Khabar Dabali १० चैत्र २०८२ मंगलवार | 24th March, 2026 Tue
Investment bank

रुपन्देहीमा बौद्धिक युवा नेताको उम्मेदवारीले तरङ्ग

खबरडबली संवाददाता

रुपन्देही। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको निर्वाचनका लागि रुपन्देहीमा नयाँ र बौद्धिक स्तरका धेरै युवाको उम्मेदवारी परेको छ । गत माघ ६ गते निर्वाचनका लागि मनोनयन दर्ता गराएका ती युवा नेताहरु चुनावी मैदानमा खटिइरहेका छन् । पुराना दलहरुले पनि केही नयाँ अनुहारका युवालाई उम्मेदवार बनाएका छन् । कुल पाँच निर्वाचन क्षेत्र रहेको रुपन्देहीमा निर्वाचन क्षेत्र नं. २ र ३ मा उम्मेदवारहरु रोचक भिडन्त हने देखिएको छ, जहाँ धेरैजसो नयाँ अनुहारका युवा नेताहरुको उम्मेदवारी परेको छ ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का स्थापित नेता एवम् पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेलले निर्वाचन जित्दै आएको रुपन्देही निर्वाचन क्षेत्र नं। २ मा यसपटक धेरै युवा नेताले उम्मेद्वारी दिएर प्रतिस्पर्धामा उत्रिएका छन् । पटक–पटक मन्त्री बन्नुभएका नेता पौडेलसँग चुनाव लड्न नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट रुपन्देहीको सैनामैना निवासी ३९ वर्षीय युवा सुवास पाण्डे (विश्वदीप) ले उम्मेद्वारी दिएको छन् । तत्कालीन माओवादी जनयुद्धका बेला सानै उमेरदेखि राजनीतिक क्षेत्रमा लाग्नुभएका विश्वदीपले आमसञ्चार र राजनीतिशास्त्रमा स्नातक तहको अध्ययन पूरा गरेको छन् । कम्युनिष्ट नेताहरु पुष्पकमल दाहाल (प्रचण्ड) र डा. बाबुराम भट्टराईको सचिवालयमा बसेर लामो समय काम गरेको विश्वदीप अहिले चुनावी अभियानको क्रममा घरदैलो कार्यक्रममा व्यस्त छन्।

यसै निर्वाचन क्षेत्रमा चुनावी प्रतिस्पर्धा गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का युवा नेता सुलभ खरेलले पनि उम्मेदवारी दिएको छन् । स्पष्ट र उन्नत बिचार राख्न सक्ने प्रष्ट वक्ताका रुपमा परिचित खरेल कानुन व्यवसायी पनि छन्। संविधान र कानुनका परिधिलाई अझ परिस्कृत बनाउनुपर्छ भन्ने एक बौद्धिक युवा नेता खरेलको उम्मेदवारीलाई पनि मुख्य प्रतिस्पर्धीको रुपमा लिइएको छ । आफ्ना चुनावी प्रतिबद्धता लिएर प्रचारप्रसारमा लागेको उनले प्रतिक्रिया दिए। यसै क्षेत्रमा नेपाली कांग्रेसका तर्फबाट प्रतिष्ठित उद्योगी चुन्नु पौडेल पनि चुनावी प्रतिस्पर्धामा छन्। यस क्षेत्रका लागि चिरपरिचित उद्योगी भएका कारण चुन्नु पौडेलको उम्मेद्वारीले पनि चर्चा पाएको छ ।

त्यस्तै, चुनाव चिन्ह जेनजीको जुत्ता लिएर स्वतन्त्र उम्मेदवारी दिएका अर्का युवा नेता निकोलस भनेर चिनिने डा। कमल भुसालले पनि यसै निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिएको छन् । विभिन्न अभियान र आन्दोलनले चर्चामा रहेका डा। निकोलसको उम्मेदवारीलाई पनि निकै महत्त्वका साथ हेरिएको छ । धेरै क्षेत्रको ज्ञान राख्ने स्पष्ट वक्ता भुसालले पनि आफ्ना चुनावी प्रतिबद्धताहरु लिएर घरदैलोमा व्यस्त रहेको बता । स्वतन्त्र रुपमा उम्मेदवारी दिने विभिन्न दलका युवाहरुसहित यस निर्वाचन ४१ जनाको उम्मेदवारी परेको निर्वाचन कार्यालयले जानकारी दिएको छ ।

रुपन्देहीको निर्वाचन क्षेत्र नं. ३ मा पनि नयाँ अनुहार तर यसअघि आफ्नो पेशामा विज्ञता हासिल गरेका युवाहरुको उम्मेदवारी परेको छ । यस क्षेत्रमा एक कार्यकाल नगरप्रमुख र एक कार्यकाल प्रतिनिधि सभा सदस्य समेत हुनुभएका एमालेका स्थापित नेता बासुदेव घिमिरेसँग प्रतिस्पर्धा गर्न राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का युवा नेता पाइलट गौरव बोहोराले उम्मेदवारी दिएको छन् । यसअघि यसै क्षेत्रबाट प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित भएका स्वर्गीय दिपक बोहोराका छोरा गौरवले उम्मेदवारी दिएपछि यहाँ पनि रोचक प्रतिस्पर्धा देखिएको छ ।

समयको माग अनुसार यहाँका बासिन्दाको जीवन स्तर उकास्न आफूले सक्दो पहल गर्ने बताउनुहुने बोहोराको उम्मेदवारीलाई पनि निकै महत्त्वका साथ हेरिएको छ । त्यस्तै यसै निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिएका रास्वपाका युवा नेता डा। लेखजंग थापालाई पनि बलियो उम्मेदवारको रुपमा हेरिएको छ । स्पष्ट र उन्नत बिचार प्रवाह गर्न सक्ने खरो स्वभावका नेता थापाको उम्मेदवारीले रोचक प्रतिस्पर्धा हुने देखिएको स्थानीयहरु बताउँछन् । यस निर्वाचन क्षेत्रबाट नेपाली कांगे्रसका युवा नेता सुशिल गुरुङ्गले उम्मेदवारी दिएको छन। उनी पनि बौद्धिक, निकै उर्जाशील उम्मेदवार भएकाले रोचक प्रतिस्पर्धा हुने नेताहरु बताउँछन् ।

नयाँ राजनीतिक परिस्थितिमा जेनजी आन्दोलनको मर्म अनुसार देश र जनताको हितमा काम गर्ने यी नेताहरुको भनाई छ । युवा नेताहरुको उत्साह र नविन राजनीतिक चेतबाट मतदातालाई थप प्रशिक्षित हुन अवसर जुरेको र उपयुक्त पात्रलाई निर्वाचित गराउनु अहिलेको आवश्यकता रहेको जानकारहरु बताउँछन् । यी युवाको उम्मेद्वारीले यी क्षेत्रको निर्वाचनमा छुट्टै तरङ्ग ल्याउने धेरैको आङ्कलन छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बीमा ऐन उल्लङ्घन गर्ने ८ कम्पनीलाई कारबाही

काठमाडौँ । नेपाल बीमा प्राधिकरण ले बीमा ऐन २०७९ का प्रावधानहरू पालना नगर्ने आठ वटा बीमा कम्पनीलाई कारबाही गरेको छ। प्राधिकरणका अनुसार ऐनले निर्दिष्ट ग...

कपिलवस्तुमा निषेधाज्ञा कायमै, अवस्था सामान्य बन्दै

काठमाडौं । कपिलवस्तु मा जारी गरिएको निषेधाज्ञा तीन दिन बित्दा पनि अझै कायम रहेको छ। कपिलवस्तुको महाराजगञ्ज बर्गदवा क्षेत्रमा दुई समुदायबीच भएको झडप...

उपराष्ट्रपति यादवसँग बङ्गलादेशका राजदूत रहमानको शिष्टाचार भेट

काठमाडौँ। उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि बङ्गलादेशका राजदूत मो शफिकुर रहमानले शिष्टाचार भेट गरेको छन् । लैनचौरस्थित उपराष्ट्रपतिको...

अर्थविद् केशव आचार्यको निधन

काठमाडौँ । वरिष्ठ अर्थविद् केशव आचार्य को निधन भएको छ। उनको सोमबार अन्नपूर्ण न्यूरो हस्पिटल मा उपचारका क्रममा निधन भएको हो। उनका भाइ मदन आचार्य का ...

मौसमजन्य घटनाहरू बढ्दै जाँदा भविष्य नै जोखिममा पर्दैछ : सचिव चटौत

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव (ऊर्जा हेर्ने) चिरञ्जीवी चटौतले जलवायु परिवर्तनका कारण बाढी, पहिरोलगायत चरम मौसमजन्य घटनाहरू बढ्...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो, १५ अर्ब बराबरको कारोबार

काठमाडौँ। यो साता कारोबारको पहिलो दिन उच्च अङ्कले बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज दोस्रो दिन सामान्य अङ्कले बढेको छ । आज नेप्से परिस...

काठमाडौं–दुबई रुटमा नेपाल वायुसेवा निगमका थप दुई उडान

काठमाडौं । नेपाल वायुसेवा निगमले काठमाडौं–दुबई रुटमा थप दुई उडान गर्ने भएको छ। निगमका अनुसार काठमाडौं–दुबई उडान २५ मार्चमा सञ्चालन हुनेछ भने दुबई–क...

सिंहदरबारमा ६ दलका संसदीय कार्यालय तयार

काठमाडौँ। सङ्घीय संसद् सिंहदरबारभित्रबाटै सञ्चालन हुने तयारीसँगै नवनिर्वाचित ६ राष्ट्रिय दलका संसदीय कार्यालयहरू व्यवस्थापन अन्तिम चरणमा पुगेका छन् । ...

राष्ट्रिय महिला आयोगमा नाराबाजी: महिलामाथि हिंसा हुँदा महिला आयोग किन चुप ?

काठमाडौँ । हिंसापीडित महिलाका लागि न्याय माग गर्दै पीडित पक्षले राष्ट्रिय महिला आयोगमा नाराबाजी गरेका छन्। ‘महिला अधिकार सुनिश्चित गर’, ‘महिला हिंस...

राष्ट्रिय महिला आयोगमा नाराबाजी: महिलामाथि हिंसा हुँदा महिला आयोग किन चुप ?

काठमाडौँ । हिंसापीडित महिलाका लागि न्याय माग गर्दै पीडित पक्षले राष्ट्रिय महिला आयोगमा नाराबाजी गरेका छन्। ‘महिला अधिकार सुनिश्चित गर’, ‘महिला हिंस...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: