्यको निर्वाचनका क्रममा काठमाडौँ निर्वाचन क्षेत्र नंं ५ बाट उम्मेदवार बन्दा इतिहास, धर्म र संस्कृतिसम्बन्धी गरेका विकासका प्रतिबद्धता पूरा गराउने क्रममा संस्कृतिविद् जोशीसँग नवनिर्वाचित सांसद पोखरेलले आज करिब दुई घण्टा भलाकुसारी गरेका थिए । नेपालको इतिहासको स्वर्णकाल मानिने लिच्छविकालका राजा अंशु वर्मा र मानदेवले हाँडीगाउँबाटै शासन चलाएको मानिन्छ । दुई दशकअघि मालीगाउँमा स्थानीयवासी रामभक्त खड्काले घर बनाउन जमिन खन्दा संवत् १०७ का राजा जय वर्माको ढुंगाको मूर्ति फेला परेको र हाल त्यसलाई छाउनीस्थित राष्ट्रिय संग्रहालयमा राखिएको जोशीले जानकारी दिए । त्यसपछिको अभिलेखमा संवत् ३८७ मा राजा मानदेवले आफ्ना पिता धर्मदेवको स्मृतिमा लाजिम्पाटको धोबीचौरमा विष्णु विक्रान्तको मूर्ति बनाएको भेटिएको छ । महासचिव पोखरेलले निर्वाचन घोषणापत्रमा “लिच्छविकालीन राजधानीका रूपमा वैभवपूर्ण इतिहास बोकेको हाँडीगाउँको विकासलाई विशेष जोड दिइने र हाँडीगाउँको पञ्चधाराको पुनःनिर्माण, टोखालाई ऐतिहासिक र सांस्कृतिक नगरीका रूपमा विकास गरिने” उल्लेख गरेका थिए । यस्तै विष्णु–बूढानीलकण्ठ (नारायणस्थान), टोखा चण्डेश्वरीलगायत अन्य सम्भव स्थानमा धार्मिक, सांस्कृतिक पर्यटकीय पूर्वाधार निर्माण र प्रवद्र्धन कार्यलाई व्यवस्थित गरिने तथा धार्मिक–सांस्कृतिक गन्तव्यका रूपमा प्रवद्र्धन गरिने उहाँको प्रतिबद्धता छ । क्षेत्रका धार्मिक आस्थाका चैत्य, गुम्बा, मस्जिद, चर्च तथा पुरातात्विक महत्वका मठ, मन्दिरको संरक्षण र विकास गरिने पनि उहाँले प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । हाँडीगाउँवासीले लिच्छविकालीन शैलीको कैलाशकुट दरबार बनाउने इच्छा गरेकाले आफूले त्यसका लागि प्रतिबद्धता व्यक्त गरेको सुनाएपछि संस्कृतिविद् जोशीले “चाहेमा गर्न सकिने” जनाउ दिए । धर्मपत्नी मीरा ध्वजू, एमाले केन्द्रीय सदस्य सूर्य थापासहित पुग्नुभएका महासचिव पोखरेलले जोशीका जीवनमा उकाली ओराली र उहाँले गरेका लोक सांस्कृतिक अध्ययन, प्रकाशनबारे जिज्ञाशा राख्दा जोशीले रोचक शैलीमा संस्मरण सुनाएका थिए । जोशीले आफूले मदन पुरस्कार पाएको कर्णालीको लोक संस्कृतिसम्बन्धी र चीनमा बस्दा माओत्सेतुङका कविताको आफूले गरेको अनुवादको पुस्तक घरभित्रबाट खोजेर ल्याए देखाए । ‘अरनिकोकृत श्वेतचैत्य’ र अन्य कृति पनि देखाए । महासचिव पोखरेलले पनि आफूलाई सिकारु लेखक भन्दै ‘माघ १९’ र ‘पूर्वको रातो तारा’ दुई पुस्तक जोशीलाई उपहार दिए । तुल्सीलाल, मनमोहन अधिकारी, सिद्धिलाल सिंहलगायत कम्युनिष्ट नेतासँगका दुःखदायी जीवनीका सन्दर्भ जोशीले सुनाएपछि महासचिव पोखरेलले प्रतिज्ञा गर्दै भने “हो, त्यसबेलाका नेताले धेरै दुःख पाएका थिए । हामीले पनि दुःखको धर्ती छाड्नु हुँदैन, त्यसको जमिनमा टेकेर अघि बढ्नुपर्छ ।” रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending