Khabar Dabali ११ चैत्र २०८२ बुधबार | 25th March, 2026 Wed
Investment bank

किस्ताका लागि रातारात घर

\"\"रामेछाप ।  भूकम्पपीडितलाई पुस मसान्तसम्म डीपीसी गर्न दिएको समयसीमा सकिने दिन जिल्लामा सयौं घरका जग थपिएका छन् ।दोस्रो किस्ता लिने समयसीमा थपिने आशामा घरको जग नहाली बसेका पीडितहरू राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले म्याद थपका विषयमा कुनै सूचना नदिएपछि रातारात घर बनाउन जुटेका हुन् । आजको कान्तिपुर दैनिकमा खबर छ । जिल्लाका अधिकांश स्थानमा रातारात जग थपिएपछि त्यसको नापजाँचका लागि प्राविधिकलाई समस्या परेको छ । ‘हाम्रोमा गए राति नै ३५ घरका जग बने,’ पकरबासका प्राविधिक नवराज श्रेष्ठले भने । उनले पुस मसान्तका दिन बनेका घरहरू माघ १ गते नापजाँच गरी फर्किएका छन् । गुन्सीमा पुस मसान्तमा सुरु भएको घर माघ १ गते बिहानसम्म डीपीसी हुँदै थिए । राति कामै नरोकी गुन्सीमा झन्डै २५ घरका जग तयार भएको इन्जिनियर राजकुमार अहिरले बताए । प्राविधिकहरूले पुस मसान्तभन्दापछि बनेका घर ननाप्ने बताएपछि ग्रामीण क्षेत्रमा जग खन्नेदेखि डीपीसीसम्मको काम एकै दिन भ्याउने थुप्रै पीडित भए । अघिल्लो दिन जग्गा तयार गर्न डोजर लाँदै गरेको देखेका प्राविधिकहरू भोलिपल्ट डीपीसी हालेको खबरले अचम्भित भएका छन् । ‘एकै रात यति धेरै काम हुने रहेछ,’ चिसापानीका इन्जिनियर तोपनारायण पौडेलले भने, ‘पहिलेदेखि यस्तो चेतावनी दिएको भए पुनर्निर्माणको काम यो बेलासम्म सम्पन्न भइसक्ने थियो ।’ जिल्लामा झन्डै २५ प्रतिशतले मात्र जग हालेको भन्दै अधिकांश घर नबनेकाले सरकारले म्याद थप्नेमा पीडितहरू आशावादी थिए । ‘अन्तिम दिनसम्म पनि म्याद थप्ला भन्ने आशा थियो,’ चिसापानीका कृष्णबहादुर श्रेष्ठले भने, ‘रेडियो र टीभीमा समाचार आउला भनेर बसियो तर नआएपछि दोब्बर ज्याला तिरेर रातभरि काम गर्‍यौं । घर निर्माणमा पश्चिमी पहाडबाट आएका डकर्मीहरूले झिपिक्क नसुतेर दोस्रो किस्ता आउने वातावरण बनाइदिए ।’ उनीजस्तै प्राधिकरणले दोस्रो किस्ता लिने समय थप्ला भनेर आशामा बसेका पीडितहरू भने अझै अन्योलमा छन् । ‘डकर्मी अभावमा चाहेर पनि घर बनाउन पाइएन,’ मन्थलीका शमशेर माझी भन्छन्, ‘अझै पनि थपिएला भन्ने आशामा छौं । म्याद थपिएन भने हाम्रो बास कटेरामै हो ।’ जिल्लामा काठ र पानी अभावले घर निर्माण गर्न नसकेका परिवार पनि उत्तिकै छन् । जिल्लाका दक्षिणी भेगका बासिन्दालाई खानेपानी जुटाउनै धौधौ छ ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: