Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

भाइरल ज्वरोबाट मरेपछि जाजरकाेटमा ‘भर्बल अटोप्सी’ गरिदै

\"\"काठमाडौं ।  ज्यान गुमाएको डेढ महिनापछि जाजरकोटको जुनिचाँदे गाउँपालिकाका शिशु र वृद्धवृद्धा के कारणले मृत्यु भएको यकिन गर्न भर्बल अटोप्सी गर्न थालिएको छ । अाजकाे अन्नपूर्ण पाेष्टमा खवर छ । स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.भीम आचार्य भन्छन्, ‘मृत्यु भएकाहरूलाई जलाइसकेकाले के रोगले मरे भन्ने पुष्टिसहित मृत्युको सम्भावित कारण पत्ता पाउन भर्बल अटोप्सी (मौखिक रूपमा नातेदारसँग सोधपुछ) गर्छौं । लक्षणसहित सबै तथ्य लिएपछि के कारणले मरेको हो पत्ता लगाउन सकिएला भन्ने आशा छ ।’ सातदिने शिशुदेखि वृद्धले ज्यान गुमाएको डेढ महिनापछि थाहा पाएको सरकारले मरेका व्यक्ति कुन रोगले मरे भन्ने पत्ता लगाउन ‘भर्बल अटोप्सी’ (आफन्त र नातेदारसँग सोधपुछ गरेर पत्ता लगाउने तरिका) अपनाएको हो । जन्मिएको १० दिनमै जुनिचाँदे गाउँपालिका-२ का मनोज तिरुवाल र रमेश शाहीले ज्यान गुमाए । २५ दिनका धीरेन्द्र शाहीको पनि अल्पायुमै ज्यान गयो । सोही वडाका अढाई महिनाका रेवना नाथको पनि मृत्यु भयो । पुस १२ गतेदेखि प्रकोप फैलिएको हो । न्वारान नै नगरी सात दिनमै छोरालाई गुमाए खड्गबहादुर शाहीले । उनका छोराको हाइपोथर्मिया (जाडोले हुने कम्पन) बाट निधन भएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । जुनिचाँदे गाउँपालिका-३ का एकमहिने खड्ग परियार बिते । त्यस्तै, ७० वर्षकी आइती तिरुवाले पनि ज्यान गुमाइन् । ७९ वर्षीय शत्रुप शाहीले पनि ज्यान गुमाए । ५४ वर्षीय कर्सिङ टमटाको ज्यान गयो । पुस १९ गते बितेकी ५५ वर्षीया धनसरा नाथमा मात्र रुघाखोकीको लक्षण देखियो । ‘एक जनामा मात्र रुघाखोकीको लक्षण देखिएकाले भाइरल इन्फ्लुएन्जा हो कि भन्ने आशंका छ’, विभागका निर्देशक डा. आचार्य भन्छन्, ‘कोही निमोनिया त कोहीमा मुटु र स्नायु प्रणालीमा समस्या भएको पाइएको छ । वृद्धवृद्धामा दम र मुटुको समस्या देखिएको छ ।’ पुस ८ पछि नवजात शिशु मृत्यु हुने क्रम बढ्न थालेको हो । हालसम्म जुनिचाँदेका वडा नं १, २, ३ र ११ मा फैलिएको भाइरल ज्वरोबाट पाँच वर्षमुनिका सात जना र ५० वर्ष माथिका ६ जना गरी १३ जनाको मृत्यु भएको छ भने झन्डै २ हजार बिरामी परेका छन् । तीमध्ये पाँच जनाको रगत परीक्षण गर्दा १ जनामा भाइरल इन्फ्लुएन्जा टाइप ए एचथ्रिएनटु भाइरस फेला परेको थियो ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending