लमजुङ । लमजुङमा निर्माण सम्पन्न माथिल्लो मस्र्याङ्दी ‘ए’ जलविद्युत् आयोजनाको बाँध क्षेत्रमा जोखिम बढेको स्थानीयवासीले गुनासो गरेका छन् । मस्र्याङ्दी गाउँपालिकाअन्तर्गत ङादीमा बाँध क्षेत्रमा बनेको तलाउ वरपर सुरक्षित तारजाली नहुँदा जोखिम भएको हो ।
आयोजनाले बाँधक्षेत्र वरपर केही स्थानमा तारजाली राखे पनि अधिकांश स्थानमा तारवार नगरिँदा स्थानीयवासी, व्यक्ति तथा पशुचौपायलाई खतरा भएको हो । मस्र्याङ्दी नदी र ङादी खोलाको गहिरो तलाउ वरपर कुनै छेकबार नहुँदा स्थानीयवासी समुदाय नै जोखिममा बस्नु परेको स्थानीयवासी सुकमाया श्रेष्ठले बताए । “आयोजनाको तलाउ नजिकै बस्ती छ, तलाउमा छेकबार छैन,” श्रेष्ठले भने “केटाकेटी, पशु चौपायालाई जोखिम भएको छ ।” आयोजनाले सुरक्षित तारजाली लगाउने प्रतिबद्धता जनाए पनि हालसम्म काम नगरेको स्थानीयवासीको गुनासो छ । बाँधक्षेत्रमै भएको मोटरेबल पुल पनि जोखिमपूर्ण रहेको स्थानीयवासीको गुनासो छ । ङादीखोलामा निर्माण गरिएको मोटरेबल पुलमुनि रहेको जाली तथा पर्खाल भत्किएकाले जोखिमपूर्ण भएको हो । जोखिमपूर्ण पुलबाट त्रसित हुँदै व्यक्ति तथा सवारी आवागमन हुने गरेको छ । साँझको समयमा बाटो हिँड्नेलाई पनि समस्या भएको स्थानीयवासी प्यारीमाया तामाङले बताए । “साँझ परेपछि मदिरा सेवन गरेका हल्लिदै हिँड्छन्”, तामाङले भने “को कुन बेला पोखरीमा खस्छ भन्न सकिन्न ।” गत वर्ष निर्माण सम्पन्न ५० मेगावाटको माथिल्लो मस्र्याङ्दी ‘ए’ जलविद्युत् आयोजनाले विद्युत् उत्पादन तथा बिक्री–वितरण शुरु गरिसके पनि जोखिमपूर्ण समुदायमा गर्नुपर्ने काम नगरेको स्थानीयवासीको आरोप छ । आयोजनाले स्थानीयवासीबीच गरेका प्रतिबद्धता पनि पूरा नगरेको स्थानीयवासीको गुनासो छ । राससयो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: