Khabar Dabali १२ माघ २०८२ आईतवार | 25th January, 2026 Sun
Investment bank

बैद्य माओवादीको प्राथमिकतामा परेनन् प्रचण्ड र बाबुराम, को-कोसँग गर्दैछन् एकता ?

\"\"काठमाडाैं । मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) ले कम्युनिष्ट घटकहरुसँग एकताको आधार तयार गर्न वार्ता टोली तयार गरेको छ । सोमबार र मंगलबार राजधानीमा बसेको स्थायी समिति बैठकले वार्ता टोली तयार गरेको हो । बैठकले नेत्रविक्रम चन्द्र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, मोहनविक्र सिंह नेतृत्वको नेकपा (मसाल) र ऋषि कट्टेलद्वारा नेतृत्व गरिएको नेपाल कम्युनिष्ट पार्टीसँग एकताको आधार तय गर्न ठोस पहल गर्ने निर्णय समेत गरेको छ । तर बैद्यले प्रचण्ड अध्यक्ष रहेको नेकपा माअोवादी केन्द्र र डा. बाबुराम भट्टराइ नेतृत्वको नयाँ शक्तिसँग एकताको लागि भने कुनै निर्णय गरेको छैनन् । प्रचण्ड नेतृत्वको माअोवादीबाट फुटेर बैद्य, बाबुराम र विप्लवले नयाँ पार्टी निर्माण गरेका थिए । नेकपा (क्रान्तिकारी माओवादी)ले जारी गरेको प्रेस वक्तव्य यस्तो छ

प्रेस–वक्तव्य

२०७४ माघ २ र ३ गते महासचिव कमरेड किरणको अध्यक्षतामा पार्टीको स्थायी समितिको बैठक बस्यो । बैठकमा पार्टी एकता र कार्यगत एकतालगायतका विषयका बारेमा लिइएका महत्वपूर्ण निर्णयहरुलाई यस प्रेसवक्तव्य मार्फत् सार्वजनिक गरिएको छ: १– पश्चगामी राज्यसत्ता तथा व्यवस्थाको प्रभुत्व कायम रहिआएको र दक्षिणपन्थी संशोधनवादको हैकम बढ्दै गएको अवस्थामा नयाँ जनवादी क्रान्ति सम्पन्न गरी वैज्ञानिक समाजवाद हुँदै साम्यवादतर्फ अगाडि बढ्ने नीति, कार्यक्रम तथा उद्देश्य अवलम्बन गरेका क्रान्तिकारी कम्युनिस्ट समूह तथा व्यक्तित्वहरुलाई एकताबद्ध गर्नु आजको ऐतिहासिक आवश्यकता हो । तसर्थ, यसबारे गम्भीर हुँदै क. विप्लवद्वारा नेतृत्व गरिएको नेपाल कम्युनिस्ट पार्टी, क. मोहनविक्रम सिंहद्वारा नेतृत्व गरिएको नेपाल कम्युनिस्ट पार्टी (मसाल) तथा क. ऋषि कट्टेलद्वारा नेतृत्व गरिएको नेपाल कम्युनिस्ट पार्टीसहितका संगठनहरु र विभिन्न ठाउँमा छितरिएर रहेका क्रान्तिकारी कम्युनिस्टहरुसित पार्टी एकताका लागि आधार तयार पार्न वार्ता टोली बनाई ठोस पहल गर्ने निर्णय लिइएको छ । २– साथै, उक्त पार्टीहरुसित राष्ट्रियता, जनतन्त्र तथा जनजीविका लगायतका ठोस ठोस विषयमा कार्यगत एकता गरी संयुक्त रूपमा सङ्घर्षमा जानका लागि आवश्यक तयारी गर्ने निर्णय पनि लिइएको छ । ३– लामो समयदेखि भारतीय शासक वर्गले सीमा क्षेत्रका सुस्ता, महेशपुर, कालापानी लगायत विभिन्न ठाउँमा विशाल मात्रामा नेपाली भूभाग मिच्दै आएको छ । लामो समयदेखि कैयौं ठाउँमा सिमास्तम्भ गायब पार्ने काम हुँदै आएको छ । हालै विरगञ्ज महानगरपालिकाको छपकैयामा ५० औं विघा जमिन मिचेर सिमास्तम्भ सारिएका समाचार प्रकाशमा आएका छन् । यस स्थितिमा पार्टी भारतीय विस्तारवादको सीमा अतिक्रमणकारी गतिविधिको घोर विरोध तथा भत्र्सना गर्दछ र यसबारे तुरुन्तै कदम चाल्न सरकारसित जोडदार माग गर्दछ ।

............. मोहन वैद्य(किरण) महासचिव

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending