Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

शीतलहर पीडितको मार्मिक पत्र

\"\"प्रिय सुर्य  आज १९ दिन पुरा भएर २० दिन हुदैछ । यतिका दिनसम्म तिमि कहाँ छौ कता छौ ? म बेखबर छु । तिमि यतिका निस्ठुरी भन्ने त मैले सोचेकै थिइन । मेरो जीवन तिम्रो अभाबमा बेहाल- बेहाल छ । के अब पनि तिमि मलाई सम्झेर छिटै फर्किदैनौ ? के तिमि मेरो चाहालाई पुरा गर्न आउदैनौ ?  सुनेको छु मैले तिमि त सबैको भलो चहाने र भलो गर्ने भगवान हो रे  ! यदि तिमि सबैको भलो गर्न चाहने भगवान हौ भने आउ सुर्य आउ  ।छिटै आउ । यहाँ किसानहरुको सपना हराइरहेको छ, मजदुरको मुटु काँपिरहेको छ । वृद्धाहरुको होस हराइरहेको छ । तेति मात्र कहाँ हो र सुर्य सप्तरीमा ३० जना अब तिमिलाई कहिले नदेख्ने गरि गैसके । रौतहटमा स्कुले किताब नपल्टिने गरि बन्द भो । अझ भनौ एक हप्ते सुत्केरी, दश बर्षे बालक, ६७ बर्षे देशका हजुर बा पनि रहेन अब । अस्ति सडकमा ठेला चलाउने दाई पनि बिहान मृत भेटिए । हिजो साईकलमा तरकारी ल्याउदै गरेको किसानि दाई पनि सडकमै बिहोस भै ढले । धन्न छेवैमा आगो बालिरहेको रहेछ र त सबै मिलेर तातोपन गरि ज्यान बचाए । आलु सखाप भो, सिमि सखाप भो, हरियो जन्य तरकारी काउली बन्दा, मोटर कोसा सबै सखाप हुँदैछ र हजारौ हेक्टर जमिनमा लगाइएको गोलभेँडा पनि । रात कुन हो दिन कुन हो एकैनास बर्साइरहन्छ सित । उति नै चलिरहन्छ चिसो सिरसिरे बतास र कालै बनाई मारी दिन्छन तरकारी बोटलाई । निरासाभित्र पनि थोरै आशा लागेर होला बिषादि पसलमा विष किन्ने किसानको लर्को देख्दा लाग्छ अब जानी जानी हामी मृत्युको मुखमा जादै छौ । अबको तरकारी अहिले, आज खाना त लाएक छैन भने महिनौ दिनसम्म नि अब यो बचेका र बाँचेका तरकारी खाना योग्य छैन् । हो सुर्य अब नि तिमि के घमन्डी गरिरहन्छौ  ?  के रमिता हेरिरहन्छौ  ? जगतमा रहेका हजारौ हजार प्राणिहरु तिम्रो पर्खाईमा कठिन दिनहरु काट्ने साहास गरिरहेका छन । स्यालहरु रातभरी हमिङ्ग गर्दै आफुलाई बचाउने कोसिस गरिरहेका छन, मैना चरी , काग, बकुल्ला त्यतिकै चिच्याइरहेका हुन्छन । हो प्रिय अब त आउ । मेरा यि ओठहरु नराम्ररी फुटीसकेका छन । गालाका हालत नि उस्तै छ । कतिका दिनदेखि त्यो कालो हुस्सुभित्र तिमिलाई हेर्दा हेर्दै आखाँहरु पनि थाकिसक्यो । दिनकै सुनिन्छ समाचारमा न्यानो, तातो कपड़ा बाँडेको बाड्यै छ रे सरकारले अनि अलि अलि झोला बोक्नेहरुले नि तर गुनासो सुनिन्छ उस्तै \"सरकारले झुल दियो भने लामखुट्टे भन्दा नि ठुला ठुला प्वाल भएका दिन्छन भने ब्ल्याङ्केट दियो भने त्यसैमा पानी उम्रने खालको दिन्छ\"। हो प्रिय सुर्य यो सब चर्तिकलालाई जहाँ छ त्यही रहन देउ यि सबलाई एकैपटक हटाउने गरि तिमि अब छिटै आउ र भोली नै आउ । म माघे संक्रान्तिमा तिम्रो लागि तरुल, पिडाँलु, रोटी, तिलौरा, मुरिका डल्ला च्युराका डल्ला मिठो मिठाईमा बनाएर राख्ने छु तिम्रो त्यो न्योपनमा हराउँदै तिमि र म संगै खाउला ल । अब त मलाई बाद्य नबनौं प्रिय हर बोतललाई रित्तो बनाई तिमि बिनाको न्यानोको आभास गर्न त्यो सिसि र खाली गिलाको सम्बन्ध बढाईरहन ।

उहि तिम्रो शीतलहर पीडित

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending