Khabar Dabali १२ माघ २०८२ आईतवार | 25th January, 2026 Sun
Investment bank

एमाले–माओवादी एकताः यसरी हुँदैछ पदको भागबण्डा

\"\"काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रको पुस २५ मा बसेको एकता संयोजन समितिको बैठकले एकताका विषयमा नियमित छलफल जारी राख्न संयुक्त कार्यदल गठन गर्यो । पार्टी एकता, राष्ट्रिसभा सदस्य निर्वाचन र नयाँ सरकार गठनकाबारे खाका तयार गर्ने अख्तियारी पाएको सो कार्यदलले पार्टी एकताकालागि कुनै समस्या नरहेको बताउँदै आएको छ । एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि पार्टी एकता छिट्टै गर्ने तयारीमा आफुहरु लागेको बताउँदै आएका छन् । प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचन सकिएलगत्तै पार्टी एकता गर्ने सहमति एमाले र माओवादीबिच भएको थियो । चुनाव सकिएको एकमहिना भन्दा बढि समय बित्दा समेत ठोस निर्णय हुन नसक्दा एकता अनिश्चित बनेको छ । दुईदलका शीर्ष नेताहरुकाबीच पद बाँडफँड र हैसियत निर्धारणको विषयमा कुरा नमिल्दा एकता अनिश्चित बनेको कतिपयले बताउँदै आएका छन् । तर, पद बाँडफँडकै विषयले एकतामा ढिलाई भएको कुरा गलत भएको बताउँछन् संयुक्त कार्यदलका सदस्य समेत रहेका माओवादी नेता वर्षमान पुन । पार्टी एकताकालागि ‘मोडालिटी’ समेत तयार भएको बताउँदै नेता पुनले माओवादी–एमाले एकता ‘सरप्राइज’ हुने दाबी गरे । नयाँ सरकार गठन हुनु अगावै पार्टी एकता हुने उनको दाबी छ । उनले पार्टी एकतापछि बन्ने नयाँ पार्टीमा दुबै दलका अध्यक्षको भुमिका बराबरी हुने बताए । पार्टी एकता हुँदा शीर्ष सहित दास्रो र तेस्रो तहका नेताहरुको व्यबस्थापनको समस्या हुने भन्दे दुबैपार्टीमा छलफल हुन थालेको कतिपयको टीप्पणी छ । पार्टी एकतापछि हैसियत गुम्ने त्रासले दुबैदलका कतिपय नेताले पार्टी एकता नगर्न समेत ओली–प्रचण्डलाई सुझाइरहेको नेताहरु नै बताउँछन् । तर, एमाले र माओवादी मिलेर नयाँ पार्टी बन्न लागेको भन्द पद बाँडफाँडमा समस्या नभएको एमाले नेता इश्वर पोखरेल बताउँछन् । दुबैदलका नेता–कार्यकता व्यबस्थापन गर्न मापदण्ड नै तयार भएको उनले बताए । पद बाँडफाँडकै विषयलाई लिएर पार्टी एकतामा ढिलाई नभएको माओवादी नेता मणि थापा बताउँछन् । एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्डको जिम्मेवारी बराबरी हुने र दुबैदलका दोस्रो र तेस्रोतहका नेताहरुको भने जनमत, र योगदानका आधारमा जिम्मेवारी बाँडफाँड गर्ने सहमति भएको उनले बताए । नियमित स्वास्थ्य जाँचकालागि बैंकक पुगेका एमाले अध्यक्ष ओली स्वदेश फर्कनासाथ पार्टी एकताबारे ठोस निर्णय हुने उनको दाबी छ । एमाले र माओवादी एकतामा दुबैदल सकारात्मक रहेको एमाले नेता योग्श भट्टराई बताउँछन् । एमाले र माओवादी एकता भाड्न केही शक्तिहरु लाग्न थालेको भन्दै नेता भट्टराईले छिट्टै पार्टी एकता हुने बताए । पार्टी एकतासँगै जनमत, व्यक्तित्व वा नेतृत्वको योगदानका आधारमा नेताहरुको व्यबस्थापन हुने समेत उनले स्पष्ट पारे । चुनावलगत्तै पार्टी एकता गर्ने सहमति गरेर वाम गठबन्धन बनाएका एमाले र माओवादी केन्द्रबीचको एकता नयाँ सरकार गठन हुनु अघि नै हुने नेताहरु बताउँदै आएका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending